टङ्कनाथ दाहालको जीवन र योगदान समेटिएको स्मृतिग्रन्थ लोकार्पण

काठमाडौं । समाजसेवी तथा शिक्षाप्रेमी टङ्कनाथ दाहालको जीवन, योगदान र तत्कालीन खोटाङको सामाजिक, शैक्षिक तथा राजनीतिक परिवेश समेटिएको स्मृतिग्रन्थ ‘हाचेका नक्षत्र : टङ्कनाथ दाहाल’ लोकार्पण गरिएको छ । रावा कुभिण्डे सेवा समाज, नेपालको आयोजनामा काठमाडौंमा आयोजित कार्यक्रममा नेपाल सरकारका पूर्वसचिव तथा लोक सेवा आयोगका निवर्तमान अध्यक्ष माधवप्रसाद रेग्मीको प्रमुख आतिथ्य र समाजका अध्यक्ष रामप्रसाद रेग्मीको अध्यक्षतामा उक्त कृति लोकार्पण गरिएको हो । डा. सुरेश हाचेकालीद्वारा सम्पादित स्मृतिग्रन्थ हाचेकाली दाहाल समाज, काठमाडौंले प्रकाशन गरेको हो । कार्यक्रममा पुस्तकको समीक्षात्मक टिप्पणी गर्दै सीताराम पोखरेलले चार दशकभन्दा अघि दिवङ्गत भएका दाहालको जीवनी र योगदानबारे खोज तथा अनुसन्धान गरी स्मृतिग्रन्थ तयार गर्नु कठिन भए पनि सराहनीय काम भएको बताए । स्थलगत अध्ययन र अनुसन्धानले कृतिको महत्त्व थप बढाएको उनको भनाइ थियो । दाहालका कान्छा छोरा राजन दाहालले बुबाको निधन भएको चार दशकभन्दा बढी समयपछि उहाँको कीर्ति र समाजमा पुर्याएको योगदानलाई सार्वजनिक रूपमा उजागर गर्ने उद्देश्यले पुस्तक प्रकाशन गरिएको बताए । छ खण्डमा विभाजित स्मृतिग्रन्थमा दाहालको परिचय, उनले प्रयोग गरेका सामग्री, तत्कालीन समयका तस्बिर, उनीबारे ६४ जनाले लेखेका लेख तथा रचना, पारिवारिक तस्बिर, स्थलगत अध्ययनका झलक र उनका शाखा-सन्तानको नामावली समेटिएको छ । राणाकालमा जन्मिएका दाहाल औपचारिक रूपमा साक्षर मात्र भए पनि शिक्षाप्रेमी र समाजसेवीका रूपमा परिचित थिए । उनले करिब नौ रोपनी जग्गा खरिद गरी हाचेकामा रत्न राज्य लक्ष्मी विद्यालय स्थापना गरेका थिए । गाउँमा सिँचाइ र खानेपानीलगायतका क्षेत्रमा समेत उनको योगदान रहेको थियो । चतुर र कूटनीतिक व्यक्तित्वका रूपमा चिनिएका दाहाल तत्कालीन खोटाङको राजनीतिमा प्रभावशाली मानिन्थे । जिल्ला पञ्चायतदेखि राष्ट्रिय पञ्चायतसम्मका निर्वाचनमा उनको समर्थनले महत्त्व राख्ने गरेको बताइन्छ । स्मृतिग्रन्थले दाहालको व्यक्तिगत जीवन र सामाजिक योगदानलाई अभिलेखीकरण गर्नुका साथै तत्कालीन खोटाङको सामाजिक, शैक्षिक तथा राजनीतिक अवस्थाबारे जानकारी दिने महत्त्वपूर्ण दस्तावेजका रूपमा समेत स्थान पाएको छ ।
Read Complete Original Article
Published originally on हिमालय टाइम्स
Related News

वीरगन्जबाट ब्राउनसुगरसहित भारतीय नागरिक पक्राउ
मोटरसाइकल, लागुऔषध र पक्राउ परेका व्यक्तिलाई इलाका प्रहरी कार्यालय छपकैयामा बुझाइएको छ । ...

मासु खाँदा हड्डी अड्किए आफैँ निकाल्ने प्रयास नगर्न चिकित्सकको सुझाव
दसैँमा चिल्लो, पिरो र अमिलो खानेकुराको सेवन बढ्दा घाँटीमा जलन, एसिड रिफ्लक्स तथा निल्न असहज हुने समस्या देखिन सक्ने भएकाले खानपानमा सावधानी अपनाउन चिकित्सकले सुझाव दिएका छन् । बढी चिल्लो र... ...

सम्पदाका मौनसेवक : जसले वसन्तपुरका झिँगटीमा आफ्नो जवानी सुम्पे
काठमाडौँ । काठमाडौँको वसन्तपुर दरबार स्क्वायर प्राचीन कला–संस्कृतिको धरोहर हो । यहाँको नौ तले दरबार, विभिन्न कलात्मक मन्दिरले स्वदेशी तथा विदेशी पर्यटकलाई लोभ्याउने गर्दछ । नौ तले दरबार नजिकै पुगेर... ...

२८ सन्तानकी आमाको रहर
पन्ध्र वर्षको उमेरमा पहिलो सन्तान जन्माएकी बच्छीमाया कठेतको मातृत्व यात्रा ४७ वर्षको उमेरसम्म चल्यो। वर्षैपिच्छे गर्भवती हुने, सन्तान जन्माउने, हुर्काउने र घरधन्दामा जोतिने क्रममै उनका जीवनका अधिकांश वर्ष बिते। घाँस काट्न जाँदा होस् वा दाउरा बोकेर फर्कंदा, उनले सन्तान जन्माइन्। अस्पताल र स्वास्थ्यकर्मीको सहज पहुँच नभएको त्यो समयमा उनको जीवन मातृत्वको सुखभन्दा बढी सङ्घर्षको कथा बन्यो। इलाम नगरपालिका-५, बरबोटेकी ८४ वर्षीया ...


