काठमाडौं । घोराही सिमेन्ट इन्डस्ट्रीले चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासको वित्तीय अवस्था सार्वजनिक गरेको छ ।असोज मसान्तसम्म कम्पनीको नोक्सानी बढ्दै गएको छ । असोज मसान्तसम्म कम्पनीको नोक्सानी बढेर १६ करोड १५ लाख १५ हजार रुपैयाँ पुगेको छ । गत आवको सोही अवधिमा १२ करोड ८० लाख २० हजार रुपैयाँ खुद नोक्सानी रहेको थियो । असार मसान्तसम्म कम्पनीको सञ्चालन आम्दानी ८७ करोड ९० लाख १६ लाख रुपैयाँ रहेको छ । गत आवको तुलनामा सञ्चालन आम्दानी घटेको छ । गत आवमा कम्पनीको सञ्चालन आम्दानी ९० करोड ६० लाख २१ हजार रुपैयाँ रहेको थियो । यस्तै कम्पनीको बिक्री लागत ७३ करोड १३ लाख ५३ हजार रुपैयाँ ऋणात्मक रहेको छ । कम्पनीको कुल मुनाफा २२ करोड ९५ लाख ६९ हजार रुपैयाँबाट घटेर १४ करोड ७६ लाख ६३ हजार रुपैयाँ रहेको छ । कम्पनीको वित्तीय खर्च १७ करोड ६३ लाख ८२ हजार रुपैयाँबाट घटेर १३ करोड ३३ लाख ८६ हजार रुपैयाँ रहेको छ । कम्पनीको चुक्ता पुँजी ५ अर्ब २ करोड ४४ लाख ५४ हजार रुपैयाँ रहेको छ । कम्पनीको प्रतिसेयर आम्दानी ३ रुपैयाँ २१ पैसा ऋणात्मक रहेको छ भने प्रतिसेयर नेटवर्थ १६२ रुपैयाँ ०७५ पैसा छ । The post घोराही सिमेन्टको नोक्सानी बढ्यो, प्रतिसेयर आम्दानी कति ? appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.
घोराही सिमेन्टको नोक्सानी बढ्यो, प्रतिसेयर आम्दानी कति ?

Read Complete Original Article
Published originally on कर्पोरट खबर






