काठमाडौँ । जिल्ला प्रहरी कार्यालय गुल्मीमा कार्यरत प्रहरी निरीक्षक पर्वतकुमार केसी क्वार्टर निवासमा मृत फेला परेका छन्। सिनियर अधिकृत निवास क्वार्टरमा बस्दै आएका केसी मंगलबार बिहान अचेत अवस्थामा भेटिएका हुन्। बिहान साढे ९ बजेसम्म पनि नउठेपछि प्रहरीले उनको निवासमा पुगेर हेरेको थियो। ढोका भित्रबाट बन्द रहेको र लामो समयसम्म नखुलेपछि झ्यालबाट प्रवेश गर्दा उनी अचेत अवस्थामा भेटिएका थिए। तत्काल अस्पताल पुर्याइएका केसीलाई चिकित्सकले मृत घोषणा गरेका थिए। सुर्खेतको छिन्चु स्थायी घर भएका केसी पछिल्लो समय नेपालगञ्जमा बस्दै आएका थिए। उनी २०५५ सालमा प्रहरी सहायक निरीक्षक (असई) बाट नेपाल प्रहरी सेवामा प्रवेश गरेका थिए। जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रमुख प्रहरी उपरीक्षक भीमकिरण बोगटीले पोस्टमार्टम रिपोर्टपछि मात्रै मृत्युको कारण खुल्ने बताए।
गुल्मीमा प्रहरी क्वार्टरभित्र मृत भेटिए इन्स्पेक्टर केसी

Read Complete Original Article
Published originally on लुम्बिनी सञ्चार






