जुम्ला । झारफुकमार्फत बिरामी निको पार्ने दाबी गर्दै सामाजिक सञ्जालमा भाइरल भएको भिडियोमा देखिएका एक व्यक्ति पक्राउ परेका छन्। पक्राउ पर्नेमा जुम्लाको गुठिचौर गाउँपालिका–१ निवासी ४६ वर्षीय कालीबहादुर रोकाया रहेका छन्। उनी सोही स्थानकी १४ वर्षीया सावित्री रोकायालाई झारफुक गरेर निको पार्ने भन्दै सार्वजनिक भएको भिडियोमा देखिएका थिए। जिल्ला प्रहरी कार्यालय जुम्लाका अनुसार मङ्सिर १२ गते दिउँसो प्रहरी चौकी मणिसाँघुबाट खटिएको टोलीले रोकायालाई आफ्नै घरबाट नियन्त्रणमा लिएको हो। पक्राउ परेका उनलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय जुम्लामा राखिएको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको छ।
झारफुक गरेर निको पार्ने भन्दै भाइरल भएका व्यक्ति पक्राउ

Read Complete Original Article
Published originally on नेपालन्युज






