Thursday, November 12, 2026||
MultiKhabarMultiKhabar

चार दशकपछि चोरी गरिएका सन्तानले भेटे आमालाई

Share:WhatsAppFacebookX (Twitter)Telegram
चार दशकपछि चोरी गरिएका सन्तानले भेटे आमालाई
Photo / Coverage: केन्द्रबिन्दु

सान्टियागो । चिलीमा अगस्टो पिनोचेको सैनिक शासनकालमा अस्पतालबाटै आमाबाट छुट्याएर अवैध रूपमा अमेरिकाका परिवारलाई सुम्पिएका दुई दाजुभाइले ४१ वर्षपछि आफ्नी जैविक आमासँग पुनर्मिलन गरेका छन् । लामो समयदेखि सन्तान वियोगको पीडा भोगिरहेकी ६६ वर्षीया टेरेसिटा डे जेसस पादिलाले अन्ततः छोराहरूलाई अँगालो हाल्न पाएकी हुन् । एकचालिस वर्षीय टिम रोलनिक र ३७ वर्षीय ट्राभिस मर्डोक अमेरिकामा हुर्किएका थिए । आफूहरूलाई अर्को परिवारले हुर्काएको जानकारी भए पनि चिलीमा जन्म दिने आमाबाट कसरी छुट्याइएको थियो भन्ने उनीहरूलाई थाहा थिएन । रोलनिकले सन् २०२० मा डीएनए परीक्षणमार्फत आफ्नो वास्तविक परिवार चिलीमा रहेको पत्ता लगाए । त्यसपछि आफन्त र छुट्याइएका परिवारको पुनर्मिलनमा संलग्न संस्थाहरूको सहयोगमा उनले आफ्ना दुई भाइ पनि अमेरिकामै रहेको जानकारी पाए । उनका जुम्ल्याहा भाइ ट्राभिस र क्रिसलाई पनि चार वर्षपछि आमाबाट अलग गरी अमेरिकी दम्पतीको जिम्मा लगाइएको रहेछ । तीनै दाजुभाइबीच सम्पर्क भएपछि घनिष्ठ सम्बन्ध स्थापित भयो । पहिलो सम्पर्क भएको छ वर्षपछि रोलनिक र ट्राभिसले चिली पुगेर आमालाई भेटे । सन् २०१३ को सडक दुर्घटनामा गम्भीर घाइते भएका अर्का भाइ क्रिस भने स्वास्थ्य अवस्थाका कारण यात्रामा सहभागी हुन सकेनन् । चिलीको न्यायिक प्रतिवेदनअनुसार पिनोचेको १७ वर्षे शासनकालमा जबर्जस्ती वा आपराधिक रूपमा बालबालिकालाई अन्य परिवारको जिम्मा लगाइएका करिब २० हजार घटना भएका थिए । नागरिक संस्था ‘नोस बुस्कामोस’ का अनुसार यसबाट प्रभावित परिवारको सङ्ख्या ५० हजारभन्दा बढी हुन सक्छ । गरिब तथा विपन्न महिलाहरू यस्तो अवैध सञ्जालको मुख्य निशानामा पर्ने गरेका थिए । त्यसमा सामाजिक कार्यकर्ता, चिकित्सक, न्यायाधीश र वकिलसमेत संलग्न रहेको संस्थाकी निर्देशक कन्स्टान्जा डेल रियोले बताएका छन् । पिनोचेको शासनकालमा कम्तीमा तीन हजार ९५ जनाको हत्या वा जबर्जस्ती बेपत्ता पारिएको थियो भने दशौँ हजार मानिसलाई राजनीतिक कारणले यातना दिइएको वा जेलमा राखिएको थियो । पादिला बाल्यकालदेखि नै गरिबीसँग सङ्घर्ष गर्दै आएका थिए । गर्भवती भएपछि अस्पतालले आफ्ना सन्तानको राम्रो भविष्य बनाउन सहयोग गर्ने विश्वास गरेका थिए । तर अस्पतालमै उनका सन्तान खोसिएपछि जीवनभर वियोग सहनुपरेको थियो । “धम्की र त्रास देखाएर मेरा सन्तान मबाट खोसिए । त्यसको पीडा मैले जीवनभर भोग्नुपर्‍यो”, उनले भनिन् ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
सडकपेटीबाट नर्सरीको सफलतासम्म हरिशरण
Latest NewsJust now

सडकपेटीबाट नर्सरीको सफलतासम्म हरिशरण

मकवानपुर।सडकको छेउमा एउटा टोकरी। टोकरीमा तरकारीका सानासाना बिरुवा। उमेरले किशोरावस्थामै रहेका हरिशरण गौतम विद्यालयबाट फर्किएपछि त्यही टोकरी बोकेर हेटौंडाको सडकपेटीमा पुग्थे। दिउँसो ४ः०० बजे विद्यालय छुट्थ्यो। त्यसपछि उनको अर्को पाठशाला सुरु हुन्थ्यो–माटो, बिरुवा र ग्राहकको व्यवहार बुझ्ने पाठशाला। त्यो २०४५ सालतिरको कुरा हो। हेटौंडाको राप्ती रोडमा रात्रिकालीन बसहरू चल्थे। सडकमा मानिसको आवतजावत बाक्लिँदै जान्थ्यो। हरिशरण भने द्वारिका र प्रेम श्रेष्ठको घर ...

नेपालन्युज
महत्वपूर्ण खेलमा पोखरालाई युवराजको साथ, लगातार दोस्रो अर्धशतक प्रहार
Latest NewsJust now

महत्वपूर्ण खेलमा पोखरालाई युवराजको साथ, लगातार दोस्रो अर्धशतक प्रहार

पोखरा एभेन्जर्सका युवा ओपनिङ ब्याटर युवराज साम्राले नेपाल प्रिमियर लिग (एनपीएल) सिजन तीनमा आफ्नो उत्कृष्ट लयलाई निरन्तरता दिएका छन् । उनले विराटनगर किंग्सविरुद्ध लगातार दोस्रो अर्धशतक प्रहार गरेका छन् । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी खेलमा युवराजले ३२ बलमा ५ चौका र २ छक्काको मद्दतमा आफ्नो अर्धशतक पूरा गरेका हुन् । युवराजले अघिल्लो खेलमा पनि विस्फोटक शतकीय पारी खेलेका थिए । महत्वपूर्ण ...

फरकधार
युवराज सामरा उत्कृष्ट लयमा, विराटनगरविरुद्ध पनि पूरा गरे अर्धशतक
Latest NewsJust now

युवराज सामरा उत्कृष्ट लयमा, विराटनगरविरुद्ध पनि पूरा गरे अर्धशतक

काठमाडाैं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत कीर्तिपुरमा जारी खेलमा पोखरा एभेन्जर्सका युवा ब्याट्सम्यान युवराज सामराले आफ्नो शानदार लयलाई निरन्तरता दिँदै अर्धशतक प्रहार गरेका छन्। यसअघि कर्णाली याक्सविरुद्ध ऐतिहासिक शतक प्रहार गरेका सामराले विराटनगर किङ्ग्सविरुद्धको खेलमा पनि टोलीको इनिङ्स सम्हाल्दै अर्धशतक पूरा गरेका हुन्। टस जितेर पहिले ब्याटिङ गरिरहेको पोखरा एभेन्जर्सले ९.४ ओभरको समाप्तिमा ३ विकेट गुमाएर ६४ रन बनाएको छ। एकतर्फबाट ...

केन्द्रबिन्दु
भाइटिकामा दुई हजार ५०० यात्रुलाई सशस्त्र प्रहरीको निःशुल्क बस सेवा
Latest NewsJust now

भाइटिकामा दुई हजार ५०० यात्रुलाई सशस्त्र प्रहरीको निःशुल्क बस सेवा

काठमाडौं । सशस्त्र प्रहरीले तिहारको भाइटीकाको दिन हिजो काठमाण्डौ उपत्यकामा निःशुल्क रूपमा सञ्चालन गरेको बस सेवाबाट २ हजार ४८६ जनाले यात्रा गरेका छन् । भाइटीकाका दिन सार्वजनिक यातायात न्यून चल्ने भएकाले यात्रुको आवतजावतमा सुविधा पुर्‍याउने उद्देश्यका साथ सशस्त्र प्रहरीले रिङरोड (चक्रपथ) र भक्तपुर गरी दुई रुटमा निःशुल्क बस सेवा सञ्चालन गरेको थियो । सशस्त्रको बस सेवा हिजो बिहान ८ बजेदेखि बेलुका ...

कर्पोरट खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play