Wednesday, November 25, 2026||
MultiKhabarMultiKhabar

च्याम्पियन्स लिगमा रियलको शानदार जित, आर्सनल र म्यानचेस्टर सिटी बराबरीमा रोकिए

Share:WhatsAppFacebookX (Twitter)Telegram
च्याम्पियन्स लिगमा रियलको शानदार जित, आर्सनल र म्यानचेस्टर सिटी बराबरीमा रोकिए
Photo / Coverage: कर्पोरट खबर

काठमाडौं । युईएफए च्याम्पियन्स लिगअन्तर्गत गएराति भएका खेलमा रियल म्याड्रिडले शानदार जित निकालेको छ । आर्सनल र म्यानचेस्टर सिटी भने बराबरीमा रोकिएका छन् भने एस्टन भिल्लाले हार बेहोरेको छ । प्रतियोगिताअन्तर्गत रियल म्याड्रिडले नेदरल्यान्ड्सको पिएसभी आइन्डहोभनलाई ५–१ गोलले पराजित गरेको छ । खेलमा सुरुआती अग्रता पिएसभीले लिए पनि रियलले उत्कृष्ट पुनरागमन गर्दै फराकिलो जित निकालेको हो । पिएसभीका लागि इभान पेरिसिचले पहिलो हाफमा गोल गरेका थिए । तर रियलका फेडेरिको भाल्भेर्देले बराबरी गोल फर्काए । त्यसपछि जुड बेलिङ्घम, किलियन एम्बाप्पेले दुई तथा भिनिसियस जुनियरले एक गोल थप्दै रियलको जित सुनिश्चित गरेका थिए । यस जितसँगै रियल म्याड्रिडले प्रतियोगितामा आफ्नो प्रभावशाली प्रदर्शन कायम राखेको छ । अर्को खेलमा आर्सनल र बोरुसिया डर्टमन्डले १–१ गोलको बराबरी खेलेका छन् । घरेलु मैदानमा भएको खेलमा भिक्टर योकेरेसले आर्सनललाई अग्रता दिलाएका थिए । तर म्याक्सिमिलियन बेयरले डर्टमन्डका लागि बराबरी गोल फर्काएपछि दुवै टोलीले अंक बाँडेका छन् । त्यस्तै म्यानचेस्टर सिटी र नापोलीबीचको खेल २–२ गोलको बराबरीमा सकिएको छ । दुईपटक पछि परेको सिटीले पुनरागमन गर्दै खेल बराबरी गरेको थियो । नापोलीका लागि रासमुस होयलुन्ड र नोआ लाङले गोल गर्दा सिटीका लागि आयुब बुआदी र रयान चेर्कीले गोल गरेका थिए । यता एस्टन भिल्लाले गालातासारेसँग १–० गोलको हार बेहोरेको छ । गालातासारेका लागि निर्णायक गोल गर्दै टोलीले महत्त्वपूर्ण तीन अंक जोडेको हो । मंगलबार राति भएका अन्य खेलमा आरबी लाइपजिगले लेन्सलाई ३–१ गोलले पराजित गरेको छ । पोर्टोले फेयेनोर्डलाई १–० तथा कोमोले एइके एथेन्सलाई १–० गोलले हराएको छ । बोडो/ग्लिम्टले लास्कलाई १–० गोलले पराजित गर्दा रियल बेटिसले स्लोभान ब्रातिस्लाभालाई २–० गोलले हराएको छ । The post च्याम्पियन्स लिगमा रियलको शानदार जित, आर्सनल र म्यानचेस्टर सिटी बराबरीमा रोकिए appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on कर्पोरट खबर

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
६० जना एसपीको सरुवा, काठमाडौं र भक्तपुर परिसर प्रमुख फेरिए [सूचीसहित]
Latest NewsJust now

६० जना एसपीको सरुवा, काठमाडौं र भक्तपुर परिसर प्रमुख फेरिए [सूचीसहित]

काठमाडौं । नेपाल प्रहरी प्रधान कार्यालयले ६० जना प्रहरी उपरीक्षक (एसपी)को सरुवा गरेको छ । प्रहरी महानिरीक्षकको मंसिर ८ गतेको निर्णयअनुसार उनीहरूको सरुवा गरिएको हो । सरुवाअनुसार जिल्ला प्रहरी परिसर काठमाडौंको प्रमुखमा दानबहादुर थापा र भक्तपुर परिसरको प्रमुखमा रुकेश तण्डुकार खटिएका छन् । त्यस्तै, बारामा कुमार विक्रम थापा, मोरङमा दिलीपकुमार गिरी, उदयपुरमा धर्मराज भण्डारी, तनहुँमा नरेशराज सुवेदी, बाँकेमा नवराज मल्ल र ...

केन्द्रबिन्दु
सी जिन्पिङलाई एन्भिडिआमा जेन्सन वाङ पुनरागमनको सन्देश के हो
Latest NewsJust now

सी जिन्पिङलाई एन्भिडिआमा जेन्सन वाङ पुनरागमनको सन्देश के हो

Reuters एन्भिडिआका प्रमुख कार्यकारी अधिकृतमा जेन्सन वाङको पुनर्बहालीले चीनसहित विश्वको ध्यान खिचेको छ। चीनको सबैभन्दा ठूलो सामाजिक सञ्जाल वेबोमा त यो बहस 'टप ट्रेन्डिङ' विषय नै बन्यो।आफूले चीनलाई माया गर्ने बताएका ...

बीबीसी नेपाली
दशौं राष्ट्रिय खेलकुद : आज दोस्रो दिन यी पाँच खेलमा प्रतिस्पर्धा
Latest NewsJust now

दशौं राष्ट्रिय खेलकुद : आज दोस्रो दिन यी पाँच खेलमा प्रतिस्पर्धा

काठमाडौं । दशौं राष्ट्रिय खेलकुदका लागि बुधबार पाँच खेलका लागि प्रतिस्पर्धा हुने भएका छन् । औपचारिक उद्घाटन मंसिर १६ गते हुने भए पनि केही खेल भने मंगलबारदेखि नै सुरु भएका थिए । सोहीअन्तर्गत आज बुधबार पाँच खेलमा प्रतिस्पर्धा हुन लागेको हो । बुधबार प्रतिस्पर्धा हुने खेलहरुमा महिला क्रिकेट, पुरुष फुटबल, महिला बास्केटबल, टेनिस र पौडी […] ...

लोकपथ
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement