Saturday, November 7, 2026||
MultiKhabarMultiKhabar

चाडपर्वमा देशभर सुरक्षा व्यवस्था कडा

Share:WhatsAppFacebookX (Twitter)Telegram
चाडपर्वमा देशभर सुरक्षा व्यवस्था कडा
Photo / Coverage: पर्दाफास

तिहार, दीपावली, नेपाल संवत् र छठ पर्वलाई लक्षित गर्दै नेपाल प्रहरीले देशभर सुरक्षा व्यवस्था कडा पारेको छ । चाडपर्वका समयमा हुन सक्ने आपराधिक गतिविधि नियन्त्रण, नागरिकको जीउधनको सुरक्षा तथा सहज आवागमन सुनिश्चित गर्न आवश्यक मात्रामा प्रहरी परिचालन गरिएको छ । प्रहरी प्रधान कार्यालय नक्सालका अनुसार ‘चाडपर्व लक्षित विशेष सुरक्षा योजना, २०८३’ अन्तर्गत सम्भावित सुरक्षा चुनौतीको विश्लेषण गरी संवेदनशील क्षेत्रमा प्रहरी जनशक्ति परिचालन तथा निगरानी बढाइएको हो । बजार क्षेत्र, धार्मिकस्थल, सार्वजनिक यातायात केन्द्र, सीमा नाका र बढी भीडभाड हुने स्थानलाई विशेष प्राथमिकतामा राखिएको छ । नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता अबिनारायण काफ्लेले चाडपर्वका समयमा चोरी, लुटपाट, जुवातास, लागुऔषध तथा मादक पदार्थको दुरुपयोग, झैझगडा, कालोबजारी, खाद्य पदार्थमा मिसावट र आगलागीलाई प्रमुख सुरक्षा चुनौतीका रूपमा पहिचान गरिएको बताए । उनका अनुसार यस्ता गतिविधि नियन्त्रण गर्न नियमित गस्ती, आकस्मिक जाँच तथा सादा पोसाकमा प्रहरी परिचालन गरिएको छ । सुरक्षा निगरानीलाई प्रभावकारी बनाउन सीसीटीभी, शरीरमा जडित क्यामेरा, ड्रोन र तालिमप्राप्त कुकुर प्रयोग गरिनेछ । जोखिमयुक्त क्षेत्रमा निगरानी बढाउनुका साथै तत्काल प्रतिकार्यका लागि द्रुत परिचालन टोली र विपद् व्यवस्थापनका जनशक्तिलाई तयारी अवस्थामा राखिएको उनले जानकारी दिए । चाडपर्वका समयमा यात्रुको चाप बढ्ने भएकाले प्रहरीले सडक सुरक्षा र सवारी दुर्घटना न्यूनीकरणलाई पनि प्राथमिकता दिएको छ । प्रहरी प्रधान कार्यालयका अनुसार देशभर ४०८ स्थानमा यात्रु सहायता कक्ष स्थापना गरी कम्तीमा एक हजार १६५ प्रहरी परिचालन गरिएको छ । त्यस्तै, अन्तर्राष्ट्रिय सीमा नाकाका १०८ स्थानमा सहायता कक्ष स्थापना गरिएको छ । लामो दूरीका सवारीसाधन सञ्चालन गर्नुअघि चालकको अनुमतिपत्र, मादक पदार्थ तथा लागुऔषध सेवनको अवस्था र सवारीसाधनको यान्त्रिक अवस्थासम्बन्धी कागजात जाँच गर्ने व्यवस्था मिलाइएको छ । लामो दूरीका सवारीसाधनमा दुई जना चालक राख्नुपर्ने व्यवस्थाको कार्यान्वयनमा निगरानी बढाइएको प्रहरीले जनाएको छ ।सीमा नाकामा स्थापना गरिएका यात्रु सहायता कक्षमार्फत स्वदेश फर्किने नागरिकलाई सम्भावित ठगी, लुटपाट तथा अन्य दुव्र्यवहारबाट जोगाउन आवश्यक सहयोग उपलब्ध गराइने प्रहरी प्रधान कार्यालयले जनाएको छ । साइबर अपराधमा पक्राउसामाजिक सञ्जालको दुरुपयोग गरी महिलाको चरित्र हत्या गर्नुका साथै अश्लील तस्बिर तथा भिडियो सार्वजनिक गर्ने धम्की दिएको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । नेपाल प्रहरीको साइबर ब्यूरोले विद्युतीय माध्यमबाट महिलालाई दुव्र्यवहार तथा चरित्र हत्या गरेको अभियोगमा इलाम र सिन्धुपाल्चोकका दुई जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा इलामका विकल्प राई र सिन्धुपाल्चोकका सुजन पाण्डे छन् । ब्यूरोका प्रवक्ता दीपकराज अवस्थीका अनुसार राईले प्रेम सम्बन्धमा रहँदा खिचिएका तस्बिर तथा भिडियो सामाजिक सञ्जाल टेलिग्राममार्फत सार्वजनिक गरी महिलाको चरित्र हत्या गरेको आरोप छ । त्यस्तै, पाण्डेले सामाजिक सञ्जाल एक्समार्फत पीडित महिलाका अश्लील भिडियो तथा तस्बिर आफूसँग रहेको र सार्वजनिक गरिदिने धम्की दिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । पीडितले दिएको निवेदनका आधारमा ब्यूरोले प्राविधिक अनुसन्धान तथा विश्लेषण गर्दा दुवै जना संलग्न रहेको खुलेपछि पक्राउ गरिएको प्रवक्ता अवस्थीले जानकारी दिए । प्रहरीले राईलाई काठमाडौँको ठमेलस्थित पर्यटन मार्गबाट र पाण्डेलाई तारकेश्वरबाट पक्राउ गरेको हो । पक्राउ परेका राईलाई विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन, २०६३ अन्तर्गतको कसुरमा काठमाडौँ जिल्ला अदालतबाट पाँच दिन र पाण्डेलाई चार दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको ब्यूरोले जनाएको छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on पर्दाफास

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
प्रस्तावित न्यायाधीश पाण्डे भन्छन्-न्यायाधीश भएपछि राजनीतिको चप्पल बाहिरै खोलेको छु
OthersJust now

प्रस्तावित न्यायाधीश पाण्डे भन्छन्-न्यायाधीश भएपछि राजनीतिको चप्पल बाहिरै खोलेको छु

२० कात्तिक, काठमाडौं । सर्वोच्च अदालतको न्यायाधीशमा प्रस्तावित जनक पाण्डेले न्यायाधीश भएपछि राजनीतिक प्रभाव र सम्बन्धलाई अदालतभित्र प्रवेश गर्न नदिने बताएका छन् । संसदीय सुनुवाइ समितिमा नेकपा एमालेकी सांसद पद्मा अर्यालले भुटानी शरणार्थी प्रकरणसँग सम्बन्धित मुद्दामा प्रश्न गरेपछि जवाफ दिँदै पाण्डेले न्यायाधीश भएपछि राजनीतिको चप्पल बाहिरै खोलेर न्याय सम्पादन गर्ने गरेको बताएका हुन् । 'भुटानी शरणार्थी… ...

अनलाइन खबर
प्रस्तावित न्यायाधीशको सुनुवाइमा उठ्यो ५२ पदाधिकारीको मुद्दामा सर्वोच्चको ढिलाइबारे प्रश्न
OthersJust now

प्रस्तावित न्यायाधीशको सुनुवाइमा उठ्यो ५२ पदाधिकारीको मुद्दामा सर्वोच्चको ढिलाइबारे प्रश्न

२० कात्तिक, काठमाडौं । सर्वोच्च अदालतका प्रस्तावित न्यायाधीशहरूको संसदीय सुनुवाइका क्रममा संसदीय सुनुवाइबिनै नियुक्त भएका ५२ संवैधानिक पदाधिकारीको मुद्दामा सर्वोच्च अदालतले गरेको ढिलाइबारे प्रश्न उठेको छ । संसदीय सुनुवाइ समितिमा प्रस्तावित न्यायाधीशहरूसँग प्रश्न गर्दै नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले न्याय खोज्ने अन्तिम थलो सर्वोच्च अदालतले राष्ट्रिय महत्त्वका मुद्दामा वर्षौंसम्म निर्णय नगर्नु न्यायिक विश्वसनीयतामाथिकै प्रश्न भएको बताए… ...

अनलाइन खबर
इन्डिया फाइट लिगमा नेपाली एमएमए फाइटर कोसिसको सानदार जित
OthersJust now

इन्डिया फाइट लिगमा नेपाली एमएमए फाइटर कोसिसको सानदार जित

६ असार, काठमाडौं । नेपाली एमएमए फाइटर कोसिस श्रेष्ठले भारतमा भएको इन्डिया फाइट लिग (आईएफएल) मा सानदार जित हात पारेका छन् । कोसिसद्ये मोहद सैफलाई पहिलो राउण्डमै टेक्निकल नकआउटका आधारमा पराजित गरेका हुन् । ‘दी अनस्टपेबल’ निकनेमले परिचित कोसिससले दिल्ली फ्रेन्चाइजको प्रतिनिधित्व गर्दै खेलिरहेका छन् । फ्रेन्चाइज बेस्ड मिक्स मार्सल आर्ट्स कम्पिटेसन (आईएफएल) मा ६… ...

अनलाइन खबर
कात्तिक २४ र २५ गते काठमाडौँ उपत्यकाको फोहर व्यवस्थापन प्रभावित हुने
OthersJust now

कात्तिक २४ र २५ गते काठमाडौँ उपत्यकाको फोहर व्यवस्थापन प्रभावित हुने

यही कात्तिक २४ र २५ गते काठमाडौँ उपत्यकाको फोहर व्यवस्थापन कार्य प्रभावित हुने भएको छ । काठमाडौँ महानगरपालिका वातावरण व्यवस्थापन विभागका प्रमुख सरिता राईका अनुसार २४ र २५ गते तिहार पर्वको अवसरमा उपत्यकाको अन्तिम फोहर व्यवस्थापनस्थल बन्चरेडाँडामा कार्यरत कर्मचारीको समेत बिदा हुने भएकाले फोहर व्यवस्थापन कार्य प्रभावित हुने भएको हो । कात्तिक २६ गतेदेखि नियमित रूपमा फोहर व्यवस्थापनको काम हुने भन्दै उक्त ...

पर्दाफास
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play