Tuesday, November 3, 2026||
MultiKhabarMultiKhabar

ग्लेन म्याक्सवेलले लिए अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास

Share:WhatsAppFacebookX (Twitter)Telegram
ग्लेन म्याक्सवेलले लिए अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास
Photo / Coverage: केन्द्रबिन्दु

काठमाडौं । अस्ट्रेलियाका अनुभवी अलराउन्डर ग्लेन म्याक्सवेलले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएका छन् । ३८ वर्षीय म्याक्सवेलले प्रथम श्रेणी र लिस्ट ए क्रिकेटबाट समेत बिदा लिने घोषणा गरेका हुन् । यद्यपि, उनी बिग बास लिग (बीबीएल)मा मेलबर्न स्टार्सबाट खेल्नेछन् । क्लबले उनको सम्झौता २०२७–२८ सिजनसम्मका लागि नवीकरण गरेको छ । म्याक्सवेलले गत वर्ष जुनमै एकदिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) क्रिकेटबाट सन्यास लिएका थिए । तर, टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा भने उपलब्ध रहने निर्णय गरेका थिए । उनले सन् २०२६ को टी–२० विश्वकप पनि खेलेका थिए । तर, अस्ट्रेलिया समूह चरणबाटै बाहिरिएको थियो । विश्वकपमा ओमानविरुद्ध गत फेब्रुअरीमा खेलेको खेल नै म्याक्सवेलको देशका लागि अन्तिम अन्तर्राष्ट्रिय खेल बन्यो । उक्त खेलमा उनले बलिङबाट दुई विकेट लिएका थिए भने ब्याटिङ गर्ने अवसर पाएका थिएनन् । ‘टी–२० विश्वकपअघि र पछि हामीबीच धेरै छलफल भएको थियो । अस्ट्रेलियाली टोली व्यवस्थापनबाट कुनै दबाब थिएन । हामीले भविष्यका लागि नयाँ खेलाडीलाई अवसर दिने निर्णय गर्‍यौँ । बंगलादेशमा पनि युवा खेलाडीले अवसर पाए र राम्रो प्रदर्शन गरे,’ म्याक्सवेलले फाइनल वर्ड पोडकास्टमा भने । दुई पटक एकदिवसीय विश्वकप जितेका म्याक्सवेलले सन् २०२१ मा अस्ट्रेलियालाई पहिलो पटक टी–२० विश्वकप च्याम्पियन बनाउने क्रममा विजयी रनसमेत प्रहार गरेका थिए । उनले आफ्नो घरेलु मैदान मेलबर्न क्रिकेट ग्राउन्ड (एमसीजी)मा अस्ट्रेलियाका लागि अन्तिम खेल खेल्ने इच्छा रहेको बताए । ‘एमसीजीमा अन्तिम खेल खेल्दै बिदाइ पाउने सानो आशा थियो । तर, टोलीले लिएको दिशालाई म पूर्ण रूपमा बुझ्छु । सन् २०२८ को ओलम्पिकलाई ध्यानमा राख्दै आगामी १२ देखि २४ महिनामा टोलीमा धेरै परिवर्तन हुनेछन् । युवा खेलाडीलाई अन्तर्राष्ट्रिय दबाबमा खेल्ने अवसर दिन आवश्यक छ,’ उनले भने । म्याक्सवेलले फ्रेन्चाइज क्रिकेटमा भने सक्रियता कायम राखेका छन् । गत सेप्टेम्बरमा पहिलो पटक आयोजना भएको युरोपियन टी–२० प्रिमियर लिगमा उनले बेलफास्ट वुल्भ्सको कप्तानी गर्दै टोलीलाई फाइनलसम्म पुर्‍याएका थिए । त्यसको पाँच दिनपछि उनले भिक्टोरियाबाट दुई खेलको एकदिवसीय प्रतियोगिता खेलेका थिए । भिक्टोरियाका लागि अन्तिम एकदिवसीय खेल खेलेपछि साथी खेलाडीहरूलाई सन्यासको जानकारी गराउँदा भावुक बनेको उनले बताए । ‘राज्यका लागि खेल्दा सधैँ उत्कृष्ट साथीहरू र समर्थन पाएँ । उनीहरूसँग आफ्नो अन्तिम खेलबारे कुरा गर्दा सोचेभन्दा बढी भावुक भएँ । अब बाँकी प्रतियोगिता खेल्न शरीरलाई थप समय दिनुपर्नेछ,’ उनले भने । इंग्ल्यान्डको अस्ट्रेलिया भ्रमणअन्तर्गत मेलबर्नमा टी–२० अन्तर्राष्ट्रिय खेल पनि हुँदैछ । उक्त खेल खेल्न आफूलाई तयार पार्ने विकल्प भए पनि घुँडामा उपचारका लागि इन्जेक्सन लगाएर बीबीएलका लागि फिट हुने तयारीमा रहेको उनले बताए । ‘अन्तर्राष्ट्रिय क्रिकेटको ढोका बन्द भएपछि शरीरको पुनःस्थापनामा ध्यान दिन पाएँ । बीबीएलका लागि बलियो र फिट हुन आठ हप्ताको पुनःस्थापना सुरु गरेको छु । पछिल्लो १५ वर्षदेखि टी–२० क्रिकेट मेरा लागि घरजस्तै बनेको छ,’ म्याक्सवेलले भने । म्याक्सवेलले अस्ट्रेलियाका लागि १३० टी–२० अन्तर्राष्ट्रिय खेल खेल्दै २ हजार ८९७ रन बनाएका छन् । उनले ५१ विकेटसमेत लिएका छन् । उनको स्ट्राइक रेट १५४.४२ रहेको छ । टी–२० अन्तर्राष्ट्रियमा पाँच शतक प्रहार गरेका म्याक्सवेल सर्वाधिक शतक बनाउने खेलाडीको विश्व कीर्तिमानमा भारतका रोहित शर्मासँग संयुक्त रूपमा शीर्ष स्थानमा छन् । उनले अस्ट्रेलियाका लागि सात टेस्ट खेलेका थिए । सन् २०१७ मा अन्तिम टेस्ट खेलेका म्याक्सवेलले कुल ३३९ रन बनाएका छन् । उनको उच्च स्कोर १०४ रन हो, जुन उनले भारतविरुद्ध राँचीमा बनाएका थिए ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
१४ वर्षे अन्तर्राष्ट्रिय करियर टुंग्याउँदै ग्लेन म्याक्सवेलले लिए सन्न्यास
Latest NewsJust now

१४ वर्षे अन्तर्राष्ट्रिय करियर टुंग्याउँदै ग्लेन म्याक्सवेलले लिए सन्न्यास

म्याक्सवेलले ‘द फाइनल वर्ड’ पोडकास्टमा बोल्दै भिक्टोरियाका लागि घरेलु क्रिकेटबाट पनि अलग्गिने बताएका छन् । ...

कान्तिपुर
कांग्रेस रूपान्तरणको अवसर
Latest NewsJust now

कांग्रेस रूपान्तरणको अवसर

नेपाली कांग्रेसको १५ औँ महाधिवेशनले नेतृत्व परिवर्तनको सन्देश मात्र दिएको छैन, पार्टीको राजनीतिक संस्कार बदल्ने ऐतिहासिक जिम्मेवारी पनि नयाँ नेतृत्वलाई सुम्पिएको छ । लामो समयदेखि ग... ...

गोरखापत्र
देशका विभिन्न भागमा आंशिक बदली र हल्का वर्षाको सम्भावना
Latest NewsJust now

देशका विभिन्न भागमा आंशिक बदली र हल्का वर्षाको सम्भावना

काठमाडौँ । देशका हिमाली तथा पहाडी भूभागमा आज आंशिक बदली हुने र केही स्थानमा हल्का वर्षा हुने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । तराईका अधिकांश भूभागमा भने मौसम मुख्यतया सफा रहने अनुमान छ । दिउँसो देशका हिमाली र पहाडी क्षेत्रमा आंशिक बादल लाग्ने र ती क्षेत्रका एकदुई स्थानमा हल्का वर्षा हुन सक्ने सम्भावना रहेको ...

टक्सार
पोखरा–मुग्लिन सडक स्तरोन्नति अन्तिम चरणमा
Latest NewsJust now

पोखरा–मुग्लिन सडक स्तरोन्नति अन्तिम चरणमा

तनहुँ । पृथ्वी राजमार्गअन्तर्गत पोखरा–मुग्लिन सडक स्तरोन्नतिको काम अन्तिम चरणमा पुगेको छ । उक्त सडकको पश्चिम खण्ड (पोखरा–जामुने)को भौतिक प्रगति ८६ प्रतिशत पुगेको आयोजना कार्यालयले जनाएको छ । पूर्वी खण्ड (जामुने–मुग्लिन)को... ...

रातोपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play