Tuesday, November 10, 2026||
MultiKhabarMultiKhabar

जेलेन्स्कीलाई नर्डिक मुलुकको सैन्य सहयोग

Share:WhatsAppFacebookX (Twitter)Telegram
जेलेन्स्कीलाई नर्डिक मुलुकको सैन्य सहयोग
Photo / Coverage: नेपालन्युज

कोपनहेगन।युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्की र नर्डिक मुलुकका नेताहरूबीच सैन्य सहयोग, हवाई प्रतिरक्षा तथा ऊर्जा पूर्वाधारको सुरक्षाबारे छलफल गर्न डेनमार्कमा बैठक आयोजना गरिएको छ। अबु धाबीमा अमेरिकी मध्यस्थतामा रुस र युक्रेनबीच प्रत्यक्ष वार्ता सुरु भइरहेका बेला मङ्गलबार उक्त बैठक भएको हो। डेनमार्कका विदेशमन्त्री लार्स लोके रासमुसेनले युक्रेनलाई चार अर्ब ८० करोड क्रोनर (करिब ७२ करोड अमेरिकी डलर) बराबरको सैन्य सहायता उपलब्ध गराउने योजना रहेको बताए। यसका अतिरिक्त युक्रेनको ऊर्जा क्षेत्रका लागि १५ करोड क्रोनर सहयोग प्रदान गरिने उनले जानकारी दिए। डेनमार्ककी प्रधानमन्त्री मेटे फ्रेडरिकसेनले राष्ट्रपति जेलेन्स्की र नर्डिक नेताहरूलाई आफ्नो देशमा स्वागत गर्न पाउँदा गर्व लागेको बताए। स्वतन्त्र युक्रेन र स्वतन्त्र युरोपका लागि युक्रेनीहरूको संघर्ष जारी रहेको उनको भनाइ थियो। बैठकमा स्विडेनका प्रधानमन्त्री उल्फ क्रिस्टरसन, नर्वेका प्रधानमन्त्री जोनास गाहर स्टोर र फिनल्यान्डका प्रधानमन्त्री पेटेरी ओर्पो पनि सहभागी हुने कार्यक्रम थियो। नर्डिक मुलुकहरू युक्रेनका प्रमुख समर्थक राष्ट्र हुन्। गत अक्टोबरको अन्त्यमा जेलेन्स्की अमेरिकी प्रतिनिधिहरूसँग भेटवार्ता गर्न नर्वेको राजधानी ओस्लो पुगेका थिए। त्यसपछि नर्वेका प्रधानमन्त्री स्टोर र फिनल्यान्डका राष्ट्रपति अलेक्जेन्डर स्टबले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग ९० मिनेट लामो टेलिफोन वार्ता गरेका थिए। डेनमार्ककी प्रधानमन्त्री फ्रेडरिकसेनले नर्डिक छिमेकीहरूसँग समन्वय नगरी यस्तो वार्ता गरिएको भन्दै त्यसको आलोचना गरेकी थिइन्। राष्ट्रपति स्टबले भने पुटिनसँगको कुराकानी स्पष्ट र अर्थपूर्ण रहेको बताएका थिए। प्रधानमन्त्री फ्रेडरिकसेनले रुसको पूर्णस्तरीय आक्रमण सुरु भएको झन्डै पाँच वर्ष बितिसक्दा पनि सर्वसाधारण, राहत केन्द्र तथा खानेपानी र ताप आपूर्ति प्रणालीलाई लक्षित गरी आक्रमण जारी रहेको बताए। यस्तो अवस्थामा युक्रेनको पक्षमा दृढतापूर्वक उभिनुपर्ने उनको भनाइ थियो। यसैबीच, कोपनहेगन प्रहरीले आगामी दिनमा राजधानीको सुरक्षा व्यवस्था कडा पारिने जनाएको छ। प्रहरीले नोभेम्बर १२ सम्म राजधानी क्षेत्रमा ड्रोन उडाउन प्रतिबन्ध लगाएको छ। सम्पादन टिप्पणी, समाचारमा सैन्य सहायता र ऊर्जा सुरक्षासम्बन्धी मुख्य विषयलाई प्राथमिकता दिइएको छ। –रासस /एएफपी

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on नेपालन्युज

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
तनहुँमा स्क्रब टाइफसको जोखिम
Latest NewsJust now

तनहुँमा स्क्रब टाइफसको जोखिम

तनहुँ।तनहुँमा स्क्रब टाइफस संक्रमणको जोखिम देखिएको छ। चालु आर्थिक वर्षको असोज महिनामा मात्रै जिल्लाका सात स्थानीय तहका एक सय ५५ जनामा स्क्रब टाइफस संक्रमण पुष्टि भएको छ। प्रदेश जनस्वास्थ्य कार्यालयका सूचना अधिकारी सुदीप कँडेलका अनुसार असोज महिनामा सबैभन्दा बढी आँबुखैरेनी गाउँपालिकामा ५४ जनामा स्क्रब टाइफस पुष्टि भएको छ। त्यसैगरी बन्दीपुर गाउँपालिका र व्यास नगरपालिकामा समान ३४÷३४ जनामा संक्रमण देखिएको छ। भिमाद नगरपालिकामा ...

नेपालन्युज
तनहुँमा स्क्रब टाइफसको जोखिम बढ्दो
Latest NewsJust now

तनहुँमा स्क्रब टाइफसको जोखिम बढ्दो

तनहुँ। तनहुँमा स्क्रब टाइफस सङ्क्रमणको जोखिम देखिएको छ । चालु आर्थिक वर्षको असोज महिनामा मात्रै जिल्लाका सात स्थानीय तहका एक सय ५५ जनामा स्क्रब टाइफस सङ्क्रमण पुष्टि भएको छ । प्रदेश... ...

रातोपाटी
एनपिएलः जनकपुरविरुद्ध सुदूरपश्चिमको सहज जित
Latest NewsJust now

एनपिएलः जनकपुरविरुद्ध सुदूरपश्चिमको सहज जित

काठमाडौँ, कात्तिक २४ गते । तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) टी–२० क्रिकेट प्रतियागिताअन्तर्गत जनकपुर बोल्ट्सविरुद्ध सुदूरपश्चिम रोयल्सले २७ रनको सहज जित निकालेको छ । जा... ...

गोरखापत्र
इन्धन महँगिँदा युरोपमा उडान कटौती, भाडा बढ्ने संकेत
Latest NewsJust now

इन्धन महँगिँदा युरोपमा उडान कटौती, भाडा बढ्ने संकेत

वार्सा।हवाई इन्धनको मूल्यमा भएको तीव्र वृद्धिले युरोपेली वायुसेवा कम्पनीहरूको आर्थिक अवस्था प्रभावित बनेको छ। बढ्दो सञ्चालन खर्च र नाफामा परेको दबाबका कारण विभिन्न कम्पनीले आगामी शीतकालीन मौसमका लागि उडान संख्या घटाउनुका साथै विस्तारका योजना समेत स्थगित गर्न थालेका छन्। इन्धनको मूल्यवृद्धि, कमजोर उपभोक्ता विश्वास र बजारमा बढ्दो अनिश्चितताले युरोपेली उड्डयन क्षेत्रलाई थप चुनौतीपूर्ण बनाएको छ। कम्पनीहरूले खर्च नियन्त्रण र नाफा जोगाउन ...

नेपालन्युज
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play