काठमाडौं । जिल्ला भूमि समस्या समाधान समिति उदयपुरले साविकको साविक गाईघाट र देउरी (हाल त्रीयुगा वडा नं ५) २७ भूमिहिन परिवारलाई जग्गाधनी पुर्जा वितरण गरेको छ । जसमध्ये २२ भूमिहिन दलित र ५ भूमिहिन सुकुम्बासी परिवार रहेका छन् । समितिका अनुसार लालपुर्जा प्राप्त गर्ने यि परिवारहरु करिब २० वर्षदेखि सोहि ठाँउमा बस्दै आएका थिए । भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीको समस्या दीर्घकालीन रूपमा समाधान गर्दै उनीहरूलाई कानुनी रूपमा जग्गाधनी बनाउने सरकारको लक्ष्यअनुसार लालपुर्जा वितरणलाई थप प्रभावकारी रूपमा अघि बढाइएको समितिले जनाएको छ । The post उदयपुरका २२ भूमिहिन दलित र पाँच सुकुम्बासी परिवारले पाए लालपुर्जा appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.
उदयपुरका २२ भूमिहिन दलित र पाँच सुकुम्बासी परिवारले पाए लालपुर्जा

Read Complete Original Article
Published originally on कर्पोरट खबर






