Thursday, November 5, 2026||
MultiKhabarMultiKhabar

चीनमा बिक्री घटेपछि बीएमडब्लूले कामदार कटौती तीव्र पार्ने

Share:WhatsAppFacebookX (Twitter)Telegram
चीनमा बिक्री घटेपछि बीएमडब्लूले कामदार कटौती तीव्र पार्ने
Photo / Coverage: टेक्नोलोजी खबर

विश्वकै ठूलो सवारीसाधन बजार चीनमा तीव्र प्रतिस्पर्धा र घट्दो मागका कारण तेस्रो त्रैमासिक नाफामा गिरावट आएपछि जर्मन कार निर्माता कम्पनी बीएमडब्लूले योजनाअनुसारको रोजगारी कटौतीलाई थप तीव्र बनाउने जनाएको छ। कम्पनीका प्रमुख कार्यकारी मिलान नेदेल्कोभिकले बुधबार नयाँ योजनाअन्तर्गत कति रोजगारी कटौती गरिने भन्ने यकिन नभए पनि आवश्यकताअनुसार कटौती गर्न तयार रहेको बताए। ‘हामी सम्भव भएसम्म अघि बढ्नेछौं र कम्पनीका लागि उपयुक्त हुने हदसम्म कटौती गर्नेछौं,’ उनले पत्रकार सम्मेलनमा भने। चीनमा बिक्रीमा आएको तीव्र गिरावटले जर्मनीको अटोमोबाइल उद्योगलाई कठिन पुनर्संरचना गर्न बाध्य बनाएको छ। मर्सिडिज–बेन्जले पनि कर्मचारी कटौती कार्यक्रम पुनः सुरु गर्ने भएको छ भने फोक्सवागनले सन् २०३० सम्ममा आफ्ना १० ब्रान्डअन्तर्गत विश्वभर एक लाख २० हजार रोजगारी कटौती गर्ने योजना बनाएको छ। बीएमडब्लूका एक स्रोतले गत जुलाईमा एएफपीलाई बताएअनुसार कम्पनीले त्यसबेला सुरु गरेको कार्यक्रमअन्तर्गत सन् २०२७ को अन्त्यसम्ममा आठ हजार रोजगारी कटौती गर्ने लक्ष्य राखेको थियो। नेदेल्कोभिकका अनुसार कर्मचारी कटौती योजनाप्रति देखिएको उच्च सहभागिताका कारण निर्धारित समयभन्दा अगावै थप कटौती गर्न सकिने अवस्था बनेको छ। ‘हामी यो कार्यक्रम छोटो समयमै पूरा गर्न सक्षम हुनेछौं,’ उनले भने। कार्यक्रमप्रति कर्मचारीबाट देखिएको सकारात्मक प्रतिक्रियाले कम्पनीको संगठनात्मक संरचनालाई अझ छरितो र प्रभावकारी बनाउन सहयोग पुग्ने उनको भनाइ थियो। सेप्टेम्बरमा समाप्त भएको तीन महिनाको अवधिमा बीएमडब्लूको खुद नाफा अघिल्लो वर्षको सोही अवधिको तुलनामा करिब १५ प्रतिशतले घटेर एक अर्ब ४५ करोड युरोमा झरेको छ । यस अवधिमा कम्पनीको बिक्री पनि करिब छ प्रतिशतले घटेर ३० अर्ब ५० करोड युरोमा सीमित भएको छ। यस अवधिमा विश्वभर कम्पनीका सवारीसाधनको आपूर्ति छ दशमलव तीन प्रतिशतले घटेको छ। चीनमा मात्रै सवारीसाधनको आपूर्ति २४ दशमलव आठ प्रतिशतले खस्किएको छ। बीएमडब्लू, मिनी र रोल्स–रोयस ब्रान्ड समेटिएको कम्पनीले चीनको बजार हिस्सा पुनः प्राप्त गर्ने प्रयासस्वरूप त्यहाँ बिक्री गरिने आफ्ना सवारीसाधनको आपूर्ति शृङ्खलाको ठूलो हिस्सा चीनमै स्थानान्तरण गर्ने प्रतिबद्धता जनाएको छ। नेदेल्कोभिकका अनुसार चीनमा सञ्चालन भइरहेको व्यवसायबाट कम्पनीले अन्य देशमा पनि उपयोग गर्न सकिने अनुभव र प्रविधि सिकिरहेको छ। उनले स्थानीय साझेदार मोमेन्टासँगको सहकार्यमा विकसित गरिएको चालक सहायता सफ्टवेयरलाई यसको उदाहरणका रूपमा प्रस्तुत गरे। ‘चीनमा रहेको हाम्रो व्यवसायसँग हाम्रो गहन अनुभव आदानप्रदान हुन्छ। कानुनी रूपमा सम्भव भएसम्म प्रविधि र ज्ञानको हस्तान्तरण दुवैतर्फ हुन्छ,’ उनले भने।–रासस The post चीनमा बिक्री घटेपछि बीएमडब्लूले कामदार कटौती तीव्र पार्ने appeared first on Technology Khabar.

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on टेक्नोलोजी खबर

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
उपराष्ट्रपति यादव र बेलायती राजदूत फेनबीच शिष्टाचार भेटवार्ता
TechnologyJust now

उपराष्ट्रपति यादव र बेलायती राजदूत फेनबीच शिष्टाचार भेटवार्ता

१९ कात्तिक, काठमाडौं। उपराष्ट्रपति रामसहाय प्रसाद यादवसँग नेपालका लागि संयुक्त अधिराज्य (बेलायत) का महामहिम राजदूत रब फेनले शिष्टाचार भेटवार्ता गरेका छन् । बिहीबार लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालयमा भएको भेटका क्रममा शुभकामना आदानप्रदान पश्चात दुई देशबीचको द्विपक्षीय सम्बन्ध, जनस्तरको सम्बन्ध, ब्रिटिश गोर्खा, जलवायु परिवर्तन, सामाजिक तथा आर्थिक विकासका साथै साझा चासोका विविध विषयमा सकारात्मक तथा सौहार्दपूर्ण संवाद […] The post उपराष्ट्रपति यादव र ...

आइसिटी फ्रेम
जर्मनीको बोशले सन् २०२८ को जनवरीमा आफ्नो सेमीकन्डक्टर व्यवसायलाई छुट्ट्याउने
TechnologyJust now

जर्मनीको बोशले सन् २०२८ को जनवरीमा आफ्नो सेमीकन्डक्टर व्यवसायलाई छुट्ट्याउने

जर्मनीको बोशले जनवरी १, २०२८ देखि लागू हुने गरी आफ्नो अर्धचालक सञ्चालनलाई सेमीकन्डक्टर्स नामक नयाँ डिभिजनमा स्थानान्तरण गर्ने योजना बनाएको बताएको छ। यो पुनर्गठन कम्पनीको कर्पोरेट संरचना विकासको एक हिस्सा हो, बोश मोबिलिटीको एक भागको रूपमा, जुन अक्टोबर २०२६ मा घोषणा गरिएको थियो। नयाँ अर्धचालक डिभिजन मोबिलिटी व्यवसाय क्षेत्रमा तोकिनेछ। कम्पनीका अनुसार, बोशले सन् २०३० सम्ममा अर्धचालक बिक्रीमा लगभग ५ अर्ब युरो ...

टेक्नोलोजी खबर
सर्तसहित जेडी डटकमद्वारा सीकोनोमीको अधिग्रहणलाई युरोपेली आयोगको स्वीकृति
TechnologyJust now

सर्तसहित जेडी डटकमद्वारा सीकोनोमीको अधिग्रहणलाई युरोपेली आयोगको स्वीकृति

युरोपेली आयोगले चिनियाँ ई-कमर्स कम्पनी जेडी डटकमद्वारा जर्मन इलेक्ट्रोनिक्स खुद्रा विक्रेता सीकोनोमी (Ceconomy) लाई अधिग्रहण गर्ने प्रस्तावलाई सशर्त स्वीकृति प्रदान गरेको छ। ईयूको ‘विदेशी अनुदान नियमन’ अन्तर्गत दिइएको यो स्वीकृति, मे महिनामा सुरु गरिएको विस्तृत अनुसन्धान र जुलाईमा युरोपेली आयोगद्वारा जारी गरिएको ‘आधारसम्बन्धी वक्तव्य’ पछि आएको हो। जेडी डटकम (JD.com) ले चीनबाट ग्राह्यता प्राप्त फाइनान्सिङ्ग, कर प्रोत्साहन र अनुदान प्राप्त गरेको युरोपेली ...

टेक्नोलोजी खबर
कसैले ह्वाट्सएप, म्यासेन्जर र इन्स्टाग्राममा म्यासेज डिलिट गर्यो ? यसरी हेर्नुहोस्
TechnologyJust now

कसैले ह्वाट्सएप, म्यासेन्जर र इन्स्टाग्राममा म्यासेज डिलिट गर्यो ? यसरी हेर्नुहोस्

काठमाडौं । एक समय थियो, जतिबेला आफूले चाहेर पनि गलत व्यक्तिलाई पठाएको वा गल्तीले पठाएको म्यासेज डिलिट गर्न सकिँदैनथ्यो । तर अहिले धेरैजसो मेसेजिङ एपमा ‘अनसेन्ड’ गर्ने सुविधा उपलब्ध छ । यसका कारण गल्तीले म्यासेज पठाइहाले पनि त्यसलाई हटाउन सकिन्छ ।आफूले पठाएको म्यासेज अनसेन्ड गर्न पाउँदा त ठीकै हुन्छ । तर, कहिले काहीँ कसैले आफूलाई पठाएको म्यासेज अनसेन्ड गर्दा भने ...

आइसिटी समाचार
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play