काठमाडौं, कात्तिक २६ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले जस्तोसुकै दबाब, घेराबन्दी र षड्यन्त्रको सामना गर्नुपरे पनि नागरिकका मुद्दा उठाउन र सरकारलाई प्रश्न गर्न नछाड्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। उहाँले सामाजिक सञ्जाल फेसबुकमा लेख्नु भएकाे छ, ‘जति तर्साए पनि नागरिकको मुद्दा बोकेर सरकारलाई प्रश्न गर्न नछाडेपछि घेराबन्दी र षड्यन्त्र हुँदैन त ?’ खुलामञ्चबाट नागरिकका पक्षमा प्रश्न उठाउँदा आक्रमण सुरु भएको र पार्टी केन्द्रीय कार्यालयबाट प्रतिपक्षको निगरानी तथा सरकारको जवाफदेहिताका विषयमा सशक्त प्रश्न राख्दा पनि घेराबन्दीको सामना गर्नुपरेको उहाँको भनाइ छ। ‘खुलामञ्चबाट प्रश्न गर्दा आक्रमण प्रारम्भ भयो र पार्टी केन्द्रिय कार्यालयबाट प्रतिपक्षको निगरानीका सन्दर्भमा नागरिकको शसक्त प्रश्न राख्दा, षडयन्त्रको सिकार हुन पर्यो’, उहाँले लेख्नु भएकाे छ । तर यस्ता दबाब र चुनौतीले आफ्नो अडान कमजोर नबनाउने स्पष्ट पार्दै सभापति थापाले भन्नुभएको छ, ‘यस पटक पनि मैले सजिलो होइन, सही बाटो रोजेँ। जनताको प्रश्न गर्न छाडिनँ।’ नागरिकका आवाज उठाउनु र सरकारलाई जवाफदेही बनाउन प्रश्न गर्नु आफ्नो राजनीतिक दायित्व भएको सन्देश दिँदै उहाँले कुनै पनि दबाबका कारण जनताको पक्षमा बोल्न पछि नहट्ने दृढता व्यक्त गर्नुभएको छ।
जति तर्साए पनि नागरिकका मुद्दा उठाउन र सरकारलाई प्रश्न गर्न छाडिन्न : सभापति गगन थापा

Read Complete Original Article
Published originally on जनताटाइम्स






