धनगढी । कैलाली प्रहरीले चितुवाको छालासहित दुई जनालाई नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको टोलीले शंका लागेर जाँच गर्ने क्रममा धनगढी उपमहानगरपालिका–४ स्थित नौरङ्गम होटल नजिकबाट उनीहरूलाई नियन्त्रणमा लिएको हो । पक्राउ पर्नेमा बझाङको छबिसपाथिभेरा गाउँपालिका–३ का ३६ वर्षीय अशोक धामी र कैलालीको टीकापुर नगरपालिका–३ की ४७ वर्षीया सीतादेवी चौधरी रहेका छन् । उनीहरू शंकास्पद अवस्थामा हिँडिरहेको देखेपछि प्रहरीले जाँच गरेको थियो । जाँचका क्रममा उनीहरूको साथबाट चितुवाको एउटा छाला बरामद भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । प्रहरीले चितुवाको छालासहित दुवै जनालाई आवश्यक कारबाहीका लागि डिभिजन वन कार्यालय कैलालीमा बुझाएको छ । The post चितुवाको छालासहित दुई जना पक्राउ appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.
चितुवाको छालासहित दुई जना पक्राउ

Read Complete Original Article
Published originally on कर्पोरट खबर





