Wednesday, November 18, 2026||
MultiKhabarMultiKhabar

जीटीए ५ को बिक्री अझै उच्च

Share:WhatsAppFacebookX (Twitter)Telegram
जीटीए ५ को बिक्री अझै उच्च
Photo / Coverage: टेक्नोलोजी खबर

ग्रान्ड थेफ्ट अटोे ६ नोभेम्बर १९ मा सार्वजनिक हुने तयारीमा छ। यसको सावजनिक मितिले गेमिङ उध्योगमा ठूलो प्रभाव पर्ने अनुमान लामो समय देखि गरिदै आएको छ। तर यसको १३ वर्ष पुरानो अघिल्लो भर्सन ग्रान्ड थेफ्ट अटो ५ को बिक्रीमा समेत उल्लेखनीय प्रभाव पर्ने भने धेरैले अनुमान गरेका थिएनन्। एलिनिया एनालिटिक्सका रिस एलियटले सार्वजनिक गरेको पछिल्लो तथ्याङ्क अनुसार सन् २०२६ को नोभेम्बरको पहिलो १३ दिनमा मात्रै ग्रान्ड थेफ्ट अटो ५ का १ लाख ५० हजार प्रति बिक्री भएका छन्। यस महिनामा हालसम्म उक्त खेल तीन ओटा प्लेटर्फममा गरी १ करोड ६० लाख संलग्न प्रयोगकर्ता दर्ता भएका छन्। एलिएटका अनुसार, जीटीए५ को नयाँ बिक्रीमध्ये ५४.२ प्रतिशत पीएस ५, २५.२ प्रतिशत स्टिम र बाकी २०.६ प्रतिशत एक्सबक्स मार्फत भएको छ। यस अघि सन् २०२६ को दोस्रो त्रैमासिकमा पनि जीटए ५ ले उल्लेखनीय व्यापार गरेको थियो। टेक–टु इन्टरएक्टिभका अनुसार उक्त अवधिमा मात्रै खेलका ५० लाखभन्दा बढी प्रति बिक्री भएको थिए। खेलको कुल बिक्री संख्या २३ करोड ५० लाखभन्दा बढी पुगेको छ भने यसबाट १० अर्व अमेरिकि डलर आम्दानी भएको छ। जीटीए ६ सार्वजनिक हुनु अघि नै यसको करिब ६४ लाख ५० हजार प्रति अग्रिम बुकिङ भएको अनुमान गरिएको छ। ती मध्ये ७७ प्रतिशत बुकिङ खेलको १०० अमेरिकि डलर मुल्य पर्ने अल्टिमेट भर्सनका लागि भएको बताएको छ। टेलिग्राफका अनुसार, यदि जीटीए ६ ले आफ्नो अघिल्लो भर्सनको जस्तै बिक्री र बजारमा आकर्षण गर्न सकेमा अत्याधिक लगानीका बाबजुद पनि व्यवसायीक रुपमा ठूलो सफलता हासिल गर्ने सम्भावना छ। अन्य अनुमान अनुसार सार्वजनिक भएको पहिलो सातामै जीटीए ६ ले ४ अर्व ५० करोड अमेरिकी डलरभन्दा बढी आम्दानी गर्न सक्नेछन्। The post जीटीए ५ को बिक्री अझै उच्च appeared first on Technology Khabar.

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on टेक्नोलोजी खबर

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
Yango Group appoints Global Head of Safety
TechnologyJust now

Yango Group appoints Global Head of Safety

Yango Group, a Dubai-based global tech company, unites its approach to mobility safety with focus on risk-prevention, extension of effective safety practices and adapting technologies to different transport services and local road conditions, including motorcycle and three-wheeler services in Africa, Latin America, South Asia, MENA and other regions. Roman Zemlyansky, appointed Global Head of Safety for mobility services, will lead this ...

टेक्नोलोजी खबर
याङ्गो ग्रुपको ग्लोबल हेड अफ सेफ्टीमा रोमन जेम्ल्यान्स्की नियुक्त
TechnologyJust now

याङ्गो ग्रुपको ग्लोबल हेड अफ सेफ्टीमा रोमन जेम्ल्यान्स्की नियुक्त

याङ्गो ग्रुपले आफ्नो मोबिलिटी सेवाको ग्लोबल हेड अफ सेफ्टीमा रोमन जेम्ल्यान्स्कीलाई नियुक्त गरेको छ। उनले कम्पनीका विभिन्न बजारमा सुरक्षा रणनीति विकास, प्रविधिको प्रयोग र सुरक्षा मापदण्ड कार्यान्वयनको नेतृत्व गर्नेछन्। जेम्ल्यान्स्कीले कम्पनीका उत्पादन तथा सञ्चालन टोलीसँगै सडक सुरक्षा संस्था र स्थानीय निकायहरूसँग समन्वय गरी काम गर्नेछन्। सम्भावित जोखिम पहिचान र दुर्घटना रोकथामका लागि कृत्रिम बुद्धिमत्ता (एआई), रुट निगरानी प्रणाली तथा चालकको पहिचान ...

टेक्नोलोजी खबर
एआईमा सहकार्य बढाउन सीको आग्रह
TechnologyJust now

एआईमा सहकार्य बढाउन सीको आग्रह

चिनियाँ राष्ट्रपति सी जिनपिङले कृत्रिम बौद्धिकता (एआई), डिजिटल अर्थतन्त्र र स्वतन्त्र व्यापारमा अन्तर्राष्ट्रिय सहकार्य विस्तार गर्न आह्वान गरेका छन्। उनले एसिया–प्रशान्त क्षेत्रमा साझा समृद्धिका लागि व्यापार तथा लगानीका अवरोध हटाउनुपर्नेमा पनि जोड दिएका हुन्। सेन्जेनमा बुधबार एसिया–प्रशान्त आर्थिक सहयोग (एपेक) बैठक उद्घाटन गर्दै सीले वैज्ञानिक नवप्रवर्तन, एआई र हरित विकासमा साझेदारी बढाउन आग्रह गरे। उनले चीनले विदेशी लगानी तथा व्यवसायका लागि ...

टेक्नोलोजी खबर
नेपाली सफ्टवेयरको प्रवद्र्धन गर्न सरकारी नीतिमै परिवर्तन आवश्यक : दिपेन चापागाईँ
TechnologyJust now

नेपाली सफ्टवेयरको प्रवद्र्धन गर्न सरकारी नीतिमै परिवर्तन आवश्यक : दिपेन चापागाईँ

२ मंसिर, काठमाडौं। नेपालमै विकास भएका सफ्टवेयरले स्वदेशी बजारको आवश्यकता पूरा गर्न सक्ने क्षमता विकास गरिसकेको भन्दै सूचना प्रविधि क्षेत्रका व्यवसायीले नेपाली उत्पादनको प्रयोग बढाउने नीति ल्याउन सरकारसँग आग्रह गरेका छन् । नेपाली सफ्टवेयरलाई सरकारी तथा निजी क्षेत्रका विभिन्न निकायमा प्रयोग गर्न प्रोत्साहन गर्ने कार्यक्रम आवश्यक रहेको उनीहरूको भनाइ छ । नास आईटीका अध्यक्ष दिपेन […] The post नेपाली सफ्टवेयरको प्रवद्र्धन ...

आइसिटी फ्रेम
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play