Saturday, October 24, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/टाइगर श्राफमाथि भएको हमलाले कसरी बलिवूडको विगतलाई सम्झाउँछ

टाइगर श्राफमाथि भएको हमलाले कसरी बलिवूडको विगतलाई सम्झाउँछ

Share:WhatsAppFacebookX (Twitter)Telegram
टाइगर श्राफमाथि भएको हमलाले कसरी बलिवूडको विगतलाई सम्झाउँछ

AFP via Getty Images आइतवार साँझ बलिवूड अभिनेता टाइगर श्राफ मुम्बईको हराभरा र समृद्ध क्षेत्र जुहूमा फुटबल खेल्न गएका थिए। फिल्म स्टारहरू बस्ने त्यस ठाउँमा प्रशंसकहरू भेला हुनु र सेलिब्रिटीहरू भेट्नु सामान्य कुरा हो।तर ३६ वर्षीय टाइगर श्राफ त्यहाँबाट आफ्नो बीएमडब्ल्यूमा बाहिरिँदै गर्दा गोली चल्यो। उनका चालक र भिडिओ खिच्न आएका एक भ्लगर घाइते भए।श्राफ, जसका चलचित्रमा सामान्यतया विस्तृत एक्शनका दृश्यहरू र अपेक्षित उद्धारका दृश्यहरू हुन्छन्, वास्तविकतामा एउटा गम्भीर गोलीकाण्डमा जोगिए। जेलबाटै गिरोह चलाइरहेका भारतका शक्तिशाली 'गुन्डानाइके'भारतीय अभिनेता नाना पाटेकरको निधन : विशिष्ट शैली र जीवन्त अभिनयको सम्झना कैयौँ दिनपछि पनि उक्त घटना भारतीय सञ्चारमाध्यमहरूमा चर्चामा रह्यो। हरेक नयाँ रहस्योद्‌घाटनले नयाँ सिद्धान्तहरू, विरोधाभासपूर्ण दाबीहरू र तथाकथित षड्यन्त्रहरूको सूची थपे।प्रहरीले १० जना सन्दिग्धलाई गिरफ्तार गरेको छ भने हतियार आपूर्ति एवं आरोपित आक्रमणकारीहरूलाई गरिएको भुक्तानीबारे अनुसन्धान गरिरहेका छन्।चर्चामा लरेन्स बिश्नोईयो गोलीकाण्डले भारतका सबैभन्दा कुख्यात गुन्डानाइकेहरूमध्ये एक लरेन्स बिश्नोईलाई फेरि चर्चामा ल्याइदिएको छ।आक्रमणको केही समयपछि बिश्नोई गिरोहका एक तथाकथित सहयोगीले जिम्मेवारी दाबी गरेको सामाजिक सञ्जाल पोस्टको स्क्रीनशट अनलाइनमा फैलियो।एउटा छुट्टै अडिओ रेकर्डिङ पनि बाहिर आयो जसमा अनिल पन्डित नाम गरेका एक व्यक्तिले अभिनेता सलमान खानसँगको कथित सम्बन्धका कारण टाइगर श्राफलाई निशाना बनाइएको दाबी गरेको सुनियो। सलमान खानलाई बिश्नोईले वर्षौँदेखि धम्की दिँदै आएका छन्।मुम्बई प्रहरीले ती दावीहरूलाई पुष्टि गरेको छैन अथवा गोलीकाण्डको प्रयासमा बिश्नोई गिरोहको संलग्नता रहेको प्रमाणित गरिसकेको छैन।अनुसन्धानकर्ताहरूले आक्रमण कसले गरायो र किन आदेश दियो भन्ने पत्ता लगाउने प्रयास अझै गरिरहेका छन्।सन् २०२४ मा सलमान खानको घरबाहिर र यसै वर्षको शुरूतिर चलचित्र निर्माता रोहित शेट्टीको घरमा भएको गोलीकाण्डसहित बलिवूडका धेरै जनाले धम्की एवं आक्रमणको सामना गर्नुपरेको घटनापछि टाइगर श्राफलाई निशाना बनाइएको हो। Reuters अँध्यारो युगको सम्झनायी घटनाले चलचित्र उद्योगमा सङ्गठित अपराधको पहुँचलाई लिएर हुने त्रासलाई फेरि ब्युँताएका छन् र मुम्बईको इतिहासको अँध्यारो युगको पुनः सम्झना गराएका छन्।सन् १९९० र सन् २००० को दशकको शुरूतिर मुम्बई शहरको अन्डरवर्ल्डले चलचित्र उद्योगमा ठूलो प्रभाव पारेको थियो।उनीहरूले फिल्म निर्माणमा लगानी गर्थे, सुरक्षाका नाममा पैसा माग्थे र कहिलेकाहीँ आफ्ना मागहरू पूरा गराउन हिंसाको समेत प्रयोग गर्थे।वर्षौँको प्रहरी कारबाही र संस्थागत लगानीको क्रमिक आगमनपछि मात्र उनीहरूको पकड खुकुलो हुन सम्भव भयो।अहिले दैनिकजसो नयाँ आरोप र सिद्धान्तहरू देखा परिरहँदा मुम्बईको विगतसँग जोडिएको जस्तो देखिने एउटा प्रश्न फेरि उब्जिएको छः के अन्डरवर्ल्डले बलिवूडमाथि फेरि नियन्त्रण गर्ने प्रयास गरिरहेको छ?मुम्बईमा सङ्गठित अपराध शिखरमा पुगेका बेला त्यसविरुद्ध लडेकाहरू टाइगर श्राफमाथि भएको यो आक्रमणको जवाफ त्यति सरल नभएको बताउँछन्।सन् १९९८ मा मुम्बई क्राइम ब्रान्चको नेतृत्व गरेका डी. शिवानन्दन त्यो समय सम्झन्छन् जब दुबईबाट आउने टेलिफोन कलले चलचित्रको भाग्य निर्धारण गर्न सक्थ्यो - अभिनय कसले गर्छ, लगानी कसले गर्छ अथवा वितरणबाट हुने मुनाफा कसले पाउँछ।निजी पैसामा निर्भर उद्योगमा लगानीकर्ता र जबरजस्ती चन्दा लिनेबीचको रेखा अत्यन्तै धमिलो हुन सक्छ र धम्कीहरू वास्तविक थिए।सन् १९९७ मा सङ्गीतका दिग्गज गुलशन कुमारलाई मुम्बईको एउटा मन्दिरबाहिर गोली हानी हत्या गरिएको थियो। तीन वर्षपछि फिल्म निर्माता राकेश रोशन हत्या प्रयासबाट बच्न सफल भए।शिवानन्दनले सलमान खानको फिल्म 'चोरी चोरी चुपके चुपके' को लगानीबारे अनुसन्धान गरेका थिए। सो चलचित्रका निर्माता र उनका सहायकलाई महाराष्ट्रको सङ्गठित अपराध ऐनअन्तर्गत अन्डरवर्ल्डसँग सम्बन्धका लागि छ-छ वर्षको जेल सजाय सुनाइएको थियो।ती सम्बन्धहरूको बारेमा जानकारी लुकाएको आरोपमा फिल्मका निर्मातालाई एक वर्षको जेल सजाय सुनाइएको थियो।प्रहरीले फिल्मको नेगेटीभ जफत गर्‍यो। तर अन्ततः अदालतको पर्यवेक्षणमा त्यसलाई रिलिज गरियो। भारतीय चलचित्रमा प्रयोग हुन थाल्यो एआई, कस्तो प्रभाव पर्न सक्छ बलीवुड अभिनेत्रीहरूको अश्लील र आपत्तिजनक 'डीपफेक' भिडिओ कसरी फैलिन्छ माफियाको पुनरागमन?शिवानन्दनका अनुसार गुन्डानाइकेहरूले अनिच्छुक चलचित्र उद्योगमाथि सधैँ दबदबा कायम गर्दैनथिए। बरु कतिपय निर्माताहरूले स्वेच्छाले तिनीहरूबाट पैसा लिन्थे। त्यसबाट दुवै पक्षलाई फाइदा हुन्थ्यो भने त्यो जालो तोड्न प्रहरीलाई पनि सहज हुँदैन थियो।तर शिवानन्दन हालैको हिंसालाई आफूले कुनै बेला लडेको माफियाको पुनरागमनको रूपमा हेर्न चाहनन्। उनले पछ्याएका दाउद इब्राहिम, छोटा शकील, अरुण गवली र अरू गुन्डानाइकेहरू मुम्बईमा जरा गाडेका आपराधिक सञ्जालहरूसँग जोडिएका थिए। यद्यपि तिनका नेताहरू विदेशबाट सञ्चालन गर्थे।"यो हामीले विगत ६० वर्षदेखि चिनेको मुम्बई माफिया होइन," उनले भने। "यो अर्कै कुरा हो।"यो अर्कै कुरालाई लरेन्स बिश्नोईसँग नजोडी हेर्न मिल्दैन। उत्तरी भारतमा जरा गाडेका यी गुन्डानाइके कैयौँ वर्षदेखि जेलमा छन्।एउटा महादेशबाट अर्को महादेशसम्म बन्दुकधारीहरूको गिरोहमाथि कमान्ड रहेको ठानिने बिश्नोईको धम्की तथा जिम्मेवारीको दाबीमा जोडिन्छ, जुन तुरुन्तै अनलाइन फैलिने गर्छ।बिश्नोई समुदायले सम्मान गर्ने कृष्णसारको शिकारसँग सम्बन्धित मुद्दामा बिश्नोईले सलमान खानलाई सार्वजनिक रूपमा धम्की दिएका थिए। एप्रिल २०२४ मा बन्दुकधारीहरूले सलमान खानको मुम्बईस्थित घरबाहिर पाँच राउन्ड गोली प्रहार गरेका थिए।छ महिनापछि खान र अन्य कलाकारहरूसँग नजिकका राजनीतिज्ञ बाबा सिद्दिकीको हत्या भयो। Getty Images केही अझै अप्रमाणितमुम्बई प्रहरीले दुवै आक्रमणलाई बिश्नोई गिरोहसँग जोडेको छ। यद्यपि उनीहरूले सिद्दिकीको हत्यामा लरेन्स बिश्नोईको कुनै व्यक्तिगत संलग्नता प्रमाणित गरेका छैनन्।उनको सञ्जालविरुद्धका केही आरोपहरू प्रहरी अनुसन्धानबाट प्रमाणित भएका छन् भने केही अझै अप्रमाणित नै छन्।तर गिरोहले वास्तवमा के गर्‍यो र यसको नाममा गरिएका दाबीहरू बीचको भिन्नता सार्वजनिक नजरमा धमिलो हुन सक्छ, जसले बिश्नोईको बदनामीलाई कम गर्दैन।मुम्बईका पूर्वप्रहरी आयुक्त राकेश मारिया बिश्नोईलाई नयाँ पुस्ताका गुन्डानाइकेहरूको उदाहरणका रूपमा उद्धृत गर्छन्। बिश्नोई प्राविधिक रूपमा बढी कुशल छन् र आफ्ना पूर्ववर्तीहरूभन्दा बढी अन्तर्राष्ट्रिय सम्बन्ध राख्छन्।"पुरानो अन्डरवर्ल्ड देखिन्थ्यो र यसको आफ्नै क्षेत्र हुन्थ्यो। नयाँ अन्डरवर्ल्ड छरिएको र गतिशील छ, जसले गर्दा यसमाथि नियन्त्रण कायम गर्न गाह्रो छ। अब उनीहरूलाई आफ्नो प्रभुत्व कायम राख्न शहरमा बस्न आवश्यक छैन," मारियाले गत वर्ष द प्रिन्टसँग भनेका थिए।गुन्डानाइकेहरू र बलिवूडबीचको सम्बन्ध अर्को तरिकाले परिवर्तन भएको छ र त्यो उनीहरूको छविलाई आकार दिने पक्ष हो। बलीवुड अभिनेत्री जसलाई 'फसाउन' लागुपदार्थ बोकाएर यूएई पठाइयो बलीवुड चलचित्र अझै 'लिङ्गभेदी र पश्चगामी' सूत्रमा बन्छन् गुन्डानाइकेको छविसन् १९९० को दशकमा मुम्बईका खतरनाक अन्डरवर्ल्ड डनहरूबारे बढाइचढाइ गर्न बलिवूडले प्रमुख भूमिका खेलेको थियो।सत्या (सन् १९९८) र कम्पनी (सन् २००२) जस्ता चलचित्रहरूमा गरिएका चित्रणलाई त्यसको उदाहरणका रूपमा लिन सकिने चलचित्र क्षेत्रका ज्ञाता अश्विन इमानुएल देवसुन्दरम बताउँछन्।देवसुन्दरमले बीबीसीलाई बताएअनुसार त्यो युगको डर र मोह "सामूहिक चेतनामा गहिरो रूपमा जरा गाडेको थियो।"उनका अनुसार हरेक नयाँ आक्रमणले ती सम्झनाहरूलाई पुनर्जीवित गर्छ। तर आजका गुन्डानाइकेहरूलाई आफ्नो छवि निर्माण गर्न चलचित्रको आवश्यकता पर्दैन।सामाजिक सञ्जालले उनीहरूलाई आफ्नो छवि आफैँ निर्माण गर्ने अवसर दिएको छ। उनीहरूले मुम्बईभन्दा धेरै टाढासम्मका दर्शकमाझ धम्की, घटनाको जिम्मेवारी लिएका दाबी र योजनाबद्ध रूपमा खिचिएका तस्वीरहरू फैलाउने गरेका छन्।हालैका गोलीकाण्डपछि प्रहरीले सलमान खान र रोहित शेट्टीको घरबाहिर सुरक्षा बढाएको छ।अल इन्डिअन सिने वर्कर्स असोशिएशनले थप सुरक्षाको माग गर्दै सोधेको छ, "आज टाइगर श्राफ, अब को हुने छ?"अहिलेसम्म आपराधिक गिरोहहरूले बलिवूडको आर्थिक पाटो र निर्णयहरूमा आफ्नो पहिलाको प्रभाव पुनः प्राप्त गरेको प्रमाण थोरै मात्र छ। तर हालैका आक्रमणहरूले फरक प्रकारको कमजोरीलाई उजागर गरेका छन्।गुन्डानाइकेहरूलाई अब कुनै उद्योगलाई अस्थिर बनाउनका निम्ति नियन्त्रण गर्न आवश्यक छैन। गोली प्रहारको एउटा प्रयास पनि लाखौँ मोबाइलका स्क्रीहरूनमा फैलिँदा त्यसले लक्षित व्यक्तिभन्दा धेरै परसम्म त्रास फैलाउन सक्छ।मुम्बईका गुन्डानाइकेहरूको सामना गर्दै वर्षौँ बिताएका शिवानन्दनलाई कडा सुरक्षाको सीमितता पनि राम्ररी थाहा छ। "सुरक्षामा पनि सानोतिनो कमीकमजोरी रहन्छ," उनले थपे। शाहरुख खानसँग 'घुस माग्ने' अधिकारीलाई भ्रष्टाचारको मुद्दाकिन भारतीय चलचित्रलाई महामारीको दशाले छोडेको छैन बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on बीबीसी नेपाली

Visit Publisher Site →

Related News

सामान्य प्रशासनमन्त्री रावल कात्तिक ९ गते चितवन जाँदै
ताजा खबरJust now

सामान्य प्रशासनमन्त्री रावल कात्तिक ९ गते चितवन जाँदै

काठमाडौँ। भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावल मंसिर ९ गते बिहान चितवन भ्रमणमा जाने भएकी छन् । भ्रमणका क्रममा मन्त्री रावलले भूमिहीन तथा सुकुम्बासीका समस्या, सहकारी पीडितका गुनासा र भूमि व्यवस्थापनसम्बन्धी विषयमा छलफल गर्ने मन्त्रालयले जनाएको छ । यस्तै भरतपुर र कालिका नगरपालिकाका नागरिकसँग अन्तरक्रिया गर्ने कार्यक्रम रहेको छ। मन्त्रालयबाट हालसम्म भएका काम, आगामी योजना तथा नागरिकका गुनासा ...

नेपालन्युज
दसैँ मनाएर काठमाडौँ फर्किनेको लर्को
ताजा खबरJust now

दसैँ मनाएर काठमाडौँ फर्किनेको लर्को

काठमाडौं । दसैँ मनाउन काठमाडौँ उपत्यकाबाट बाहिरिएका यात्रुहरू धमाधम फर्किन थालेका छन् । यात्रुहरू फर्किन थालेपछि उपत्यका भित्रिने प्रमुख नाकाहरूमा सवारी चाप बढ्न थालेको छ । घरबाट फर्किने यात्रु र सवारीसाधनको सङ्ख्या बढेसँगै नागढुङ्गा–कलङ्की, जडीबुटी–कोटेश्वर, भक्तपुरको जगाती, तथा दक्षिणकाली–फर्पिङलगायतका सडकखण्डमा सवारीसाधनको चाप बढेको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । उपत्यका फर्किने यात्रुको चाप दिनहुँ बढ्न थालेपछि आवागमन सहज बनाउने, सवारी ...

केन्द्रबिन्दु
दुर्व्यसनविरुद्ध कावासोतीका तीन युवा मेची–महाकाली साइकल यात्रामा
ताजा खबरJust now

दुर्व्यसनविरुद्ध कावासोतीका तीन युवा मेची–महाकाली साइकल यात्रामा

युवालाई दुर्व्यसनबाट टाढा रहन र नियमित व्यायाम गर्न प्रेरित गर्ने उद्देश्यले उनीहरूले नेपाल–भारत सीमा क्षेत्रबाट यात्रा थालेका हुन्। ...

कान्तिपुर
दसैँ मनाएर फर्किने यात्रुको चाप बढ्दै, नाकामा सवारीको लर्को
ताजा खबरJust now

दसैँ मनाएर फर्किने यात्रुको चाप बढ्दै, नाकामा सवारीको लर्को

काठमाडौं।दसैँको बिदा सकिएसँगै काठमाडौं उपत्यका फर्किने यात्रुहरूको संख्यामा वृद्धि भएको छ। यात्रु र सवारीसाधनको चाप बढेसँगै उपत्यका भित्रिने प्रमुख नाकाहरूमा सवारीसाधनको लर्को देखिन थालेको छ। काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार नागढुङ्गा-कलङ्की, जडीबुटी-कोटेश्वर, भक्तपुरको जगाती तथा दक्षिणकाली-फर्पिङ सडकखण्डमा सवारीसाधनको चाप उच्च बनेको छ। दसैँ मनाउन घटस्थापनादेखि कात्तिक ३ गतेसम्म पाँच लाख ७६ हजारभन्दा बढी यात्रु उपत्यकाबाट बाहिरिएका थिए। बिदा सकिएपछि उनीहरू ...

नेपालन्युज
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play