चितवनमा बोलेरो जिप पल्टिँदा १८ जना घाइते

काठमाडौं । चितवनको राप्ती नगरपालिका–५ चौकीडाँडास्थित भित्री सडकखण्डमा बोलेरो जिप पल्टिँदा १८ जना घाइते भएका छन् । आइतबार दिउँसो कालिटाँरबाट भण्डारातर्फ जाँदै गरेको ग ३ च ५२२५ नम्बरको बोलेरो जिप अनियन्त्रित भई पल्टिएको प्रहरीले जनाएको छ। दुर्घटनालगत्तै इलाका प्रहरी कार्यालय भण्डाराबाट खटिएको टोलीले घाइतेहरूको उद्धार गरी उपचारका लागि अस्पताल पुर्याएको थियो। घाइतेमध्ये सात जनाको भण्डारा अस्पतालमा उपचार भइरहेको छ भने ११ जनालाई थप उपचारका लागि भरतपुरस्थित पुरानो मेडिकल कलेज पठाइएको छ । जिप चालक राप्ती नगरपालिका–१३ निवासी २६ वर्षीय रोशन प्रजा प्रहरी नियन्त्रणमा रहेको र दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । The post चितवनमा बोलेरो जिप पल्टिँदा १८ जना घाइते appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.
Read Complete Original Article
Published originally on कर्पोरट खबर
Related News

देशभर १३ विपद्का घटना, एक जनाको मृत्यु, आठ घाइते
काठमाडौँ। देशभर पछिल्लो २४ घण्टामा विभिन्न प्रकृतिका १३ वटा विपद्का घटना भएका छन् । ती घटनामा परी एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् । विपद्का घटनाबाट करिब रु १३ लाख २० हजार बराबरको आर्थिक क्षति भएको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार कात्तिक ७ गते बिहान १० बजेदेखि कात्तिक ८ गतेसम्म देशका विभिन्न ...

बंगलादेशका विश्वप्रसिद्ध अलराउन्डर शाकिब अल हसन नेपाल आइपुगे
नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो सिजनमा पोखरा एभेन्जर्समा अनुबन्ध भएका बंगलादेशी विश्वप्रसिद्ध क्रिकेटर शाकिब अल हसन नेपाल आइपुगेका छन्। उनी आइतबार काठमाडौं आइपुगेका हुन्। विश्व क्रिकेटका सर्वकालीन उत्कृष्ट अलराउन्डरमध्ये एक मानिने शाकिब अल हसनले अन्तर्राष्ट्रिय क्रिकेटमा लामो समयदेखि उत्कृष्ट प्रदर्शन गर्दै आएका छन्। उनको अनुभव, नेतृत्व क्षमता र खेल जिताउने प्रद... ...

बर्जुमा बोराभित्र पुरुषको शव फेला
• सुनसरी जिल्लाको बर्जु गाउँपालिका–२ भीमपुरस्थित केसेलिया खोलामा एक पुरुषको शव बोराभित्र फेला परेको छ। • मृतक व्यक्ति भारतको बनारसका लालजीप्रसाद गुप्ता हुन्, जो विराटनगरमा बस्दै थिए। • घटनाको अनुसन्धान भइरहेको छ र गुप्ताको मृत्युको कारण र संलग्न व्यक्तिहरूको बारेमा जानकारी संकलन गरिँदैछ। ...

युट्युबमा सर्वाधिक भ्युज पाउने ५ नेपाली गीत
काठमाडौं । नेपाली गीत–सङ्गीतको बजार पछिल्लो समय युट्युब र डिजिटल प्लेटफर्ममा निकै फराकिलो बन्दै गएको छ । युट्युब नेपालमा गीत संगीत हेर्ने, सुन्ने सबैभन्दा मुख्य प्लेटफर्म हो । कुन गीत... ...


