Saturday, November 7, 2026||
MultiKhabarMultiKhabar

झापामा २३ लाख ५९ हजार रुपैयाँका अवैध पटाका नष्ट

Share:WhatsAppFacebookX (Twitter)Telegram
झापामा २३ लाख ५९ हजार रुपैयाँका अवैध पटाका नष्ट
Photo / Coverage: पर्दाफास

तिहार तथा छठ पर्वलाई लक्षित गर्दै झापामा २३ लाख ५९ हजार रुपैयाँभन्दा बढी मूल्यका अवैध पटाका तथा आतिसबाजीजन्य सामग्री नष्ट गरिएको छ । सशस्त्र प्रहरी बल, नेपाल नं. २ गण झापाले जिल्लाका विभिन्न स्थानबाट बरामद गरेका करिब २३ लाख ५९ हजार रुपैयाँ बराबरका अवैध पटाका तथा आतिसबाजीजन्य सामग्री नष्ट गरेको हो । चाडपर्वका समयमा हुन सक्ने आगलागी, मानवीय दुर्घटना तथा वातावरणीय प्रदूषणको जोखिम न्यूनीकरण गर्ने उद्देश्यले सशस्त्र प्रहरीले अवैध विस्फोटकजन्य सामग्री नियन्त्रण अभियानलाई तीव्रता दिएको जनाएको छ । अनधिकृत रूपमा भित्र्याइएका ती सामग्री सुरक्षाकर्मी, जनप्रतिनिधि, प्रशासनका प्रतिनिधि तथा सञ्चारकर्मीको उपस्थितिमा नष्ट गरिएको हो । सशस्त्र प्रहरी बल नं. २ गण झापाले पटाका तथा आतिसबाजीको प्रयोगले विशेषगरी बालबालिका र ज्येष्ठ नागरिकको स्वास्थ्यमा असर पर्नुका साथै आगलागी तथा अन्य दुर्घटनाको जोखिम बढ्ने भन्दै यसको प्रयोग नगर्न जिल्लावासीलाई आग्रह गरेको छ । सुरक्षित र सभ्य रूपमा चाडपर्व मनाउन तथा सम्भावित दुर्घटनाबाट जोगिन प्रहरीले सबैलाई सचेत रहन अनुरोध गरेको छ । सशस्त्र प्रहरी बल नेपाल नं.२ गणका गणपति सशस्त्र प्रहरी उपरीक्षक सचिन कर्माचार्यले चाडपर्वलाई सुरक्षित, मर्यादित र शान्तिपूर्ण बनाउन अवैध पटका नियन्त्रणको अभियानलाई प्राथमिकतामा राखिएको बताए । उनले पटका तथा आतिसबाजीको अनियन्त्रित प्रयोगले हुन सक्ने दुर्घटना र क्षति रोक्न यस्ता सामग्रीको प्रयोग नगर्न जिल्लावासीलाई आग्रह गरे । पटका नष्ट गर्ने कार्यक्रममा भद्रपुर नगरपालिका–८ का वडाध्यक्ष मनोज सुब्बा, जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालय झापाका प्रतिनिधि तथा सञ्चारकर्मी सहभागी थिए । चाडपर्वमा मनोरञ्जनका नाममा गरिने आतिसबाजीले आगलागी र दुर्घटनाको जोखिम बढाउने भएकाले यसको ओसारपसार, बिक्री वितरण र प्रयोग नियन्त्रणमा सुरक्षा निकायले निगरानी बढाएको छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on पर्दाफास

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
सम्झौता भएको ६ वर्ष  बित्दा पनि बनेनन् स्याङ्जाका ३ आयुर्वेद औषधालयका भवन
OthersJust now

सम्झौता भएको ६ वर्ष बित्दा पनि बनेनन् स्याङ्जाका ३ आयुर्वेद औषधालयका भवन

२१ कात्तिक, स्याङ्जा । स्थानीयलाई सहज रूपमा आयुर्वेदिक स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले स्याङ्जाका तीन स्थानीय तहमा निर्माण थालिएका आयुर्वेद औषधालयका भवन ६ वर्षसम्म पनि पूरा भएका छैनन् । आँधीखोला गाउँपालिका–५ सेतिदोभान, अर्जुनचौपारी गाउँपालिका–५ आरुचौर र वालिङ नगरपालिका–१ धनुबाँसेमा निर्माणाधीन भवन अलपत्रजस्तै बनेका छन् । ६ वर्षअघि सम्झौता भएर चारअघि निर्माण सुरु भएको भवन पूर्ण… ...

अनलाइन खबर
ठमेलको ट्राफिक व्यवस्थापनमा दुई विकल्प, ‘वान वे’ वा ‘भेहिकल फ्रि जोन’
OthersJust now

ठमेलको ट्राफिक व्यवस्थापनमा दुई विकल्प, ‘वान वे’ वा ‘भेहिकल फ्रि जोन’

ठमेल क्षेत्रको ट्राफिक व्यवस्थापनलाई व्यवस्थित बनाउन एकतर्फी सवारी सञ्चालन (वान वे) वा सवारीसाधन निषेधित क्षेत्र (भेहिकल फ्रि जोन) बनाउने दुई विकल्प अघि सारिएका छन् । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सुरेशप्रसाद काफ्लेले ठमेलको ट्राफिक व्यवस्थापनका लागि स्थानीय सरकार, व्यवसायी, घरधनी र स्थानीय बासिन्दाबीच सहमति आवश्यक रहेको बताएका छन् । शुक्रबार ठमेल क्षेत्रको ट्राफिक व्यवस्थापनसम्बन्धी छलफलमा बोल्दै उनले ...

पर्दाफास
आज देशका केही स्थानमा वर्षा र हिमपातको सम्भावना
OthersJust now

आज देशका केही स्थानमा वर्षा र हिमपातको सम्भावना

२१ कात्तिक, काठमाडौं । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेकाले गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागमा आंशिक बादल लागेको छ । बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार गएराति कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागका साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली क्षेत्रमा आंशिक… ...

अनलाइन खबर
बारामा एक युवक मृ*त फेला
OthersJust now

बारामा एक युवक मृ*त फेला

२१ कात्तिक, बारा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका १५ डुमरवानामा एक युवक मृ*त भेटिएका छन् । स्थानीय ३० वर्षीय बिरेन्द्र माझीको शव जीतपुरसिमरा १५ स्थित विशेष आर्थिक क्षेत्र (सेज) को खेतमा रहेको कुलोमा फेला परेको इलाका प्रहरी कार्यालय सिमराका प्रहरी निरीक्षक दिवस कुँवरले जानकारी दिए । शनिबार बिहान खेतमा काम गर्न गएका स्थानीयले माझीको शव देखेपछि प्रहरीलाई… ...

अनलाइन खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play