Saturday, October 24, 2026||
MultiKhabarMultiKhabar
Home/Technology/चीनद्वारा नयाँ रिमोट सेन्सिङ स्याटेलाइट प्रक्षेपण

चीनद्वारा नयाँ रिमोट सेन्सिङ स्याटेलाइट प्रक्षेपण

Share:WhatsAppFacebookX (Twitter)Telegram
चीनद्वारा नयाँ रिमोट सेन्सिङ स्याटेलाइट प्रक्षेपण

चीनले शुक्रबार उत्तरी चीनको शान्सी प्रान्तस्थित ताइयुआन स्याटेलाइट प्रक्षेपण केन्द्रबाट नयाँ रिमोट सेन्सिङ स्याटेलाइट सफलतापूर्वक प्रक्षेपण गरेको छ। ‘याओगान–५० ०३’ नामक उक्त स्याटेलाइटलाई परिमार्जित ‘लङ मार्च–६’ रकेटमार्फत अन्तरिक्षमा पठाइएको हो । प्रक्षेपणपछि स्याटेलाइट निर्धारित कक्षमा सफलतापूर्वक प्रवेश गरेको चिनियाँ समाचार एजेन्सी सिन्ह्वाले जनाएको छ। चिनियाँ अधिकारीहरूका अनुसार, उक्त प्रक्षेपण अभियान पूर्ण रूपमा सफल भएको छ। स्याटेलाइटलाई मुख्यतः भू–सर्वेक्षण, बाली उत्पादनको अनुमान तथा विपद् रोकथाम र राहतसम्बन्धी कार्यमा प्रयोग गरिनेछ । रिमोट सेन्सिङ स्याटेलाइटले अन्तरिक्षबाट पृथ्वीको सतहसम्बन्धी तथ्याङ्क सङ्कलन गर्न सक्छन्। यस्ता उपग्रहबाट प्राप्त जानकारी भूमि व्यवस्थापन, कृषि अनुगमन, प्राकृतिक विपद्को आकलन तथा राहत कार्यको योजना बनाउन उपयोगी हुन्छ। यो प्रक्षेपण चीनको ‘लङ मार्च’ रकेट शृङ्खलाको ६७२औँ उडान अभियान हो । रासस/सिन्ह्वा The post चीनद्वारा नयाँ रिमोट सेन्सिङ स्याटेलाइट प्रक्षेपण appeared first on Technology Khabar.

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on टेक्नोलोजी खबर

Visit Publisher Site →

Related News

अमेरिकी विश्वविद्यालयका नेपाली प्राध्यापक चेतराज पाण्डे नासाको परियोजनामा सहभागी
प्रविधिJust now

अमेरिकी विश्वविद्यालयका नेपाली प्राध्यापक चेतराज पाण्डे नासाको परियोजनामा सहभागी

काठमाडौं । अमेरिकाको टेक्सास क्रिस्चियन युनिभर्सिटी (टीसीयू) मा कम्प्युटर विज्ञानका सहायक प्राध्यापकका रूपमा कार्यरत डा. चेतराज पाण्डे अमेरिकी अन्तरिक्ष निकाय नासा (NASA) को ३६ लाख अमेरिकी डलरको अनुसन्धान तथा जनचेतनामूलक परियोजनामा सहभागी भएका छन् ।विश्वविद्यालयले सार्वजनिक गरेको जानकारीअनुसार, डा. पाण्डे उक्त परियोजनामा को–इन्भेस्टिगेटर (CO-I) का रूपमा सहभागी भएका हुन् । ३६ लाख अमेरिकी डलर बजेटको यो परियोजनाको नेतृत्व टीसीयूमा मेटियोरिटिक्स ...

आइसिटी समाचार
ग्रीसमा १५ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जाल प्रयोगमा प्रतिबन्ध
प्रविधिJust now

ग्रीसमा १५ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जाल प्रयोगमा प्रतिबन्ध

काठमाडौं । बालबालिकालाई सामाजिक सञ्जालको सम्भावित नकारात्मक प्रभावबाट जोगाउने उद्देश्यले ग्रीसले १५ वर्षमुनिका बालबालिकाको सामाजिक सञ्जाल प्रयोगमा प्रतिबन्ध लगाउने कानुन पारित गरेको छ । बालबालिका तथा किशोरकिशोरीको अनलाइन गतिविधि नियन्त्रण गर्न कडा नियम लागू गर्ने देशहरूको सूचीमा ग्रीस पनि थपिएको छ ।प्रधानमन्त्री किरियाकोस मित्सोटाकिसको सत्तारुढ कन्जर्भेटिभ पार्टी ‘न्यू डेमोक्रेसी’ले संसदमा आफ्नो बहुमत प्रयोग गर्दै विधेयक पारित गराएको हो । बिहीबारदेखि ...

आइसिटी समाचार
ब्राजिलका टेलिकम कम्पनीहरूले ६ गीगाहर्ज लिलामीमा अनिवार्य डाटा सेन्टर लगानीलाई दिए चुनौती
प्रविधिJust now

ब्राजिलका टेलिकम कम्पनीहरूले ६ गीगाहर्ज लिलामीमा अनिवार्य डाटा सेन्टर लगानीलाई दिए चुनौती

ब्राजिलका टेलिकम कम्पनीहरूले सिक्स गीगाहर्ज लिलामीका बिजेता सहभागी हुन अनिवार्य डाटा सेन्टर लगानी गर्नुपर्ने सरकारी प्रावधानलाई चुनौती दिएका छन्। टेलिफोनिका ब्राजिल (भिभो) र क्लारो ले ब्राजिलको टेलिकम नियामक, एनाटेलको प्रस्तावमा आपत्ति जनाएका छन्। यस प्रस्तावमा आगामी ६ गीगाहर्ज स्पेक्ट्रम लिलामीका विजेताहरूले उत्तर, उत्तरपूर्व र मध्य-पश्चिम क्षेत्रहरूमा डाटा सेन्टर निर्माणको लागि कोष जुटाउनुपर्ने भ्यालोर इकोनोमिकोले रिपोर्ट गरेको छ। सार्वजनिक सुनुवाइमा, अपरेटरहरूले लिलामी दायित्वहरू ...

टेक्नोलोजी खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play