जापानका पूर्वप्रधानमन्त्री फुकुदाको ९० वर्षको उमेरमा निधन

काठमाडौं । जापानका पूर्वप्रधानमन्त्री यासुओ फुकुदाको ९० वर्षको उमेरमा निधन भएको छ । जापानको सत्तारूढ लिबरल डेमोक्रेटिक पार्टीका अनुसार उनको अक्टोबर २२ मा निधन भएको हो । उनले सन् २००७ देखि २००८ सम्म जापानको प्रधानमन्त्रीका रूपमा जिम्मेवारी सम्हालेका थिए । सन् १९३६ मा टोकियोमा जन्मिएका फुकुदाले तेल कम्पनीमा काम गरेपछि आफ्ना पिता तथा तत्कालीन राजनीतिज्ञ ताकेओ फुकुदाको सचिवका रूपमा काम गरेका थिए । उनका पिता प्रधानमन्त्री बनेपछि उनले कार्यकारी सचिवको जिम्मेवारी सम्हालेका थिए । सन् १९९० को तल्लो सदनको निर्वाचनबाट पहिलोपटक सांसद निर्वाचित भएका उनी लगातार सात कार्यकाल सांसद बनेका थिए । सन् २००७ मा तत्कालीन प्रधानमन्त्री सिन्जो आबेले पदबाट राजीनामा दिएपछि फुकुदा लिबरल डेमोक्रेटिक पार्टीको अध्यक्ष निर्वाचित हुँदै प्रधानमन्त्री बनेका थिए । उनी ७१ वर्षको उमेरमा प्रधानमन्त्री बनेका थिए, जुन उमेरमा उनका पिता ताकेओ पनि प्रधानमन्त्री बनेका थिए । जापानको संवैधानिक इतिहासमा प्रधानमन्त्री बन्ने उनीहरू पहिलो बाबुछोरा थिए । प्रधानमन्त्रीका रूपमा फुकुदाले जापान र चीनबीचको सम्बन्ध सुधारमा विशेष पहल गरेका थिए । उनको कार्यकालमा तत्कालीन चिनियाँ राष्ट्रपति हु चिन्ताओसँग पारस्परिक भ्रमणको व्यवस्था भएको थियो । साथै, पूर्वी चीन सागरमा रहेका ग्यास क्षेत्रको संयुक्त विकासबारे दुवै देशबीच सहमति जुटाउन उनले भूमिका खेलेका थिए । सरकारप्रतिको जनसमर्थन कमजोर भएपछि फुकुदाले सन् २००८ को सेप्टेम्बरमा प्रधानमन्त्री पदबाट राजीनामा दिएका थिए । उनले सन् २०१२ को तल्लो सदनको निर्वाचनमा उम्मेदवारी नदिई सक्रिय राजनीति त्यागेका थिए । जापानकी वर्तमान प्रधानमन्त्री सानाए ताकाइचीले उनको निधनप्रति दु:ख व्यक्त गर्दै कठिन समस्याहरू समाधान गर्न फुकुदाले देखाएको अनुभव र दूरदृष्टिको प्रशंसा गरेकी छन् । The post जापानका पूर्वप्रधानमन्त्री फुकुदाको ९० वर्षको उमेरमा निधन appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.
Read Complete Original Article
Published originally on कर्पोरट खबर
Related News

इरान, टर्की, पाकिस्तान र साउदी अरबले अलग्गै क्षेत्रीय सुरक्षा संरचना बनाउन थाले पहल
तेहरान- इरान, टर्की, पाकिस्तान र साउदी अरबले क्षेत्रीय देशकै हित र निर्णयमा आधारित सुरक्षा संरचना निर्माणका लागि पहल अघि बढाउन सक्ने भएका छन् । इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बगाईले सोमबार तेहरानमा टर्की, पाकिस्तान र साउदी अरबका उच्च अधिकारीहरूसँग हुने बैठकले क्षेत्रीय सुरक्षा संयन्त्र निर्माणका लागि थप कदम चाल्ने आधार तयार गर्न सक्ने बताएका छन् […] ...

प्रलोभन देखाइ रकम असुल गर्ने वर्णवाल पक्राऊ
दिपकप्रसाद गौतम वीरगञ्ज (पर्सा), कार्तिक ९ गते । पर्सा प्रहरीले आफू सुरक्षाकर्मीको घुमुवा हुँ भन्दै विभिन्न व्यक्तिहरुसँग अवैध रकम असुली गरेको आरोपमा पोखरिया नगरपालिका वडा नम्बर ५... ...

स्कारपियो दुर्घटनामा ५ जनाकाे मृत्यु
गुल्मी। गुल्मीको कालीगण्डकी गाउँपालिका–२ दबौखानीस्थित कालीगण्डकी करिडोर सडक खण्डमा स्कारपियो दुर्घटना हुँदा ५ जनाकाे मृत्यु भएकाे छ । स्याङ्जाको चिरकोटबाट गुल्मीको राक्सेतर्फ जाँदै गरेको बीएए ०२२० नम्बरको स्कारपियो सडकबाट खसेर दुर्घटना... ...

एनपीएल : उद्घाटन खेलमा लुम्बिनी लायन्सलाई ८८ रनको लक्ष्य
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण अन्तर्गतको सुरुवाती खेलमा लुम्बिनी लायन्सले ८८ रनको लक्ष्य पाएको छ । पहिले ब्याटिङ गरेको सुदूरपश्चिम रोयल्सले लुम्बिनीलाई ८८ रनको टार्गेट दिएको हो । काठमाडौंको कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा टस हारेर सुदूरपश्चिमले पहिले ब्याटिङ गर्यो । सुदूरपश्चिम रोयल्स १७ ओभर २ बलमा ८७ रन बनाउँदै […] ...


