झापाबाट काठमाडौँ आउँदै गरेको हायस दुर्घटना, तीन जना घाइते

काभ्रे । बीपी राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–२ स्थित सेल्फीडाँडामा माइक्रोबस दुर्घटना हुँदा एक बालकसहित तीन जना घाइते भएका छन्। झापाबाट काठमाडौं आउँदै गरेको बा ३ ख ८४५९ नम्बरको हायस माइक्रोबस आइतबार राति करिब २ बजे अनियन्त्रित भएर सडकबाट करिब २०० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ । दुर्घटनामा इलाम नगरपालिका–६ का ३७ वर्षीय चालक लोकबहादुर सेन्चुरी, काभ्रेको भुम्लु गाउँपालिका–७ की २६ वर्षीया रिता आपागाई र उनका ९ वर्षीय छोरा रितिक घाइते भएका छन् । दुर्घटनालगत्तै अस्थायी प्रहरी पोस्ट काभ्रेभञ्ज्याङबाट खटिएको सुरक्षाकर्मीको टोलीले नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको सहयोगमा घाइतेहरूको उद्धार गरेको थियो । उद्धार गरिएका तीनै जनालाई उपचारका लागि धुलिखेल अस्पताल ल्याइएको प्रहरीले जनाएको छ ।
Read Complete Original Article
Published originally on हिमालय टाइम्स
Related News

बारामा सुतिरहेको अवस्थामा सर्पले टोक्दा १० वर्षीया बालिकाको मृत्यु
रौतहट । बाराको परवानीपुरमा सर्पदंशबाट एक बालिकाको मृत्यु भएको छ। घरको कोठामा सुतिरहेकै अवस्थामा सर्पले टोकेपछि उपचारका लागि अस्पताल लगिएकी १० वर्षीया बालिकाको ज्यान गएको हो। मृत्यु हुनेमा बाराको परवानीपुर गाउँपालिका–५, नौतन टोलका मनोज साहकी छोरी सन्झना कुमारी रहेकी छन्। आइतबार राति करिब ११:५५ बजे सुतिरहेको अवस्थामा उनलाई अज्ञात विषालु सर्पले टोकेको प्रहरीले जनाएको छ। सर्पले टोकेपछि अस्वस्थ भएकी बालिकालाई तत्काल उपचारका ...

घरमै सुतिरहेकी बालिकालाई सर्पले टोक्यो, उपचारका क्रममा मृत्यु
रौतहट । बाराको परवानीपुरमा सर्पदंशबाट एक बालिकाको मृत्यु भएको छ। घरको कोठामा सुतिरहेकै अवस्थामा सर्पले टोकेपछि उपचारका लागि अस्पताल लगिएकी १० वर्षीया बालिकाको ज्यान गएको हो। मृत्यु हुनेमा बाराको परवानीपुर गाउँपालिका–५, नौतन... ...

उपल्लो मुस्ताङमा २५ दिनदेखि इन्टरनेट सेवा अवरुद्ध
हरिकृष्ण शर्मा मुक्तिनाथ (मुस्ताङ), कात्तिक २ गते । उपल्लो मुस्ताङको दुई गाउँपालिकामा २५ दिनदेखि इन्टरनेट सेवा प्रदायक संस्था टेकमाइण्ड नेटवर्कको इन्टरनेट सेवा अवरुद्ध भएको छ । गत... ...

सुमो दुर्घटना अपडेट : घाइते चारमध्ये एकको अवस्था गम्भीर, अन्यको सुधारोन्मुख, एक डिस्चार्ज
चालक निदाएका कारण दुर्घटना भएको हुन सक्ने प्रहरीको अनुमान छ। उक्त गाडी राति ११ बजे काठमाडौंबाट खोटाङतर्फ हिँडेको प्रहरीले जनाएको छ। ...


