Sunday, November 29, 2026||
MultiKhabarMultiKhabar

जापानबाट फर्किएर किवीखेतीमा भविष्य खोज्दै लीलाबहादुर घर्ती

Share:WhatsAppFacebookX (Twitter)Telegram
जापानबाट फर्किएर किवीखेतीमा भविष्य खोज्दै लीलाबहादुर घर्ती
Photo / Coverage: केन्द्रबिन्दु

बागलुङ । वैदेशिक रोजगारीका लागि जापान पुगेका निसीखोला गाउँपालिका-४ थापागाउँका लीलाबहादुर घर्ती एक वर्षमै स्वदेश फर्किएर कृषि उद्यममा रमाएका छन् । विदेशमा राम्रो आम्दानी गर्ने सपना बोकेर जापान पुगे पनि आफ्नै गाउँमा सुरु गरेको कृषि व्यवसायको मोहले उनलाई लामो समय विदेश बस्न दिएन । जापानको रोजगारी छाडेर फर्किएका घर्ती अहिले आफ्नै गाउँमा फलफूल, तरकारीखेती र पशुपालन व्यवसाय विस्तारमा जुटेका छन् । उनले निसीखोला–४ स्थित विस्मारेमा ‘अमृत फलफूल तथा तरकारी पशुपन्छीपालन कृषि फार्म प्रालि’ सञ्चालन गरिरहेका छन् । घर्तीले २०७१ सालदेखि व्यावसायिक कृषि सुरु गरेका हुन् । भारतको हिमाचल प्रदेशमा बसोबास गर्दा स्याउ र किवीखेतीबारे जानकारी तथा अनुभव हासिल गरेका उनले स्वदेश फर्किएपछि करिब १० रोपनी जग्गामा किवीखेती सुरु गरेका थिए । केही वर्ष कृषि व्यवसायमा बिताएपछि उनी वैदेशिक रोजगारीका लागि जापान पुगे । तर, त्यहाँको बसाइभन्दा आफ्नै गाउँमा सुरु गरेको कृषि व्यवसायप्रतिको मोह बलियो भएपछि एक वर्षमै फर्किए । अहिले किवीखेतीलाई निरन्तरता दिँदै उनले कृषि व्यवसाय विविधीकरण गरिरहेका छन् । किवी बिक्रीबाट वार्षिक करिब तीन लाख रुपैयाँ आम्दानी गर्दै आएका घर्तीले टिमुरखेतीसमेत विस्तार गरेका छन् । एउटा गाई पालेर दूध बिक्री गर्दै आएका उनले व्यावसायिक बङ्गुरपालन सुरु गर्ने तयारी गरेका छन् । त्यसका लागि आवश्यक भौतिक संरचनासमेत निर्माण गरिसकेका छन् । कृषि र पशुपालनलाई एकीकृत रूपमा अघि बढाउँदा उत्पादन लागत घटाउनुका साथै आम्दानी बढाउन सकिने उनको विश्वास छ । पशुपालनबाट प्राप्त हुने मल कृषि उत्पादनमा प्रयोग गर्न सकिने भएकाले दुवै व्यवसायलाई सँगसँगै अघि बढाउने योजना बनाएको उनले बताए । ‘कृषिमा मल आवश्यक पर्छ, पशुपालनबाट मल प्राप्त हुन्छ । त्यसैले कृषि र पशुपालनलाई एकीकृत रूपमा अघि बढाउने सोच बनाएको छु’, घर्तीले भने, ‘भारतमा सिकेको कृषि अनुभव र जापान गएर फर्किएपछिको भोगाइलाई अहिले आफ्नै माटोमा प्रयोग गरिरहेको छु ।’ कृषि उद्यमसँगै घर्ती सामाजिक सेवामा पनि सक्रिय छन् । उनी निसीखोला गाउँपालिका–४ का वडा सदस्यसमेत हुन् । जनप्रतिनिधिको जिम्मेवारी निर्वाह गर्दै कृषि उत्पादनमा संलग्न उनी जनप्रतिनिधि आफैँ पनि उत्पादन र उद्यमशीलतामा लाग्नुपर्ने धारणा राख्छन् । वैदेशिक रोजगारीका लागि विदेश जाने र उतै भविष्य खोज्ने युवाको सङ्ख्या बढिरहेका बेला घर्तीले भने आफ्नै गाउँमा कृषि उद्यमको सम्भावना खोजिरहेका छन् । रासस

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
२३७.१७ किलोग्राम गाँजासहित गाडी बरामद
Latest NewsJust now

२३७.१७ किलोग्राम गाँजासहित गाडी बरामद

प्रहरीका अनुसार शनिबार साँझ करिब ५:४० बजे अमलेखगन्जबाट पथलैयातर्फ आउँदै गरेको बा १७ च २६३६ नम्बरको गाडीलाई शंकास्पद लागेर चेकजाँच गर्न खोजिएको थियो । तर, चालकले गाडी नरोकी तीव्र गतिमा भगाएका थिए । ...

कान्तिपुर
उद्योगले दिए पाँच हजारलाई रोजगारी
Latest NewsJust now

उद्योगले दिए पाँच हजारलाई रोजगारी

दार्चुला समाचारदातादार्चुला, मङ्सिर १३ गते । दार्चुलामा २० करोड ५२ लाख रुपियाँ बराबरको पुँजी लगानी रहेका उद्योगले यहाँका पाँच हजार ८४७ जनालाई प्रत्यक्ष रोजगारी दिएका छन् । ‘दार्चुल... ...

गोरखापत्र
पाँचधारेमा आधुनिक कृषि उपज केन्द्र निर्माणका लागि बोलपत्र आह्वान
Latest NewsJust now

पाँचधारेमा आधुनिक कृषि उपज केन्द्र निर्माणका लागि बोलपत्र आह्वान

भोजपुर। भोजपुरको टेम्केमैयुङ गाउँपालिका–९ पाँचधारेमा करिब ११ करोडको लागतमा आधुनिक कृषि उपज सङ्कलन तथा बिक्री केन्द्र निर्माण गर्न लागिएको छ। भोजपुर र खोटाङ जिल्लाका किसानले उत्पादन गरेका कृषि उपजको एकीकृत सङ्कलन, भण्डारण, संरक्षण तथा बजारीकरणलाई व्यवस्थित गर्दै किसानलाई बजारसँग जोड्ने उद्देश्यले निर्माण गर्न लागिएको केन्द्रका लागि गाउँपालिकाले बोलपत्र आह्वान गरेको छ। भारत सरकारको सहयोगमा निर्माण हुने उक्त केन्द्रको ९५ प्रतिशत रकम भारतीय ...

नेपालन्युज
वाम एकताको अलमल
Latest NewsJust now

वाम एकताको अलमल

नेपाली कम्युनिष्ट राजनीतिमा एकताको चर्चा नयाँ होइन। फुटेपछि एक हुने, मिलेपछि शक्ति बाँडफाँटमा विवाद गर्ने र सत्ताको समीकरण बदलिँदा फेरि अलग हुने प्रवृत्तिले कम्युनिष्ट आन्दोलनको लामो इतिहास निर्माण गरेको छ। कुनै समय एउटै पार्टीको अध्यक्ष र प्रधानमन्त्री बनेर झन्डै दुईतिहाइको जनमतसहित मुलुकको शासन चलाएका केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ अहिले फेरि एकताको सम्भावना खोजिरहेका छन्। तर यसपटक उनीहरूका अगाडि ...

नेपालन्युज
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement