Wednesday, October 28, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/चक्रवाती आँधी ‘अर्नब’ को सम्भावित प्रभावलाई मध्यनजर गर्दै हवाई सुरक्षा सतर्कता जारी

चक्रवाती आँधी ‘अर्नब’ को सम्भावित प्रभावलाई मध्यनजर गर्दै हवाई सुरक्षा सतर्कता जारी

Share:WhatsAppFacebookX (Twitter)Telegram
चक्रवाती आँधी ‘अर्नब’ को सम्भावित प्रभावलाई मध्यनजर गर्दै हवाई सुरक्षा सतर्कता जारी

काठमाडौं । भारतको आन्ध्र प्रदेश तथा विशाखापट्टनम आसपास तटीय क्षेत्रमा प्रवेश गर्ने अनुमान गरिएको शक्तिशाली चक्रवाती आँधी ‘अर्नब’ को सम्भावित प्रभावको क्षति कम गर्न नेपाल नागरिक उड्डयन प्राधिकरण(क्यान)ले हवाई सुरक्षा सतर्कता अपनाउन आग्रह गरेको छ । प्राधिकरणले सन् २०२६ अक्टोबर २८ (२०८३ कात्तिक ११) मा सुरक्षा परिपत्र जारी गर्दै हवाई सेवा प्रदायक, विमानस्थल सञ्चालक, वायुसेवा सञ्चालक तथा सम्बन्धित सरोकारवालालाई आवश्यक सतर्कता अपनाउन परिपत्र गरेको हो । परिपत्रअनुसार उक्त मौसमी प्रणालीका कारण नेपालमा मध्यमदेखि भारी वर्षा, चट्याङसहितको हुरीबतास, तीव्र हावाहुरी तथा हिमाली र उच्च पहाडी क्षेत्रमा हिमपात हुन सक्ने सम्भावना छ । यसको प्रभाव विशेषगरी कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा पर्न सक्ने तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका केही भागमा समेत असर देखिनसक्ने जल तथा मौसम विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । बिहीबार (कात्तिक १२) देखि शनिबार (कात्तिक १४) सम्म भारी वर्षा, तीव्र हावाहुरी र भिजिविलिटी कम हुनसक्ने भएकोले हवाई उडान तथा अवतरण, विमानस्थलको सञ्चालन र धावनमार्गको सतहमा समस्या उत्पन्न हुन सक्ने हुँदा सतर्कता अपनाउन प्राधिकरणले आग्रह गरेको हो । प्राधिकरणले हवाई ट्राफिक व्यवस्थापन गर्ने निकायलाई प्रतिकूल मौसममा उडान व्यवस्थापनको उचित योजना बनाउन, आवश्यकताअनुसार अन्य हवाई सेवा इकाइसँग समन्वय गर्न तथा मौसमका कारण निर्धारित सञ्चालन सीमाभन्दा अवस्था खराब भएमा उडानको मार्ग परिवर्तन, होल्डिङ र अन्य आवश्यक व्यवस्थापन गर्न निर्देशन दिएको छ । त्यस्तै, भारी वर्षा वा प्रतिकूल मौसमका कारण विमानको उडानमा असर पर्न सक्ने भएकाले राडार नियन्त्रकलाई आवश्यक दूरी कायम गर्न भनिएको छ । हावाको गति तथा दिशामा अचानक परिवर्तन हुने अवस्था (विन्ड सियर), तीव्र वायुमण्डलीय अस्थिरता र चट्याङयुक्त हुरीबताससम्बन्धी जानकारी उडान भर्ने तथा अवतरण गर्ने विमानलाई तत्काल उपलब्ध गराउन पनि परिपत्रमा उल्लेख छ । प्राधिकरणले वर्षाका कारण धावनमार्गमा पानी जम्‍ने, सतह चिप्लिने तथा विमानको ब्रेकिङ क्षमतामा असर पर्न सक्ने जोखिमलाई ध्यानमा राख्दै नियमित निरीक्षण गर्न निर्देशन दिएको छ । विमानस्थल सञ्‍चालन, सिभिल इन्जिनियरिङ तथा एयरसाइड विभागबीच निरन्तर समन्वय कायम गर्न, तीव्र हावाले उडाएर ल्याएका वस्तु तथा फोहोर हटाउन र विमानस्थलका बत्ती तथा अन्य अत्यावश्यक प्रणाली नियमित सञ्चालनमा रहेको सुनिश्चित गर्न भनिएको छ । कुनै उपकरण वा प्रणालीको सञ्चालनमा समस्या आएमा तत्काल आवश्यक सूचना जारी गर्नुपर्ने पनि परिपत्रमा उल्लेख छ । वायुसेवा सञ्‍चालक तथा उडान चालक दललाई उडानअघि मौसमको विस्तृत मूल्याङ्कन गर्न, सम्भावित ढिलाइ, होल्डिङ तथा वैकल्पिक विमानस्थलमा अवतरण गर्नुपर्ने अवस्थालाई ध्यानमा राख्न र पर्याप्त इन्धन व्यवस्थापनसहित निर्धारित सुरक्षा प्रक्रियाको पालना गर्न प्राधिकरणले आग्रह गरेको छ । त्यसैगरी, सम्बन्धित सबै निकायलाई हवाई मार्ग सेवा तथा हवाई ट्राफिक व्यवस्थापनका अत्यावश्यक पूर्वाधार, वैकल्पिक विद्युत् आपूर्ति र सञ्चार प्रणाली तयारी अवस्थामा राख्न तथा कुनै गम्भीर जोखिम, अवरोध वा सुरक्षा घटनाबारे निर्धारित माध्यमबाट तत्काल जानकारी गराउन समेत निर्देशन दिइएको छ । The post चक्रवाती आँधी ‘अर्नब’ को सम्भावित प्रभावलाई मध्यनजर गर्दै हवाई सुरक्षा सतर्कता जारी appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on कर्पोरट खबर

Visit Publisher Site →

Related News

एनएमबि बैंक र भिजाबिच ‘भिजा डाइरेक्ट टू एकाउन्ट’ सेवाका लागि सम्झौता
ताजा खबरJust now

एनएमबि बैंक र भिजाबिच ‘भिजा डाइरेक्ट टू एकाउन्ट’ सेवाका लागि सम्झौता

काठमाडौँ। एनएमबि बैंक र भिजाबिच ‘भिजा डाइरेक्ट टू एकाउन्ट’ सेवाका लागि सम्झौता एनएमबि बैंक लिमिटेडले आ नो अन्तर्राष्ट्रिय रकम स्थानान्तरण सेवा विस्तार गर्न भिजासँग ’भिजा डाइरेक्ट टू एकाउन्ट’ सेवाका लागि... ...

रातोपाटी
पोखरा स्कुल बस दुर्घटना: प्राविधिक खराबी र चालकको लापरवाही मुख्य कारण
ताजा खबरJust now

पोखरा स्कुल बस दुर्घटना: प्राविधिक खराबी र चालकको लापरवाही मुख्य कारण

काठमाडौं। पोखराको माझठानामा भएको कालिका बोर्डिङ स्कुलको बस दुर्घटना प्राविधिक खराबी, तीव्र गति र चालकको लापरवाहीका कारण भएको छानबिन समितिले निष्कर्ष निकालेको छ। पोखरा महानगरपालिकाका वरिष्ठ शिक्षा अधिकृत बद्रीनाथ सुवेदीको नेतृत्वमा गठित समितिले नगरप्रमुखलाई बुझाएको प्रतिवेदनमा दुर्घटनाका विविध पक्षको विश्लेषण गरिएको छ। गत असोज २३ गते विद्यार्थी बोकेको ग २ ख १७४७ नम्बरको बस माझठानाबाट कालिकातर्फ जाँदै गर्दा सडकबाट करिब २०० ...

नेपालन्युज
देवानगञ्ज घटनाका पीडित परिवारलाई न्याय दिन राप्रपा सांसद ओलीको माग
ताजा खबरJust now

देवानगञ्ज घटनाका पीडित परिवारलाई न्याय दिन राप्रपा सांसद ओलीको माग

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की सांसद खुश्बु ओलीले सुनसरीको देवानगञ्ज गाउँपालिका–स्थित कप्तानगञ्ज घटनाका पीडित परिवारलाई न्याय दिन सरकारसँग माग गरेकी छन्। कप्तानगञ्ज पुगेर सहिद परिवार र घाइतेहरूसँग भेट गरेपछि... ...

रातोपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play