Monday, November 9, 2026||
MultiKhabarMultiKhabar

चितवन राइनोजमाथि काठमाडौँ गोर्खाज १० रनले विजयी

Share:WhatsAppFacebookX (Twitter)Telegram
चितवन राइनोजमाथि काठमाडौँ गोर्खाज १० रनले विजयी
Photo / Coverage: कर्पोरट खबर

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो खेलमा काठमाडौँ गोर्खाजले चितवन राइनोजलाई पराजित गरेको छ । सोमबार सम्पन्न खेलमा काठमाडौँले चितवनलाई १० रनले पराजित गरेको हो । काठमाडौँले दिएको १८१ रनको लक्ष्य पछाएको चितवनले २० ओभरमा ७ विकेट गुमाएर १७० रन बनाएको थियो । काठमाडौँका लागि रवि बोपाराले ५५ रन बनाए भने डान मोउसलीले २९, कामील मिशाराले २८ रन बनाएका थिए । त्यस्तै काठमाडौँका बलर सहान अराचचिगेले २ विकेट लिएका थिए । यसअघि टस हारेर पहिला ब्याटिंग गरेको काठमाडौँले २० ओभरमा ८ विकेट गुमाएर १८० रन बनाएको थियो । काठमाडौँका लागि राशिद खानले ५२ रन बनाए भने सहान अराचचिगेले ३३, विलियन बोसिस्टोले २७ रन बनाएका थिए । त्यस्तै चितवन राइनोजका रिजन ढकालले ३ विकेट लिए भने कमल सिंह ऐरी र सिकन्दर राजाले २-२ विकेट लिएका थिए । यो जितपछि काठमाडौँ गोर्खाजको ५ खेलमा ८ अंक भएको छ र अंक तालिकामा शिर्ष स्थानमा उक्लिएको छ । त्यस्तै चितवन राइनोजको ५ खेलमा ५ अंक रहेको छ । The post चितवन राइनोजमाथि काठमाडौँ गोर्खाज १० रनले विजयी appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on कर्पोरट खबर

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
खुल्यो पोखरा–बागलुङ सडक
Latest NewsJust now

खुल्यो पोखरा–बागलुङ सडक

पोखरा । कास्कीको अन्नपूर्ण गाउँपालिका–१ घट्टेखोलामा सुक्खा पहिरो खस्दा आज दिउँसोदेखि अवरूद्ध बनेको पोखरा–बागलुङ सडक खण्ड साँझदेखि सञ्चालनमा आएको छ । पहिरो पन्छाएपछि यातायात सेवा सञ्चालन भएको वडा प्रहरी कार्यालय, बगरका प्रहरी... ...

रातोपाटी
एनपीएलमा आज : दुई खेलका चार महत्त्वपूर्ण पक्ष
Latest NewsJust now

एनपीएलमा आज : दुई खेलका चार महत्त्वपूर्ण पक्ष

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणअन्तर्गत सोमबार भएका दुई खेलले अंक तालिकाको समीकरणलाई थप रोचक बनाएका छन् । लगातार चार खेलमा पराजित हुँदै दबाबमा रहेको पोखरा एभेन्जर्सले कर्णाली... ...

रातोपाटी
काँकडभिट्टा नाकाबाट ९८ करोडको अलैँची निर्यात
Latest NewsJust now

काँकडभिट्टा नाकाबाट ९८ करोडको अलैँची निर्यात

काठमाडौं। काँकडभिट्टा नाकाबाट गत असोज महिनामा ९८ करोड ८८ लाख ८४ हजार रुपैयाँ बराबरको अलैँची निर्यात भएको छ। मेची भन्सार कार्यालयका सूचना अधिकारी माङ्कल राईका अनुसार सो अवधिमा पाँच लाख ४१ हजार ९४० केजी अलैँची भारततर्फ निर्यात गरिएको हो। अलैँचीका साथै सोही महिनामा अन्य वस्तुहरूको पनि उल्लेख्य निर्यात भएको छ। भन्सार कार्यालयका अनुसार १७ लाख १५ हजार ९३२ केजी चिया ४९ ...

नेपालन्युज
१० बजे १० समाचार : ‘१८ करोड’को अडियोले तरंग, २४सै घण्टा देउसी–भैलो
Latest NewsJust now

१० बजे १० समाचार : ‘१८ करोड’को अडियोले तरंग, २४सै घण्टा देउसी–भैलो

आज २०८३ कात्तिक २३ गते साेमबार। आज दिनभरका मुख्य १० घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘१० बजे १० समाचार’मा प्रस्तुत गरेका छौँ। भारतीय फूलमा कडाइ नेपालीहरूको दोस्रो ठूलो चाड तिहार सुरु भइसकेको... ...

रातोपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play