Saturday, November 7, 2026||
MultiKhabarMultiKhabar

जहाँ गाउँ छन्, त्यहाँ बाटो छैन, हिमाली क्षेत्रको समस्या बदल्ने गृहमन्त्रीको दाबी

Share:WhatsAppFacebookX (Twitter)Telegram
जहाँ गाउँ छन्, त्यहाँ बाटो छैन, हिमाली क्षेत्रको समस्या बदल्ने गृहमन्त्रीको दाबी
Photo / Coverage: पर्दाफास

गृहमन्त्री सुदन गुरुङले हिमाली जिल्लामा सडक सञ्जालको अभावका कारण नुनलगायत दैनिक उपभोग्य वस्तु महँगो पर्ने गरेको बताएका छन् । शनिबार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को शुभकामना आदानप्रदान कार्यक्रमपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले हिमाली क्षेत्रका बासिन्दाले सडक सुविधा नहुँदा दैनिक उपभोग्य वस्तु ढुवानीमा कठिनाइ भोग्नुपरेको बताए । उनले हिमाली जिल्लाका धेरै ठाउँमा सडक नपुगेका कारण मानिसले सामान बोकेर लैजानुपर्ने अवस्था रहेको उल्लेख गरे । यो समस्या कुनै एउटा जिल्लाको मात्र नभई मुस्ताङ, मुगुलगायतका हिमाली जिल्लाको साझा समस्या भएको उनको भनाइ थियो । ‘हिमाली जिल्लामा सबै ठाउँमा नुन सहज रूपमा उपलब्ध छैन । जहाँ गाउँ छन्, त्यहाँ बाटो छैन । पहिला बाटो बन्न समय लाग्छ, तर आपूर्ति त गर्नुप¥यो नि,’ उनले भने । गुरुङले सडक सुविधा नहुँदा मुस्ताङमा विगतमा एउटा नुनको मूल्य दुई सयदेखि चार सय रुपैयाँसम्म पर्ने गरेको उदाहरण दिए । सडक निर्माण भएपछि ढुवानी सहज हुने र त्यसले दैनिक उपभोग्य वस्तुको मूल्य घटाउन सहयोग पुग्ने उनले बताए । ‘मुगुमा त झन् बिजोग छ । यो नियति सरकारले परिवर्तन गर्छ,’ उनले भने । उनले सरकारले हिमाली क्षेत्रका नागरिकको समस्या सम्बोधन गर्न बजेटसमेत छुट्याएको दाबी गरे । बजेट कार्यान्वयन हुन र त्यसको परिणाम देखिन समय लाग्ने भन्दै उनले केही समय धैर्य गर्न आग्रह गरे । ‘अहिले ६ महिनामै हामीले धेरै कुरा बाटो माथिसम्म पु¥याउन सक्छौँ भनेको छैनौँ । तर पहल गरेर बाटोमा बजेट हालेर काम अगाडि बढाउन सकिन्छ नि,’ उनले भने । गुरुङले नुनको मूल्यको विषयलाई मात्रै नभई समग्र हिमाली क्षेत्रका नागरिकले भोग्दै आएका समस्या समाधान गर्न सरकार केन्द्रित रहेको बताए । प्रधानमन्त्री र सम्बन्धित मन्त्रीहरू हिमाली क्षेत्रका नागरिकको दुःख सम्बोधन गर्ने गरी काम गरिरहेको उनको भनाइ थियो । सडक सञ्जाल विस्तारसँगै हिमाली क्षेत्रका नागरिकले भोग्दै आएको ढुवानी तथा दैनिक उपभोग्य वस्तुको महँगीसम्बन्धी समस्या क्रमशः समाधान हुने उनले विश्वास व्यक्त गरे ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on पर्दाफास

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
शुभकामना आदानप्रदान कार्यक्रमको बीचमा उठेर किन हिंडे गृहमन्त्री ?
OthersJust now

शुभकामना आदानप्रदान कार्यक्रमको बीचमा उठेर किन हिंडे गृहमन्त्री ?

२१ कात्तिक, काठमाडौं । गृहमन्त्री सुधन गुरुङ रास्वपा गोरखा–काठमाडौं सम्पर्क विभागले आयोजना कार्यक्रमको बीचमा उठेर हिंडेका छन् । विभागले शनिबार काठमाडौंमा नयाँ बजारमा आयोजना गरेको कार्यक्रममा बक्ताको संख्या धेरै भएपछि गृहमन्त्री गुरुङ कार्यक्रमकोबीचमै उठेर हिंडेका हुन् । कार्यक्रम जारी रहदा गृहमन्त्री गुरुङ बाहिरिएपछि आयोजक अलमलमा पर्‍यो । उनले शुभकामना आदनप्रादन कार्यक्रम राखेपछि आफूलाई स्टेजमा मात्रै… ...

अनलाइन खबर
तिहारमा विद्युत् अभाव नहुने, २४सै घण्टा प्राविधिक टोली परिचालन
OthersJust now

तिहारमा विद्युत् अभाव नहुने, २४सै घण्टा प्राविधिक टोली परिचालन

नेपाल विद्युत् प्राधिकरणले तिहार तथा छठ पर्वमा विद्युत् आपूर्ति नियमित राख्न विशेष व्यवस्थापन गरेको छ । लक्ष्मीपूजाका दिन विद्युत्को मागभन्दा आन्तरिक उत्पादन बढी हुने प्रक्षेपण गर्दै प्राधिकरणले सम्भावित प्राविधिक अवरोध तत्काल समाधान गर्न चौबीसै घण्टा जनशक्ति परिचालन गर्ने व्यवस्था मिलाएको हो । प्राधिकरणका अनुसार यस वर्ष लक्ष्मीपूजाको साँझ विद्युत्को अधिकतम माग करिब एक हजार ७०० मेगावाट पुग्ने अनुमान छ । सोही ...

पर्दाफास
शेरबहादुर देउवा भन्छन्- १८ करोडमा पार्टी किनी दियो भन्ने छ, अब पैसामा पार्टी बेच्ने हामीले ?
OthersJust now

शेरबहादुर देउवा भन्छन्- १८ करोडमा पार्टी किनी दियो भन्ने छ, अब पैसामा पार्टी बेच्ने हामीले ?

‘इनम सापकोटाले १८ करोड भनेको छ । बा, सानो पैसा हो त्यो ?,’ आश्चर्य व्यक्त गर्दै पूर्वसभापति देउवाले प्रश्न गरे, ‘त्यो पैसा दिएर पार्टी किनी दियो । अब पैसामा पार्टी बेच्ने हामीले ?’ ...

अनलाइन खबर
चिनियाँ अन्तरिक्ष स्टेसन पुग्ने पहिलो विदेशी नागरिक बन्दै पाकिस्तानी अन्तरिक्ष यात्री
OthersJust now

चिनियाँ अन्तरिक्ष स्टेसन पुग्ने पहिलो विदेशी नागरिक बन्दै पाकिस्तानी अन्तरिक्ष यात्री

एक पाकिस्तानी अन्तरिक्ष यात्री चीनको ‘शेन्झोउ–२४’ अन्तरिक्ष यानको चालक दलमा सहभागी हुुने भएको छ । यससँगै उनी चीनको अन्तरिक्ष स्टेसनमा पुग्ने पहिलो विदेशी नागरिक बन्नेछन् । चीनको सरकारी समाचार संस्था सिन्ह्वाका अनुसार, चाइना म्यान्ड स्पेस एजेन्सीले ती पाकिस्तानी अन्तरिक्ष यात्रीले अन्तरिक्ष कक्षमा छोटो अवधिको उडान पूरा गर्ने जनाएको छ । त्यसपछि उहाँ ‘शेन्झोउ–२३’ अन्तरिक्ष यानमार्फत… ...

अनलाइन खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play