Saturday, November 7, 2026||
MultiKhabarMultiKhabar

जाइकाले सुरु गर्‍यो बाढीले भत्काएको बीपी राजमार्गको पुनर्निर्माण

Share:WhatsAppFacebookX (Twitter)Telegram
जाइकाले सुरु गर्‍यो बाढीले भत्काएको बीपी राजमार्गको पुनर्निर्माण
Photo / Coverage: केन्द्रबिन्दु

धुलिखेल । प्राकृतिक विपदबाट क्षतिग्रस्त विपी राजमार्गको सिन्धुली बर्खेखोला–पिप्ले सडकखण्डमा जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका)ले पुनर्निर्माणको काम सुरु गरेको छ । सो खण्डसँगै अन्य तीन खण्डमा पुनर्निर्माणले तीव्रता पाएको डिभिजन सडक कार्यालय भक्तपुरले जनाएको छ। कार्यालयका अनुसार बर्खेखोला–पिप्ले सडकखण्ड पुनर्निर्माणको लागि जाइकासँग दुई अर्ब ६० करोडमा सम्झौता भई काम सुरु भएको हो । डिभिजन प्रमुख सुमन योगेशले जाइकाले हालै काम सुरु गरेको जानकारी दिए। त्यस्तै, पिप्लेदेखि काभ्रेको भकुण्डेबेँसीसम्मको खण्डमा पुनर्निर्माणको काममा हालसम्म ५२ प्रतिशत भौतिक प्रगति भएको छ । उनका अनुसार डालाबेँसीदेखि चारसयबेँसीसम्म (८.५ किमी) पुनर्निर्माणको जिम्मा पाएको खानी–एवान–कमलजित जेभीले २०८४ को जेठ अन्त्यसम्म निर्माणको काम सम्पन्न गर्ने जनाएको छ। यस्तै चारसयबेँसीदेखि भकुण्डेबेँसीसम्म (११.८ किमी) सडक लामा–नवकान्तिपुर जेभीले २०८४ असार १७ भित्र काम सम्पन्न गर्ने गरी प्रक्रिया अघि बढाएको योगशेले बताए। यसैगरी पिप्लेदेखि डालोबेँसी (२.३ किमी) सडकखण्डको जिम्मा पाएको उमा एन्ड कम्पनी–भण्डारी जेभीको २०८४ कात्तिक २६ सम्म निर्माण सक्नेछ । उनका अनुसार बिपी राजमार्ग पुनर्निर्माणको काम लक्ष्यअनुरुप नै भइरहेको छ। २०८१ असोज दोस्रो साता रोशी खोलामा आएको बाढीका कारण बिपी राजमार्गको नमोबुद्धस्थित दाप्चाखोला १ नं पुलदेखि सिन्धुलीको नेपालथोकसम्म २९ किमी सडक पूर्णरूपमा क्षति भएको थियो। क्षतिग्रस्त राजमार्गमध्ये काभ्रेतर्फको २५ दशमलव ११ किमी सडक तीन खण्डमा पुनर्निर्माण भइरहेको छ । आगामी वर्षायामअघि नै निर्माणाधीन तीन खण्डमा एक लेयरको कालोपत्रे गर्ने गरी तयारी भइरहेको योगेशले बताए । उनका अनुसार बाढीबाट क्षतिग्रस्त बिपी राजमार्ग ‘डेडिकेटेड डबल लेन’मा पुनर्निर्माण भइरहेको हो। सो राजमार्गअन्तर्गत काभ्रेमा पर्ने पिप्लेदेखि डालाबेँसीसम्मको २.३ किमी सडक पुनर्निर्माण गर्न उमा एन्ड कम्पनी–भण्डारी अमरज्योति जेभीसँग ६८ करोड ८० लाख, डालाबेँसीदेखि चार सयबेँसीसम्मको सडकका लागि लामा–नव कान्तिपुर जेभीसँग एक अर्ब ४२ करोड र चारसयबेँसीदेखि भकुण्डेबेँसीसम्मको सडक पुनर्निर्माणका लागि खानी–एवान–कमलजित जेभीसँग एक अर्ब ३३ करोडमा सम्झौता भएको छ। यसैबीच बिपी राजमार्गमा हाल पुनर्निर्मित सडकबाटै सवारी आवागमन गराएको जनाइएको छ। ‘एक दुई स्थानमा साँघुरो भएकाले डाइभर्सन बनाएर दुईतर्फी आवागमन गराइएको छ, अन्यत्र अप्ठ्यारो छैन,’ योगेशले भने। उनका अनुसार चौकीडाँडा र पिन्थलीमा भिरालो भएकाले हाल मर्मत भइराखेको र डाइभर्सन गरिएको छ । डालाबेँसी–पिप्ले खण्डमा पनि त्यस्तै व्यवस्था गरिएको छ। हाल पुनर्निर्मित सडकबाटै आवागमन गराइए पनि जाम छैन। वर्षा भई सडक माथिबाट लेदो तथा पहिरो गई अबरुद्ध भए आधादेखि केही घण्टामै सडक खुलाउने गरी सामग्री व्यवस्थापन गरिएको छ। नेपालको पूर्वी तथा मध्यपहाडी क्षेत्रलाई संघीय राजधानी काठमाडौँसँग जोड्ने छोटो मार्गका रूपमा उक्त राजमार्गलाई लिइन्छ। क्षतिग्रस्त खण्ड पुनर्निर्माणका लागि सरकारले कुल आठ अर्ब ५० करोड स्रोत सहमति दिएको छ। काभ्रेतर्फका तीन सडकखण्डलाई सात अर्ब ५० करोड र सिन्धुलीको एक सडकखण्डलाई एक अर्बको स्रोत सहमति दिइएको हो। योगेशका अनुसार पाँचवटा पुललाई दुई लेनमा परिणत गर्ने योजना छ । तीनवटै खण्डमा ६.३ किलोमिटर आरसीसी पर्खाल निर्माण हुनेछ। जापान सरकारको अनुदान सहयोगमा आर्थिक वर्ष २०५३/५४ देखि बिपी राजमार्ग (धुलिखेल–सिन्धुली–बर्दिबास १६० किमी सडक) निर्माण गरिएको थियो। खण्डखण्ड विभाजन गरी निर्माण सम्पन्न भएको राजमार्ग २०७२ असार १८ गते जापान सरकारले नेपाल सरकारलाई हस्तान्तरण गरेको थियो।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
भोटेकोसी बाढीमा बेपत्ता साहिँलो छोरो सोध्दासोध्दै गयो ९४ वर्षीया आमाको सास
Latest NewsJust now

भोटेकोसी बाढीमा बेपत्ता साहिँलो छोरो सोध्दासोध्दै गयो ९४ वर्षीया आमाको सास

आमाका लागि सन्तानभन्दा ठुलो कुरा सायद अरू हुँदैन। त्यसैले धादिङको धुनिबेँसी नगरपालिका-९, कानाकोटकी ९४ वर्षीया सीता पाण्डे भोटेकोसी बाढीमा बेपत्ता छोरा फर्किन्छ कि भन्ने आशामा दिन गन्दै बसिन्। तर उनका साहिँलो छोरा नीरबहादुर पाण्डेको अवस्था पत्ता नलाग्दै उनी आफैँ यो संसारबाट बिदा भएकी छन्।  सीताका ४५ वर्षीय छोर... ...

नेपालखबर
तिहार बिदाका कारण कात्तिक २४ र २५ गते उपत्यकाको फोहर व्यवस्थापन प्रभावित हुने
Latest NewsJust now

तिहार बिदाका कारण कात्तिक २४ र २५ गते उपत्यकाको फोहर व्यवस्थापन प्रभावित हुने

• कातिक २४ र २५ गते तिहार पर्वको अवसरमा काठमाडौं उपत्यकाको फोहर व्यवस्थापन कार्य प्रभावित हुनेछ। • फोहर व्यवस्थापनस्थल बन्चरेडाँडामा कर्मचारीको बिदा हुने भएकाले फोहर व्यवस्थापनमा समस्या आउने छ। • नगरवासीलाई जथाभावी फोहर नफाल्न र व्यवस्थापन गर्न आग्रह गरिएको छ। ...

नेपालबहस
कात्तिक २४ र २५ गते उपत्यकाको फोहर नउठ्ने
Latest NewsJust now

कात्तिक २४ र २५ गते उपत्यकाको फोहर नउठ्ने

काठमाडौं । यही कात्तिक २४ र २५ गते काठमाडौं उपत्यकाको फोहर व्यवस्थापन कार्य प्रभावित हुने भएको छ । काठमाडौं महानगरपालिका वातारण व्यवस्थापन विभागका प्रमुख सरिता राईका अनुसार २४ र २५ गते तिहार पर्वको अवसरमा उपत्यकाको अन्तिम फोहर व्यवस्थापनस्थल बन्चरेडाँडामा कार्यरत कर्मचारीको समेत बिदा हुने भएकाले फोहर व्यवस्थापन कार्य प्रभावित हुने भएको हो । कात्तिक २६ गतेदेखि नियमित रूपमा फोहर व्यवस्थापनको काम हुने ...

केन्द्रबिन्दु
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play