Tuesday, November 17, 2026||
MultiKhabarMultiKhabar

चीनसँग व्यापारिक सम्बन्ध थप विस्तार गर्न अस्ट्रेलियाको जोड

Share:WhatsAppFacebookX (Twitter)Telegram
चीनसँग व्यापारिक सम्बन्ध थप विस्तार गर्न अस्ट्रेलियाको जोड
Photo / Coverage: टक्सार

अस्ट्रेलियाका व्यापार तथा पर्यटनमन्त्री डन फरेलले चीनसँगको द्विपक्षीय व्यापार र आर्थिक सम्बन्ध थप विस्तार गर्न सकिने बताएका छन् । चिनियाँ समाचार एजेन्सी सिन्ह्वासँग हालैको अन्तर्वार्तामा मन्त्री फरेलले चीन अस्ट्रेलियाको सबैभन्दा ठूलो व्यापारिक साझेदार रहेको उल्लेख गर्दै दुई देशबीच रचनात्मक र स्थिर सम्बन्ध कायम राख्नुपर्नेमा जोड दिएका हुन् । उनले विश्वव्यापी व्यापारमा बढ्दो अनिश्चितताबीच अस्ट्रेलियाले एशिया प्रशान्त क्षेत्रका साझेदार मुलुकहरूसँग सहकार्य बढाइरहेको बताए । अस्ट्रेलियाले व्यापारिक सम्बन्धलाई थप विस्तार गर्दै उच्चस्तरको व्यापार कायम राख्ने प्रयास गरिरहेको उनको भनाइ छ । फरेलले चीनसँगको व्यापारलाई अझ प्रभावकारी बनाउन सकिने उल्लेख गर्दै दुईतर्फी व्यापार विस्तारका लागि थप सम्भावनाहरू रहेको बताए। उनले अस्ट्रेलिया र चीनबिचको विद्यमान बलियो द्विपक्षीय सम्बन्धलाई थप सुदृढ बनाउनुपर्नेमा पनि जोड दिए । उनकाअनुसार एसिया प्रशान्त क्षेत्रमा स्वतन्त्र व्यापार र आर्थिक सहकार्य विस्तारका लागि दुवै देशबिच थप अवसरहरू छन् । साथै, चीनसँगको व्यापारलाई अझ व्यवस्थित, प्रविधिमैत्री र वातावरणअनुकूल बनाउन सकिने उनले बताए । मन्त्री फरेलले अस्ट्रेलियाले आफ्नो व्यापारिक सम्बन्ध विविधीकरण गर्ने नीति अघि बढाएको पनि जानकारी दिए । यसअन्तर्गत क्षेत्रीय मुलुकहरूका साथै विश्वका अन्य देशहरूसँग पनि व्यापारिक सम्बन्ध विस्तार गर्ने अस्ट्रेलियाको लक्ष्य रहेको उनले स्पष्ट पारे ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on टक्सार

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
इरानले अमेरिकामा ‘डर्टी बम’ हमलाको योजना बनाएको आशङ्का
Latest NewsJust now

इरानले अमेरिकामा ‘डर्टी बम’ हमलाको योजना बनाएको आशङ्का

वासिङ्टन डिसी । इरानले अमेरिकी राजधानी वासिङ्टन डिसीमा राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनका उच्च अधिकारीलाई लक्षित गरी ‘डर्टी बम’ वा रासायनिक हतियार प्रयोग गर्ने सम्भावित योजना बनाएको अमेरिकी गुप्तचर निकायको सङ्केत रहेको... ...

रातोपाटी
राष्ट्रिय कर दिवसमा घोषणा भए उत्कृष्ट २० करदाता, कुन क्षेत्रबाट कसले पाए सम्मान ?
Latest NewsJust now

राष्ट्रिय कर दिवसमा घोषणा भए उत्कृष्ट २० करदाता, कुन क्षेत्रबाट कसले पाए सम्मान ?

काठमाडौं । आन्तरिक राजस्व विभागले राष्ट्रिय कर दिवस २०८३ को अवसरमा यस वर्षका उत्कृष्ट २० करदाताको नाम सार्वजनिक गरेको छ। विभिन्न व्यावसायिक तथा आर्थिक क्षेत्रबाट सबैभन्दा बढी कर दाखिला गर्ने करदाता तथा संस्थाहरूलाई विभागले उत्कृष्ट करदाताका रूपमा घोषणा गरेको हो। विभागले आयोजना गरेको कर दिवस समारोहमा सार्वजनिक विवरणअनुसार निकायमध्ये सबैभन्दा बढी आयकर दाखिला गर्ने कम्पनीमा सूर्य नेपाल परेको छ। व्यक्तिगत आयकरतर्फ ...

केन्द्रबिन्दु
चार महिनामा सरकारले कति खर्च गर्‍यो, कति उठायो राजस्व ?
Latest NewsJust now

चार महिनामा सरकारले कति खर्च गर्‍यो, कति उठायो राजस्व ?

काठमाडौं । चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो चौमासिकमा सरकारको आम्दानी र खर्च लगभग समान देखिएको छ । कात्तिक मसान्तसम्ममा सरकारले वार्षिक आम्दानी लक्ष्यको २३.३९ प्रतिशत प्राप्त गर्दा कुल बजेटको २३.३७ प्रतिशत खर्च गरेको छ । महालेखा नियन्त्रक कार्यालयको तथ्याङ्कअनुसार कात्तिक मसान्तसम्म सरकारले कुल ४ खर्ब ९६ अर्ब ५२ करोड ११ लाख रुपैयाँ खर्च गरेको […] ...

लोकपथ
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play