Wednesday, November 25, 2026||
MultiKhabarMultiKhabar

चार महिनामा वैदेशिक व्यापार ३३ प्रतिशतले बढ्यो, व्यापार घाटा करीब ३० प्रतिशतले वृद्धि

Share:WhatsAppFacebookX (Twitter)Telegram
चार महिनामा वैदेशिक व्यापार ३३ प्रतिशतले बढ्यो, व्यापार घाटा करीब ३० प्रतिशतले वृद्धि
Photo / Coverage: पर्दाफास

चालु आर्थिक वर्ष २०८३÷८४ को पहिलो चार महिनामा नेपालको वैदेशिक व्यापार ३३.३३ प्रतिशतले बढेको छ । आयात र निर्यात दुवैमा वृद्धि हुँदा साउनदेखि कात्तिकसम्म कुल वैदेशिक व्यापार ९ खर्ब ३७ अर्ब २४ करोड रुपैयाँ पुगेको हो । गत आर्थिक वर्ष २०८२÷८३ को सोही अवधिमा नेपालको कुल वैदेशिक व्यापार ७ खर्ब २ अर्ब ९४ करोड रुपैयाँ थियो । भन्सार विभागको तथ्याङ्कअनुसार समीक्षा अवधिमा आयात ३१.७७ प्रतिशत र निर्यात ४३.४८ प्रतिशतले बढेको छ । चार महिनामा ८ खर्ब ३ अर्ब ९ करोड रुपैयाँ बराबरको वस्तु आयात भएको छ । गत वर्षको सोही अवधिमा ६ खर्ब ९ अर्ब ४५ करोड रुपैयाँको आयात भएको थियो । यसैगरी, निर्यात १ खर्ब ३४ अर्ब १४ करोड रुपैयाँ पुगेको छ । गत वर्षको पहिलो चार महिनामा ९३ अर्ब ४९ करोड रुपैयाँ बराबरको वस्तु निर्यात भएको थियो । निर्यातको वृद्धिदर आयातको भन्दा ११.७१ प्रतिशत विन्दुले बढी भए पनि व्यापार घाटामा भने कमी आउन सकेको छैन । समीक्षा अवधिमा व्यापार घाटा २९.६५ प्रतिशतले बढेर ६ खर्ब ६८ अर्ब ९५ करोड रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षको सोही अवधिमा यस्तो घाटा ५ खर्ब १५ अर्ब ९५ करोड रुपैयाँ थियो । कुल व्यापारमा निर्यातको हिस्सा बढ्दै गएको तथ्याङ्कले देखाएको छ । गत वर्षको पहिलो चार महिनामा कुल वैदेशिक व्यापारमा निर्यातको हिस्सा १३.३० प्रतिशत रहेकामा चालु आवमा बढेर १४.३१ प्रतिशत पुगेको छ । यसले कुल व्यापारमा निर्यातको योगदान बढेको देखाउँछ । त्यसैगरी, कुल वैदेशिक व्यापारमा आयातको हिस्सा ८६.७० प्रतिशतबाट घटेर ८५.६९ प्रतिशतमा झरेको छ । आयात–निर्यात अनुपात पनि गत वर्षको ६.५२ बाट घटेर ५.९९ मा आएको छ । यसको अर्थ अघिल्लो वर्षको तुलनामा आयातको तुलनामा निर्यातको अनुपातमा सुधार आएको हो । निर्यातमा उच्च वृद्धिदर देखिए पनि आयातको तुलनामा निर्यातको परिमाण निकै कम रहेकाले व्यापार घाटा बढ्ने क्रम रोकिएको छैन । समीक्षा अवधिमा निर्यातको हिस्सा बढ्नु र आयात–निर्यात अनुपात घट्नुले वैदेशिक व्यापारको संरचनामा भने सामान्य सुधार भएको संकेत गरेको छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on पर्दाफास

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
नेपाल–भारत पारवहन तथा यातायात कनेक्टिभिटी सम्झौताको निजी क्षेत्रद्वारा स्वागत
OthersJust now

नेपाल–भारत पारवहन तथा यातायात कनेक्टिभिटी सम्झौताको निजी क्षेत्रद्वारा स्वागत

नेपाल फ्रेट फरवार्डर्स एसोसिएसनले नेपाल र भारतबीच पारवहन तथा यातायात कनेक्टिभिटी विस्तारका विषयमा भएका सहमतिहरूको स्वागत गरेको छ । प्रधानमन्त्री बालेन्द्र शाहको नोभेम्बर २२ र २३ मा सम्पन्न भारतको राजकीय भ्रमणका क्रममा पारवहन, रेलमार्ग, समुद्री बन्दरगाह तथा हवाई कनेक्टिभिटी विस्तारका विषयमा भएका सहमतिले नेपालको वैदेशिक व्यापार र आर्थिक विकासमा नयाँ अवसर सिर्जना गर्ने एसोसिएसनले विश्वास व्यक्त गरेको छ । एसोसिएसनले विशेषगरी भारतको ...

पर्दाफास
सुदूरपश्चिम विश्वविद्यालयका पदाधिकारी हटाउन अध्यादेश ल्याउन लागिएको भन्दै विरोध
OthersJust now

सुदूरपश्चिम विश्वविद्यालयका पदाधिकारी हटाउन अध्यादेश ल्याउन लागिएको भन्दै विरोध

९ मंसिर, काठमाडौं । शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयका पदाधिकारी हटाउने उदेश्यले अध्यादेशमार्फत ऐन संशोधन गर्न लागिएको भनेर विरोध भएको छ । सुदूरपश्चिम प्रदेशका विद्यार्थी संगठनहरूले जिल्ला प्रशासन कार्यालय कैलालीमार्फत सरकारलाई ज्ञापनपत्र बुझाउँदै विश्वविद्यालयको स्वायत्तता, संस्थागत स्थायित्व र शैक्षिक विकासमा प्रतिकूल असर पर्ने कुनै पनि निर्णय नगर्न आग्रह गरेका छन् । अखिल (क्रान्तिकारी) सुदूरपश्चिम… ...

अनलाइन खबर
पहिलो गाँसमै ढुंगा परेको ‘ककाकिकी’ले पायो युनिभर्सल सर्टिफिकेट, प्रिमियरमा जे देखियो
OthersJust now

पहिलो गाँसमै ढुंगा परेको ‘ककाकिकी’ले पायो युनिभर्सल सर्टिफिकेट, प्रिमियरमा जे देखियो

अरू त अरू, हर्क साम्पाङको समेत पारो तताइदिएको थियो फिल्म ‘ककाकिकी’ले । ट्रेलर रिलिजको सिलसिलामा गरिएको नियोजित नाटकले धेरैलाई ‘अप्रिल फुल’ मनाइदियो । त्यही भिडमा थिए हर्क, साम्पाङ पनि । पहिले त उनी कलाकारको बचाउमा उत्रिए । र, कलाकारलाई दिनदहाडै हतकडी लगाएकोमा आपत्ति जनाए । तर, साँझतिर उनले थाहा पाए, यो केवल प्रचार फन्डा थियो… ...

अनलाइन खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement