Friday, November 13, 2026||
MultiKhabarMultiKhabar

चितवन राइनोजको जित, जनकपुर ४ विकेटले पराजित

Share:WhatsAppFacebookX (Twitter)Telegram
चितवन राइनोजको जित, जनकपुर ४ विकेटले पराजित
Photo / Coverage: नेपालन्युज

काठमाडौं: नेपाल प्रिमियर लिग (एनपीएल) मा चितवन राइनोजले जनकपुर बोल्ट्सलाई ४ विकेटले पराजित गरेको छ। शुक्रबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा जनकपुरले दिएको ८९ रनको लक्ष्य चितवनले १७.२ ओभरमा ६ विकेट गुमाएर पूरा गर्यो। चितवनको जितमा डाविड मलानले सर्वाधिक ३५ रन बनाए। त्यस्तै कुशल मल्लले १५, रवि बोपाराले १३ र कामिल मिशाराले १२ रन जोडे। बलिङतर्फ जनकपुरका राहुल यादवले ३, ललित राजवंशीले २ र विशाल सुशलिङले १ विकेट लिए। यसअघि टस हारेर पहिले ब्याटिङ गरेको जनकपुरले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर ८८ रन मात्र बनाउन सक्यो। जनकपुरका लागि कप्तान हरमित सिंहले सर्वाधिक २५ रन बनाए। त्यसैगरी विशाल सुशलिङले १५, सन्तोष कार्कीले १० र राहुल यादवले अविजित १० रन बनाए। चितवनका बलर रञ्जित कुमारले ३ विकेट लिए भने सिकन्दर राजा, कमिल मिशारा र रिजन ढकालले समान २-२ विकेट हात पारे। यस जितसँगै चितवन राइनोज प्ले अफ नजिक पुगेको छ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on नेपालन्युज

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
काठमाण्डुबाट हेटौँडा जाने यात्रुबाहक सवारीसाधन बेलुका ८ बजे फर्पिङ कटिसक्नुपर्ने
Latest NewsJust now

काठमाण्डुबाट हेटौँडा जाने यात्रुबाहक सवारीसाधन बेलुका ८ बजे फर्पिङ कटिसक्नुपर्ने

काठमाण्डु – काठमाण्डु–फर्पिङ–कुलेखानी–हेटौँडा सडक खण्डमा सवारी दुर्घटना बढेसँगै जिल्ला प्रशासन कार्यालय काठमाण्डुले सडकमा रातिको समयमा यात्रुबाहक सवारीसाधन सञ्चालनका लागि नयाँ समय तालिका लागू गरेको छ । काठमाण्डुका प्रमुख जिल्ला अधिकारी (सीडीओ) ईश्वरराज पौडेलका अनुसार काठमाण्डुबाट बल्खु, दक्षिणकाली हुँदै हेटौँडा जाने यात्रुबाहक सार्वजनिक सवारीसाधन बेलुका ८ बजेसम्म प्रहरी चेकपोष्ट फर्पिङ पुगिसकेको हुनुपर्नेछ । उक्त रुटमा चल्ने […] ...

काठमाण्डुपाटी
काठमाडौंबाट हेटौँडा जाने यात्रुवाहक सवारीलाई नयाँ समय तालिका लागू
Latest NewsJust now

काठमाडौंबाट हेटौँडा जाने यात्रुवाहक सवारीलाई नयाँ समय तालिका लागू

काठमाडौं । काठमाडौं–फर्पिङ–कुलेखानी–हेटौँडा सडक खण्डमा सवारी दुर्घटना बढेसँगै जिल्ला प्रशासन कार्यालय काठमाडौंले सो सडकमा रातिको समयमा यात्रुवाहक सवारी साधन सञ्चालनका लागि नयाँ समय तालिका लागू गरेको छ । काठमाडौँका प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलका अनुसार काठमाडौँबाट बल्खु, दक्षिणकाली हुँदै हेटौँडा जाने यात्रुवाहक सार्वजनिक सवारी साधन बेलुका ८ बजेसम्म प्रहरी चेकपोष्ट फर्पिङ पुगिसकेको हुनुपर्नेछ । उक्त रुटमा चल्ने यात्रुवाहक भाडाका एवम् सार्वजनिक सवारी ...

कर्पोरट खबर
कौडा खेलिरहेको अवस्थामा गागलफेदीबाट ३७ जना पक्राउ
Latest NewsJust now

कौडा खेलिरहेको अवस्थामा गागलफेदीबाट ३७ जना पक्राउ

काठमाडौँ। कागेश्वरी मनोहरा नगरपालिका–१ गागलफेदीमा कौडा खेलिरहेको अवस्थामा ३७ जना पक्राउ परेका छन् । गागलफेदीस्थित कुशुम छयाम्बा हाउस र होमस्टेमा जुवातास खेलिरहेको भन्ने सूचनाका आधारमा प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरी टोलीले... ...

रातोपाटी
१३ जनाको शव सुन्दरपुर आइपुग्यो, राति नै सामूहिक अन्त्येष्टि गरिँदै
Latest NewsJust now

१३ जनाको शव सुन्दरपुर आइपुग्यो, राति नै सामूहिक अन्त्येष्टि गरिँदै

जनार्जन खत्रीसुन्दरपुर (सर्लाही), कात्तिक २७ गते । भीमफेदी गाडी दुर्घटनामा ज्यान गुमाएका सर्लाहीको चक्रघट्टा गाउँपालिका–४, सुन्दरपुर गाउँका १३ जनाको शव शुक्रबार राति गाउँ ल्याइएको... ...

गोरखापत्र
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play