जर्मनीमा महँगी विरुद्धका आन्दोलन हिंसात्मक बन्दा पसलहरूमा लुटपाट

Reuters दङ्गाकारीहरूले शनिवार अबेर मध्य फ्र्याङ्फर्टका पसलहरूमा लुटपाट गरेका छन् भने मूलतः शान्त रहेका महँगी विरुद्धका प्रदर्शनहरूपछि प्रहरी र प्रदर्शनकारीहरूबीच जर्मनीका विभिन्न सहरमा झडप भएको छ।जर्मनीको वित्तीय केन्द्र फ्र्याङ्फर्टबाहेक बर्लिन, कोलोन र ह्यामबर्गमा हिंसात्मक घटनाहरू भएका थिए। प्रहरीले आन्दोलनकारीलाई तितरबितर बनाउन अश्रु ग्यास प्रहार गरेको जनाएको छ।आन्दोलनकारीहरूले भने आपत्कालीन सेवाका कर्मचारीहरूमाथि अतीसबाजी, ढुङ्गा र बोतलहरू प्रहार गरेका थिए। फ्रान्समा प्रदर्शन फेरि 'उग्र', ७० हजार प्रहरी परिचालन प्यारिसमा विरोध प्रदर्शन दङ्गा र लुटपाटमा परिणत, जलेका कार र फुटेका सिसा सडकमा छरपस्ट अभियान समूह जेन जी रिग्लेट ((जेनजीले नेतृत्व लिनुपर्छ) ले त्यसअघि आयोजना गरेका प्रदर्शनमा हजारौँ मानिसहरू सहभागी थिए। उनीहरू विद्यालयमा बजेट घटाइएको, महँगी बढेको र सार्वजनिक खर्च कटौती र अनिवार्य सैन्य सेवाको व्यवस्थाप्रति विरोध जनाएका थिए।यसअघि यस्तै खालको प्रदर्शन फ्रान्समा पनि भएको थियो र त्यहाँ ३ लाख २० हजार भन्दा बढी मानिसहरूले शनिवार प्रदर्शन गरेको जनाइएको छ।हिंसा र गिरफ्तारीका विवरण Reuters एएफपी समाचार संस्थाका अनुसार फ्र्याङ्कफर्टको प्रमुख सपिङ स्ट्रिटको ठूलो हिस्सा प्रहरीले बन्द गराएको थियो। एकजना प्रहरी प्रवक्ताले सहरबाट धेरै जनालाई पक्राउ गरिएको बताएका छन्।फ्र्याङफर्ट, म्युनिख र बर्लिनका अधिकारीहरूले झन्डै झन्डै १८ हजार प्रदर्शनकारीहरूले विरोध कार्यक्रममा सहभागिता जनाएको आकलन गरेका छन्। त्यो आयोजकहरूले आफ्नो वेबसाइटमा दाबी गरेको सङ्ख्याको तुलनामा लगभग आधा हो।जेन जी रिग्लेटकी प्रवक्ता लीना फ्रिडरिकले ती प्रदर्शनहरू 'युद्ध वा जबरजस्ती भन्दा पनि शान्ति र स्वतन्त्रताको लागि सङ्घर्ष भएको' बताइन्।उनले भनिन्, "हाम्रा लागि सबैभन्दा महत्त्वपूर्ण भनेको स्वास्थ्य र शिक्षा प्रणालीमा अझ राम्रो सहयोग हो। हामी अनिवार्य सैन्य सेवाको विरोधमा छौँ। र हामी जिम्मेवारीको बोझ न्यायपूर्ण ढङ्गले वितरण गरिनुपर्छ भन्नेमा छौँ।" Reuters दिनभरका प्रदर्शनहरू शान्तिपूर्ण भएपनि रात परेसँगै तीनले हिंसात्मक रूप लिएका थिए।एक्समा राखिएको पोष्टमा फ्रयाङ्कफर्ट प्रहरीले सहरको मध्य भागमा 'हिंसात्मक दङ्गाहरू' भइरहेको उल्लेख गरेको थियो। कैयौँ पसलहरूका झ्यालहरू तोडफोड गरिएका छन् भने आपत्कालीन सेवा प्रदायकहरूमाथि प्रज्वलनशील तरल पदार्थ सिसाको बोतलमा राखेर तयार पारिएका घरेलु बम प्रहार गरिएका जनाइएको छ।प्रहरीले बन्दुक बिक्री गर्ने एउटा पसलको झ्याल तोडफोड गरिएको उल्लेख गर्दै एक जना सन्दिग्ध व्यक्तिलाई पक्राउ गरी दुईवटा हतियार बरामद गरेको जनाएको छ।फ्रायङफर्ट राजधानी रहेको हेस राज्यका आन्तरिक मन्त्रीले स्पष्ट रूपमा चिनिएका झन्डै १०० 'अति वामपन्थी अतिवादीहरूले' प्रदर्शनहरूमा घुसपैठ गरेको जनाएका छन्। उनले प्रदर्शन टुङ्गिएको शैली 'लज्जास्पद' भएको पनि बताए।आन्तरिक मन्त्री होमान पोसेकले भने, "फ्रान्समा भएका लुटपाट, घरहरूमा आगजनी, प्रहरीका सवारी साधन जलाइएका घटना र प्रहरीमाथिको आक्रमण हामी सबैको स्मृतिमा ताजै छन्। …यस सम्बन्धमा फ्रान्सलाई उदाहरण मानेर अनुकरण गर्नुहुँदैन।" फ्रान्समा प्रदर्शनकारीले आगो लगाउँदा टाउन हल गर्ल्यामगुर्लुम हुँदाको क्षण भारतमा मोदीलाई चुनौती दिइरहेकी ऊर्जाशील जेन जी प्रदर्शनकारी बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।
Read Complete Original Article
Published originally on बीबीसी नेपाली
Related News

जर्मनी घुम्न जाँदै हुनुहुन्छ ? बिल तिर्दा यस्तो चलन नबिर्सनुहोस् !
• जर्मनीमा साथीहरूसँग रेस्टुरेन्ट वा बारमा खानपिन गर्दा प्रत्येक व्यक्तिले आफ्नो बिल आफैँ तिर्ने चलन प्रचलित छ। • यो परम्परा निष्पक्षता र आर्थिक हिसाबमा स्पष्टता कायम राख्ने चाहनाका कारणले हो। • जर्मनी भ्रमण गर्ने विदेशीहरूले पनि आफ्नो खर्च आफैँ तिर्ने अपेक्षा गर्नु उपयुक्त मानिन्छ। ...

रास्वपाले अघि बढाउन खोजेको महाभियोग : पदमुक्तसम्म कसरी अगाडि बढ्छ प्रक्रिया ?
काठमाडौँ । एकल बुहमतको सरकार चलाइरहेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सचिवालय बैठकले शनिबार न्यायालयभित्रका विकृतिलाई संसद्बाट विधिसम्मत तवरले निरुपण गर्न निर्णायक कदम चाल्न पार्टीको संसदीय दललाई निर्देशन दिएको छ । बैठकपछि... ...

प्राचीन शास्त्रको कर-नीति र आजको नेपाल
चालु आर्थिक वर्ष २०८३/८४ मा सरकारले १५ खर्ब ८० अर्ब रुपैयाँ राजस्व उठाउने लक्ष्य राखेको छ। असोज ७ सम्म २ खर्ब २ अर्ब ७२ करोड रुपैयाँ उठिसकेको छ, जुन गत वर्षको सोही अवधिभन्दा १५.४ प्रतिशत बढी हो। गत वर्षको अनुभव भने सजिलो थिएन। आर्थिक वर्ष २०८२/८३ मा सरकारले लक्ष्यको करिब ८४ प्रतिशत मात्र राजस्व उठायो, र पुँजीगत खर्च लक्ष्यको आधा ...

नेपालमा पहिलोपटक ‘बीसाइड्स’ साइबर सुरक्षा सम्मेलन हुँदै
नेपालमा पहिलोपटक साइबर सुरक्षा सम्मेलन ‘बीसाइड्स काठमाडौँ २०२६’ आयोजना हुने भएको छ। सम्मेलन आगामी नोभेम्बर २१ मा बिहान १० बजेदेखि साँझ ६ बजेसम्म काठमाडौँको बुढानीलकण्ठस्थित लेमन ट्री प्रिमियर होटलमा सम्मेलन आयोजना गरिने भएको हो। साइबर सुरक्षाको क्षेत्रमा काम गरिरहेका विज्ञ, अनुसन्धानकर्ता र यस क्षेत्रमा रुचि राख्ने व्यक्तिहरूको सामुदायिक प... ...


