Tuesday, October 20, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/जटिल प्रसूति समस्यामा परेकी १७ वर्षीया महिलाको हवाई उद्धार

जटिल प्रसूति समस्यामा परेकी १७ वर्षीया महिलाको हवाई उद्धार

10/20/2026, 12:36:09 PM
Share:WhatsAppFacebookX (Twitter)Telegram
जटिल प्रसूति समस्यामा परेकी १७ वर्षीया महिलाको हवाई उद्धार

काठमाडौं । जाजरकोटको कुशे गाउँपालिका–२ की १७ वर्षीया महिलालाई जटिल प्रसूति समस्या देखिएपछि थप उपचारका लागि हवाई उद्धार गरी सुर्खेत पुर्‍याइएको छ। महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालयद्वारा राष्ट्रिय महिला सशक्तीकरण परियोजनाअन्तर्गत सञ्चालित गर्भवती तथा सुत्केरी महिलाको हवाई उद्धार कार्यक्रममार्फत ती महिलाको उद्धार गरिएको हो। जटिल प्रसूति समस्याका कारण थप उपचार आवश्यक भएपछि नेपाली सेनाको हवाई साधनमार्फत उनलाई सुर्खेत लगिएको मन्त्रालयले जनाएको छ। दुर्गम क्षेत्रका ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरी महिलालाई समयमै विशेषज्ञ स्वास्थ्य सेवाको पहुँचमा पुर्‍याई सम्भावित जोखिम न्यूनीकरण गर्ने उद्देश्यले मन्त्रालयले हवाई उद्धार कार्यक्रम सञ्चालन गर्दै आएको छ। भौगोलिक विकटता, स्वास्थ्य संस्थामा उपलब्ध सीमित सेवा तथा उपचारमा हुने ढिलाइका कारण जोखिममा पर्न सक्ने महिलाका लागि यो कार्यक्रम जीवनरक्षाको महत्त्वपूर्ण माध्यम बन्दै आएको छ। मन्त्रालयले दुर्गम क्षेत्रका गर्भवती तथा सुत्केरी महिलाको जीवन रक्षा र सुरक्षित मातृत्व सुनिश्चित गर्न सम्बन्धित निकायसँगको समन्वयमा हवाई उद्धार कार्यक्रम सञ्चालन गर्दै आएको जनाएको छ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on टक्सार

Visit Publisher Site →

Related News

मङ्गलको चन्द्रमाबाट नमूना ल्याउन जापानको अभियान सुरु
ताजा खबरJust now

मङ्गलको चन्द्रमाबाट नमूना ल्याउन जापानको अभियान सुरु

• जापानले मङ्गल ग्रहको चन्द्रमा फोबोसबाट नमूना सङ्कलन गर्ने ऐतिहासिक अन्तरिक्ष अभियान सुरु गरेको छ। • यस अभियानले मङ्गल र यसको चन्द्रमाहरूको उत्पत्ति र पृथ्वीमा जीवनको सुरुआतबारे नयाँ तथ्य पत्ता लगाउने अपेक्षा गरिएको छ। • अमेरिका र चीन पनि मङ्गल ग्रहबाट नमूना ल्याउने प्रतिस्पर्धामा छन्, जहाँ चीनले २०२८ मा प्रक्षेपण गर्ने योजना बनाएको छ। ...

नेपालबहस
मंगलको चन्द्रमाबाट नमूना ल्याउन जापानको अभियान सुरु
ताजा खबरJust now

मंगलको चन्द्रमाबाट नमूना ल्याउन जापानको अभियान सुरु

टोकियो । जापानले मंगल ग्रहको चन्द्रमा फोबोसबाट नमूना संकलन गरी पृथ्वीमा ल्याउने लक्ष्यसहित ऐतिहासिक अन्तरिक्ष अभियान सुरु गरेको छ । यसबाट सौर्यमण्डलको उत्पत्ति र पृथ्वीमा जीवनको सुरुआतबारे नयाँ तथ्य पत्ता लाग्ने वैज्ञानिकहरूको अपेक्षा छ । जापान एयरोस्पेस एक्सप्लोरेसन एजेन्सी (जाक्सा) का अनुसार मानवरहित मार्सियन मुन एक्सप्लोरेसन (एमएमएक्स) यान बोकेको एच–३ रकेट जापानको तानेगासिमा अन्तरिक्ष केन्द्रबाट […] ...

लोकपथ
वर्षको एकदिन खुल्ने तलेजु भवानी मन्दिरमा दर्शनार्थी (फोटोफिचर)
ताजा खबरJust now

वर्षको एकदिन खुल्ने तलेजु भवानी मन्दिरमा दर्शनार्थी (फोटोफिचर)

गोरखापत्र अनलाइनकाठमाडौं, कात्तिक ३ गते । वर्षको एक दिन मात्र खोलिने तलेजु भवानीको मन्दिरमा आज भक्तजनको भिड लागेको छ । हनुमानढोका दरबार क्षेत्रमा रहेको यस मन्दिर एक वर्षमा एक पटक म... ...

गोरखापत्र
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play