Tuesday, November 17, 2026||
MultiKhabarMultiKhabar

‘जलाकी’लाई युनिभर्सल सर्टिफिकेट

Share:WhatsAppFacebookX (Twitter)Telegram
‘जलाकी’लाई युनिभर्सल सर्टिफिकेट
Photo / Coverage: नेपालन्युज

काठमाडौं । मंसिर ४ गतेदेखि प्रदर्शनमा आउने नेपाली फिल्म ‘जलाकी’ले चलचित्र जाँचपास समितिबाट युनिभर्सल सर्टिफिकेट पाएको छ। योसँगै फिल्म सबै उमेर समूहका दर्शकले हेर्न पाउने भएका छन्। ‘खुस्मा’ फेम्ड निर्देशक अशोक थापा मगरको निर्देशनमा बनेको ‘जलाकी’ उनको दोस्रो निर्देशकीय फिल्म हो। फिल्ममा उपासना सिंह ठकुरी र सोनम तोप्देन मुख्य भूमिकामा छन्। उनीहरूबीचको प्रेमकथालाई फिल्मको मुख्य विषयवस्तु बनाइएको निर्देशक मगरले बताएका छन्। मगर समुदायको संस्कार, संस्कृति र आस्थामा आधारित फिल्मले प्रेमकथामार्फत समुदायको मौलिक पहिचान र सांस्कृतिक पक्षलाई प्रस्तुत गर्ने निर्माण पक्षको भनाइ छ। फिल्मको ट्रेलरले दर्शकबाट सकारात्मक प्रतिक्रिया पाइरहेको निर्माण पक्षले जनाएको छ। यसका साथै फिल्ममा समावेश ‘कलेजीको छेऊ’, ‘चाँदी जलप’ र ‘जाले रुमाल मायालाई’ बोलका गीत पनि दर्शकमाझ लोकप्रिय बनेका छन्। फिल्ममा उपासना र सोनमसँगै शिल्पा मास्के, साहारा हाङ्मा लिम्बू, माओत्से गुरुङ, बुद्धि तामाङ, अस्तित्व भट्टचन, रजनी गुरुङ, राजु रेग्मी मगर, उषा खड्गी, खड्कबहादुर पुन (खबपु), लुनिभा तुलाधर, संगीता थापा, कर्मा लामा तामाङ, भावना मगर, राज काउचा मगर, दुइसाङ थिनलगायत कलाकारको अभिनय छ। विशेष भूमिकामा क्याप्टेन विजय लामा देखिनेछन्। बालकलाकारका रूपमा मुन्जन थापा मगर, नुलाम्मा बान्तावा र रिन्सी धनाहा मगरले अभिनय गरेका छन्। एम मिडिया प्रोडक्सनको ब्यानरमा निर्माण भएको फिल्मका निर्माता ओम घर्ती मगर, वीरबहादुर लामा, चन्द्रबहादुर भट्टचन, बेताने मगर (बबिता राना), मानबहादुर धनाहा मगर र सुस्मिता बुढाथोकी हुन्। फिल्मको वितरण गोविन्द शाहीको काफिया फिल्मस् र कुवेर सिने डिस्ट्रीब्युसनले गर्नेछन्।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on नेपालन्युज

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
मन्त्री  श्रेष्ठ र भारतीय राजदूत दलेलाबिच सहकार्य विस्तार सम्बन्धी छलफल
Latest NewsJust now

मन्त्री श्रेष्ठ र भारतीय राजदूत दलेलाबिच सहकार्य विस्तार सम्बन्धी छलफल

काठमाडौँ, मङ्सिर १ गते । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठ र नेपालका लागि भारतीय राजदूत सुधाकर दलेलाबीच मंगलबार शिष्टाचार भेटवार्ता भएको छ ।भेटका क्रममा मन्त्री... ...

गोरखापत्र
दुई महिनामा ८८७ फर्ममा बजार अनुगमन : ७४ वटालाई २२ लाख ८२ हजार जरिवाना
Latest NewsJust now

दुई महिनामा ८८७ फर्ममा बजार अनुगमन : ७४ वटालाई २२ लाख ८२ हजार जरिवाना

काठमाडौँ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले दुई महिनाको अवधिमा देशभर ८८७ वटा व्यापारिक फर्ममा बजार अनुगमन गरी ७४ वटा फर्मलाई कुल २२ लाख ८२ हजार ८ रुपैयाँ आर्थिक... ...

रातोपाटी
तल्लो अरुण जलविद्युत् आयोजना निर्माण सम्झौतालाई उच्च प्राथमिकता
Latest NewsJust now

तल्लो अरुण जलविद्युत् आयोजना निर्माण सम्झौतालाई उच्च प्राथमिकता

काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाहको आगामी मंसिर पहिलो साता हुने भारत भ्रमणका क्रममा ६६९ मेगावाट क्षमताको तल्लो अरुण जलविद्युत् आयोजनाको औपचारिक निर्माण सम्झौता गर्ने तयारी गरिएको छ। सङ्खुवासभा र भोजपुरको सिमानामा... ...

रातोपाटी
धोनीद्वारा १९ वर्षे आईपीएल खेल जीवनबाट संन्यास, चेन्नईको मेन्टर नियुक्त
Latest NewsJust now

धोनीद्वारा १९ वर्षे आईपीएल खेल जीवनबाट संन्यास, चेन्नईको मेन्टर नियुक्त

चेन्नई । महेन्द्र सिंह धोनीले आफ्नो १९ वर्ष लामो इन्डियन प्रिमियर लिग (आईपीएल) खेल जीवनबाट संन्यास लिएका छन् । उ नी आगामी आईपीएल २०२७ का लागि चेन्नई सुपर किङ्स (सीएसके) को टिम... ...

रातोपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play