Wednesday, November 25, 2026||
MultiKhabarMultiKhabar

नेपाल–भारत पारवहन तथा यातायात कनेक्टिभिटी सम्झौताको निजी क्षेत्रद्वारा स्वागत

Share:WhatsAppFacebookX (Twitter)Telegram
नेपाल–भारत पारवहन तथा यातायात कनेक्टिभिटी सम्झौताको निजी क्षेत्रद्वारा स्वागत
Photo / Coverage: पर्दाफास

नेपाल फ्रेट फरवार्डर्स एसोसिएसनले नेपाल र भारतबीच पारवहन तथा यातायात कनेक्टिभिटी विस्तारका विषयमा भएका सहमतिहरूको स्वागत गरेको छ । प्रधानमन्त्री बालेन्द्र शाहको नोभेम्बर २२ र २३ मा सम्पन्न भारतको राजकीय भ्रमणका क्रममा पारवहन, रेलमार्ग, समुद्री बन्दरगाह तथा हवाई कनेक्टिभिटी विस्तारका विषयमा भएका सहमतिले नेपालको वैदेशिक व्यापार र आर्थिक विकासमा नयाँ अवसर सिर्जना गर्ने एसोसिएसनले विश्वास व्यक्त गरेको छ । एसोसिएसनले विशेषगरी भारतको गुजरातस्थित दीनदयाल (कान्डला) बन्दरगाह र आवश्यक पूर्वाधार तयार भएपछि ओडिशास्थित पारादीप बन्दरगाहसमेत प्रयोग गर्न सकिने सहमतिलाई महत्वपूर्ण मानेको छ । यसबाट तेस्रो मुलुकसँगको नेपालको अन्तर्राष्ट्रिय व्यापारका लागि समुद्री बन्दरगाह र पारवहन मार्गको विकल्प विस्तार हुने अपेक्षा गरिएको छ । यी बन्दरगाहको प्रयोगले भविष्यमा ढुवानी समय र लागत घटाउनुका साथै आपूर्ति व्यवस्थापनलाई सहज बनाउन सक्ने एसोसिएसनको भनाइ छ । यसका लागि आवश्यक कार्यविधि निर्माण तथा पारवहन सन्धिको प्रोटोकल संशोधन प्रक्रिया शीघ्र सम्पन्न गर्न पनि उसले आग्रह गरेको छ । त्यस्तै, प्रस्तावित रक्सौल–काठमाडौं विद्युतीय ब्रोडगेज रेलमार्गको अन्तिम स्थान सर्वेक्षण सम्पन्न भएको घोषणा र नेपालको पूर्व–पश्चिम रेलमार्ग विकासमा सहकार्य गर्ने सहमतिलाई पनि एसोसिएसनले स्वागत गरेको छ । रेलमार्गको विकासले ठूलो परिमाणमा मालसामान ढुवानी गर्न सहज बनाउनुका साथै सडक यातायातमाथिको निर्भरता र ढुवानी लागत घटाउन सहयोग पुग्ने उसको विश्वास छ । यसले नेपालको व्यापारिक प्रतिस्पर्धात्मक क्षमता अभिवृद्धि गर्नसमेत योगदान पुर्‍याउने अपेक्षा गरिएको छ । यसैगरी, काठमाडौं–भैरहवा–लखनउ हवाई मार्गलाई दुईतर्फी बनाउने सहमतिले हवाई कनेक्टिभिटी विस्तारमा सहयोग पुग्ने एसोसिएसनले जनाएको छ । यसबाट गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमार्फत अन्तर्राष्ट्रिय हवाई सम्पर्क विस्तार हुनुका साथै भविष्यमा हवाई कार्गो तथा व्यापारिक गतिविधि प्रवर्द्धन गर्न अनुकूल वातावरण बन्ने अपेक्षा गरिएको छ । एसोसिएसनले यी सहमतिहरूको प्रभावकारी कार्यान्वयन भए नेपालको अन्तर्राष्ट्रिय व्यापारमा नयाँ अवसर सिर्जना हुने, लजिस्टिक्स लागत घट्ने, निर्यात प्रवर्द्धन हुने र औद्योगिक उत्पादनको प्रतिस्पर्धात्मक क्षमता बढ्ने जनाएको छ । सहमति कार्यान्वयनका लागि नेपाल सरकार तथा सम्बन्धित निकायले आवश्यक नीतिगत, कानुनी र प्राविधिक प्रक्रिया समयमै अघि बढाउनुपर्नेमा जोड दिँदै एसोसिएसनले पारवहनसम्बन्धी विद्यमान प्रक्रियालाई थप सरल, पारदर्शी र व्यवसायमैत्री बनाउन आग्रह गरेको छ । साथै, कार्यान्वयनका क्रममा निजी क्षेत्र तथा सरोकारवालासँग समन्वय र परामर्श गर्न पनि उसले सरकारको ध्यानाकर्षण गराएको छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on पर्दाफास

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
नसालु पदार्थ खुवाएर बेहोस बनाउँदै लुटपाटमा संलग्न गिरोह प्रहरी फन्दामा
OthersJust now

नसालु पदार्थ खुवाएर बेहोस बनाउँदै लुटपाटमा संलग्न गिरोह प्रहरी फन्दामा

प्रहरीका अनुसार गिरोहले सर्वसाधारणलाई खानेकुरा वा पेय पदार्थमा नसालु पदार्थ मिसाएर खुवाउने, त्यसपछि बेहोस बनाएर उनीहरूले लगाएका सुनका गरगहना तथा साथमा भएका नगद र अन्य सामान लुट्ने गरेको खुलेको छ । ...

अनलाइन खबर
यम बरालको संगीतमा पत्रकार खेम रिसालको ‘भुलेकै जाती’
OthersJust now

यम बरालको संगीतमा पत्रकार खेम रिसालको ‘भुलेकै जाती’

काठमाडौँ । पत्रकार तथा गायक खेम रिसालले एक दशकपछि नयाँ गीत ‘भुलेकै जाती’ लिएर आएका छन् । यम बरालको शब्द तथा संगीत रहेको गीतलाई मदन केसीले एरेन्ज गरेका छन् । प्रेममा बिछोड भएपनि हार मान्नु हुँदैन भन्ने सन्देश दिने गीतको लिरिकल भिडियो सार्वजनिक गरिएको छ । म्युजिक भिडियो भने केही समयपछि बनाउने तयारीमा रहेको गायक… ...

अनलाइन खबर
सुदूरपश्चिम विश्वविद्यालयका पदाधिकारी हटाउन अध्यादेश ल्याउन लागिएको भन्दै विरोध
OthersJust now

सुदूरपश्चिम विश्वविद्यालयका पदाधिकारी हटाउन अध्यादेश ल्याउन लागिएको भन्दै विरोध

९ मंसिर, काठमाडौं । शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयका पदाधिकारी हटाउने उदेश्यले अध्यादेशमार्फत ऐन संशोधन गर्न लागिएको भनेर विरोध भएको छ । सुदूरपश्चिम प्रदेशका विद्यार्थी संगठनहरूले जिल्ला प्रशासन कार्यालय कैलालीमार्फत सरकारलाई ज्ञापनपत्र बुझाउँदै विश्वविद्यालयको स्वायत्तता, संस्थागत स्थायित्व र शैक्षिक विकासमा प्रतिकूल असर पर्ने कुनै पनि निर्णय नगर्न आग्रह गरेका छन् । अखिल (क्रान्तिकारी) सुदूरपश्चिम… ...

अनलाइन खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement