Tuesday, October 20, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/जटिल प्रसूति समस्यामा परेकी १७ वर्षीया महिलाको हवाई उद्धार

जटिल प्रसूति समस्यामा परेकी १७ वर्षीया महिलाको हवाई उद्धार

Share:WhatsAppFacebookX (Twitter)Telegram
जटिल प्रसूति समस्यामा परेकी १७ वर्षीया महिलाको हवाई उद्धार

जाजरकोट । जाजरकोटको कुशे गाउँपालिका–२ की १७ वर्षीया महिलालाई जटिल प्रसूति समस्या देखिएपछि थप उपचारका लागि हवाई उद्धार गरी सुर्खेत पुर्‍याइएको छ। महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालयद्वारा राष्ट्रिय महिला सशक्तीकरण परियोजनाअन्तर्गत सञ्चालित गर्भवती तथा सुत्केरी महिलाको हवाई उद्धार कार्यक्रममार्फत ती महिलाको उद्धार गरिएको हो। जटिल प्रसूति समस्या देखिएपछि थप उपचार आवश्यक भएकाले नेपाली सेनाको हवाई साधनमार्फत उनलाई सुर्खेत लगिएको हो। दुर्गम क्षेत्रका ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरी महिलालाई समयमै विशेषज्ञ स्वास्थ्य सेवाको पहुँचमा पुर्‍याई सम्भावित जोखिम न्यूनीकरण गर्ने उद्देश्यले मन्त्रालयले हवाई उद्धार कार्यक्रम सञ्चालन गर्दै आएको छ। भौगोलिक विकटता, स्वास्थ्य संस्थामा उपलब्ध सीमित सेवा तथा उपचारमा हुने ढिलाइका कारण जोखिममा पर्न सक्ने महिलाका लागि यो कार्यक्रम जीवन रक्षाको महत्त्वपूर्ण माध्यम बन्दै आएको छ। मन्त्रालयले दुर्गम क्षेत्रका गर्भवती तथा सुत्केरी महिलाको जीवन रक्षा र सुरक्षित मातृत्व सुनिश्चित गर्न सम्बन्धित निकायसँगको समन्वयमा हवाई उद्धार कार्यक्रम सञ्चालन गर्दै आएको छ। The post जटिल प्रसूति समस्यामा परेकी १७ वर्षीया महिलाको हवाई उद्धार appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on कर्पोरट खबर

Visit Publisher Site →

Related News

जटिल प्रसूति समस्या देखिएपछि जाजरकोटकी १७ वर्षीया किशोरीको सेनाद्वारा हवाई उद्धार
ताजा खबरJust now

जटिल प्रसूति समस्या देखिएपछि जाजरकोटकी १७ वर्षीया किशोरीको सेनाद्वारा हवाई उद्धार

काठमाडौँ । जाजरकोटको कुशे गाउँपालिका–२ की १७ वर्षीयालाई जटिल प्रसूति समस्या देखिएपछि हवाई उद्धार गरी सुर्खेत पु¥याइएको छ । महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालयले राष्ट्रिय महिला सशक्तीकरण परियोजनाअन्तर्गत सञ्चालन गरेको गर्भवती तथा सुत्केरीको हवाई उद्धार कार्यक्रममार्फत ती महिलाको उद्धार गरिएका जनाएको छ। निजको उद्धारमा नेपाली सेनाको हेलिकप्टर प्रयोग गरिएको थियो। राष्ट्रिय महिला सशक्तीकरण परियोजनाले आपत्कालीन सहयोग आवश्यक ...

केन्द्रबिन्दु
कर्णाली याक्सका ज्ञानेन्द्र मल्ललाई प्रश्न- उपाधि जित्ने रणनीति त बनाउनुभयो, तयारी कस्तो छ? (भिडिओ)
ताजा खबरJust now

कर्णाली याक्सका ज्ञानेन्द्र मल्ललाई प्रश्न- उपाधि जित्ने रणनीति त बनाउनुभयो, तयारी कस्तो छ? (भिडिओ)

कर्णाली याक्स यो पटक नेपाल प्रिमियर लिग (एनपीएल)को उपाधि जित्ने रणनीतिमा मैदान उत्रिने तयारीमा छ।  एनपीएलका लागि काठमाडौमा तयारी गरिरहेको कर्णालीले अहिलेसम्म ३ जना विदेशी खेलाडी अनुबन्ध गरिसकेको छ।  कर्णाली याक्सका क्रिकेट निर्देशक तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल यसपालि ३ जना विदेशी खेलाडी अनुबन्ध गर्ने बताउँछन्।  स्याङसनको कारणले खेलाडी अनुबन्ध... ...

नेपालखबर
महाकाली पारिको त्यो टापु, जहाँ बाढीसँगै बदलियो बाँच्ने तरिका
ताजा खबरJust now

महाकाली पारिको त्यो टापु, जहाँ बाढीसँगै बदलियो बाँच्ने तरिका

धनगढी। महाकाली नदी पारिको नेपाल अर्थात् कञ्चनपुर जिल्लाको दोधारा चाँदनी नगरपालिकालाई बर्सेनि बाढीले सताउने गर्दछ । वर्षायाममा नदीको पानी बढेपछि यहाँका मानिसको जीवन पनि पानीसँगै अस्थिर हुन्छ । खेत डुब्छ, बाटो... ...

रातोपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play