काठमाडाैँ । काठमाडौँ महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले जलवायु परिवर्तन नेपालको मात्र भइ सारा पृथ्वीको साझा विषय भएको बताएकी छिन्। सोमबार काठमाडौँ महानगरपालिकाद्वारा आयोजित काठमाण्डु क्लाइमेट एक्शन विकलाई सम्बोधन गर्दै उनले जलवायु परिवर्तनले भौगोलिक दूरी मात्रै नहेर्ने भन्दै यसले सबैले साझा महत्व दिएर जलवायु परिवर्तनको असर न्युनिकरण गर्नुपर्ने बताएकी हुन्। जलवायु परिवर्तनको असरले सिमित भूगोललाई मात्रै असर नपर्ने भन्दै सबै देशहरुले जलवायु परिवर्तनको असर न्युनिकरणमा ध्यान दिनुपर्ने बताइन्। विश्वको तापक्रम बढेकै कारणले हिमाल पग्लिरहेको र हिमतालहरु फुटिरहेको उल्लेख गरिन् । जलवायु परिवर्तनसँगै दिनहुँ मौसमी चक्रको समेत असर नेपालले खेपिरहेको उनको भनाइ छ । जलवायु परिवर्तनका कारण नेपाली हिमाली समुदायहरुले बाढी, पहिरो, हिमतालको सामना गर्नु परिरहेको जिकिर गरिन् । नदी, कृषि, जीवनशैलीमा यसले ठूलो असर पारिरहेको बताइन् । कार्यवाहक प्रमुख डंगोलले जलवायु परिवर्तनका कारण नेपाल धेरै जोखिममा रहेको उल्लेख गरिन् ।
जलवायु परिवर्तन विश्वकै साझा विषय होः सुनिता डंगोल

Read Complete Original Article
Published originally on टक्सार






