Thursday, November 26, 2026||
MultiKhabarMultiKhabar

चार महिनामा साढे ८ लाखभन्दा बढी स्मार्टफोन आयात, २० अर्ब खर्च

Share:WhatsAppFacebookX (Twitter)Telegram
चार महिनामा साढे ८ लाखभन्दा बढी स्मार्टफोन आयात, २० अर्ब खर्च
Photo / Coverage: विश्वखबर

काठमाडौं – नेपालमा चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो चार महिनामा आठ लाख ७१ हजार १३३ थान स्मार्टफोन आयात भएको छ । भन्सार विभागको कात्तिक मसान्तसम्मको वैदेशिक व्यापारसम्बन्धी तथ्याङ्कअनुसार स्मार्टफोन आयातमा २० अर्ब ६८ करोड ३३ लाख ९४ हजार रुपैयाँ बाहिरिएको छ । स्मार्टफोन आयातबाट सरकारले तीन अर्ब ८५ करोड ८२ लाख रुपैयाँ भन्सार तथा अन्य राजस्व संकलन गरेको छ । चार महिनाको अवधिमा भएको कुल स्मार्टफोन आयातमध्ये सबैभन्दा ठूलो हिस्सा चीनको रहेको छ । तथ्याङ्कअनुसार चीनबाट मात्रै सात लाख ५९ हजार ३३६ थान स्मार्टफोन आयात भएको छ । चीनबाट आयात गरिएका स्मार्टफोनको मूल्य १६ अर्ब २४ करोड २५ लाख रुपैयाँभन्दा बढी छ । यसले नेपालको स्मार्टफोन बजारमा चिनियाँ उत्पादनको बलियो उपस्थिति रहेको देखाउँछ । त्यस्तै, भारतबाट एक लाख छ हजार ३९४ थान स्मार्टफोन आयात भएको छ । भारतबाट आयातित स्मार्टफोनको मूल्य तीन अर्ब ९० करोड रुपैयाँभन्दा बढी रहेको विभागको तथ्याङ्कमा उल्लेख छ । चीन र भारतबाट मात्रै आठ लाख ६५ हजार ७३० थान स्मार्टफोन आयात भएको छ । यो कुल स्मार्टफोन आयातको करिब ९९ प्रतिशत हो । बाँकी स्मार्टफोन अमेरिका, जापान, अस्ट्रेलिया, मलेसियालगायतका देशबाट आयात भएको छ । स्मार्टफोनको बढ्दो प्रयोगसँगै नेपालमा यसको आयातमा ठूलो रकम बाहिरिने गरेको छ । मोबाइल तथा डिजिटल प्रविधिमा उपभोक्ताको निर्भरता बढ्दै जाँदा स्मार्टफोन नेपालको वैदेशिक व्यापारको महत्वपूर्ण आयातित वस्तुका रूपमा देखिएको छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on विश्वखबर

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
सुकुमवासीले ७ महिना बित्दासमेत पाएनन् बास, होल्डिङ सेन्टरसमेत छाड्न उर्दी
Latest NewsJust now

सुकुमवासीले ७ महिना बित्दासमेत पाएनन् बास, होल्डिङ सेन्टरसमेत छाड्न उर्दी

थापाथली, मनोहरा, सिनामंगललगायत खोला किनाराका बस्ती हटाइएको ७ महिना बितिसक्दा पनि विस्थापित सुकुमवासी अझै होल्डिङ सेन्टरमा ...

कान्तिपुर
नेपाल–भारत सहमतिले भैरहवा विमानस्थलमा उडान विस्तारको आशा बढायो
Latest NewsJust now

नेपाल–भारत सहमतिले भैरहवा विमानस्थलमा उडान विस्तारको आशा बढायो

रूपन्देही । नेपाल र भारतबिच काठमाडौँ–भैरहवा–लखनउ हवाई मार्गलाई दुईतर्फी सञ्चालन गर्न सहमति भएपछि गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तरराष्ट्रिय उडान विस्तारको सम्भावना बढेको छ । प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणका क्रममा भएको यो... ...

रातोपाटी
पाल्पाको रामपुरमा नेपाल विश्वविद्यालय स्थापनाका लागि सम्भाव्यता अध्ययन
Latest NewsJust now

पाल्पाको रामपुरमा नेपाल विश्वविद्यालय स्थापनाका लागि सम्भाव्यता अध्ययन

रामपुर क्षेत्रका विभिन्न स्थानको अवलोकन गरेको टोलीले रामपुर नगरपालिकामा भएको अन्तरक्रियामा पाल्पा, स्याङ्जा, तनहुँ र नवलपुर क्षेत्रका जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि, शिक्षाविद् तथा विभिन्न क्षेत्रका सरोकारवालाको सहभागिता थियो । ...

कान्तिपुर
यी १४ जनालाई प्रहरी सेवाबाट हटाउने तयारी
Latest NewsJust now

यी १४ जनालाई प्रहरी सेवाबाट हटाउने तयारी

काठमाडौं । एकजना प्राविधिक प्रहरी नायव निरीक्षक (सई), एक जना प्रहरी नायव निरीक्षक (असई)सहित १४ जना प्रहरीलाई एक साताभित्र सम्पर्कमा आउन प्रहरी प्रधान कार्यालयले आग्रह गरेको छ। प्रहरी प्रधान कार्यालयको कानुन शाखाले बिहीबार सूचना जारी गर्दै १४ जना प्रहरी लामो समयदेखि गैरहाजिर रहेका जनाएको छ। उनीहरूलाई सम्पर्कमा आउन प्रहरी प्रधान कार्यालयले सात दिनको समय दिएको हो। लामो सयमदेखि सम्पर्कविहीन हुनेमा एकएक जना ...

केन्द्रबिन्दु
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement