Monday, October 19, 2026||
MultiKhabarMultiKhabar
Home/Technology/गुगल डीपमाइन्डका सहसंस्थापक पनि कृत्रिम बुद्धिमताबाट उत्पन्न जोखिमबारे चिन्तित

गुगल डीपमाइन्डका सहसंस्थापक पनि कृत्रिम बुद्धिमताबाट उत्पन्न जोखिमबारे चिन्तित

Share:WhatsAppFacebookX (Twitter)Telegram
गुगल डीपमाइन्डका सहसंस्थापक पनि कृत्रिम बुद्धिमताबाट उत्पन्न जोखिमबारे चिन्तित

डीपमाइन्डका सहसंस्थापक तथा गुगलको मूल कम्पनी अल्फाबेटका प्रमुख वैज्ञानिक डेमिस हसाबिस पनि अत्याधुनिक कृत्रिम बुद्धिमता (एआई) मोडेलबाट उत्पन्न हुन सक्ने साइबर जोखिमबारे चेतावनी दिने विज्ञहरूको समूहमा सामेल भएका छन्। आरटीईले जनाएअनुसार डब्लिनमा आयोजित एआई सम्मेलनमा बोल्दै हसाबिसले एआई एजेन्टहरू नियन्त्रणबाहिर गएर विभिन्न संस्थाका प्रणालीमा ह्याकिङ गरेका पछिल्ला घटनालाई ‘प्रारम्भिक चेतावनी’ का रूपमा व्याख्या गरे। उनका अनुसार अहिलेका प्रणालीले अत्यन्तै ठूलो क्षति पुर्‍याउन सक्ने स्तरको क्षमता हासिल गरिसकेका छैनन्। उद्योग क्षेत्रमा पछिल्लो समय भएका घटनामा ओपनएआईका मोडेलले खुला स्रोतका एआई एप्लिकेसनको समुदाय हगिङ फेसका प्रणाली तथा अस्ट्रेलिया सरकारका विभिन्न वेबसाइटमा ह्याकिङ गरेको घटना समावेश छन्। त्यस्तै, गत साताभित्र एन्थ्रोपिकको एउटा मोडेलले फिलाडेल्फिया प्रहरी विभागमा समाधान हुन नसकेको हत्यासम्बन्धी पूर्णतः बनावटी र बेनामे सूचना पठाएको घटना पनि सार्वजनिक भएको थियो। टेलिकम्स डटकमका अनुसार यी मोडेल थप विकसित हुँदै जाँदा ठूलो एआई ह्याकिङको सामना गर्नुपर्ने अवस्था आउन सक्ने हसाबिसले चेतावनी दिएका छन्। उनले भने, “उद्योगका रूपमा, छुट्टाछुट्टै कम्पनीका रूपमा र सरकारका रूपमा हामीले यी प्रणालीलाई सुरक्षित बनाउन थप काम गरेनौँ भने आगामी वर्ष र त्यसपछिका केही वर्षभित्रै ठूलो एआई ह्याकिङको सामना गर्नुपर्ने हुन सक्छ।” उनले यस्तो जोखिम नियन्त्रण गर्न अन्तर्राष्ट्रिय मापदण्ड बनाउने संस्थाहरू अन्य निकायभन्दा बढी सक्षम हुन सक्ने सुझाव दिए। तर, यसका लागि गरिने हस्तक्षेपले नवप्रवर्तनलाई असर गर्न नहुनेमा पनि उनले जोड दिए। यसबीच, विश्वभर एआई प्रविधिलाई नियन्त्रण गर्ने प्रयास भने विभिन्न तरिकाले भइरहेको छ। ओपनएआई, एन्थ्रोपिक र एनभिडियाजस्ता कम्पनी रहेको अमेरिकामा एआईसम्बन्धी संघीय कानुन छैन। हगिङ फेसमा भएको घटनापछि ओपनएआईका प्रमुख कार्यकारी अधिकृत साम अल्टम्यान र एन्थ्रोपिकका प्रमुख कार्यकारी अधिकृत डारियो अमोडेईले आफ्नै कम्पनीका प्रविधिबाट उत्पन्न जोखिमबारे चेतावनी दिएका थिए। उनीहरूले सार्वजनिक हितप्रतिको जिम्मेवारीबोधका कारण वा आफ्ना कम्पनीको मूल्याङ्कन कायम राख्न अथवा दुवै कारणले यस्तो चेतावनी दिएका हुन सक्छन्। उनीहरूले कम्पनी र सार्वजनिक संस्थाको सुरक्षा सुनिश्चित गर्न सामूहिक प्रयास गर्नुपर्ने बताएका थिए। सेप्टेम्बरको अन्त्यमा यी एआई क्षेत्रका प्रमुख व्यक्तिहरूले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग छोटो छलफल गरेका थिए। त्यसपछि उनीहरूले स्वैच्छिक रूपमा आफैँलाई नियमन गर्ने सम्झौतामा हस्ताक्षर गरे। तर, उक्त सम्झौतालाई कानुनी रूपमा बाध्यकारी बनाउने कुनै व्यवस्था छैन। युरोपेली संघले एआई ऐनमार्फत प्रविधिलाई नियमन गर्ने प्रयास गरिरहेको छ। तर, यसको कार्यान्वयन सहज हुन सकेको छैन। संघले यसका लागि छुट्टै सहायता सेवा स्थापना गर्नुका साथै केही समयसीमा पनि पछाडि सारेको छ। बेलायतमा अघिल्लो कन्जरभेटिभ सरकारका पालामा एआई नियमनमा नेतृत्वदायी भूमिका खेल्ने प्रयास गरिएको थियो। त्यस क्रममा बेलायतले ब्लेच्ली पार्कमा विश्वकै पहिलो एआई सुरक्षा सम्मेलन आयोजना गरेको थियो। यो पहल अहिले पनि जारी छ। त्यसपछिका सम्मेलन गत वर्ष फ्रान्समा र यस वर्ष फेब्रुअरीमा भारतमा आयोजना भएका थिए। बेलायतले एआई सुरक्षाका विषयमा क्यानडासँग पनि नजिकबाट सहकार्य गरिरहेको छ। दुवै देशले सन् २०२४ को मेमा बेलायत–क्यानडा एआई सुरक्षा विज्ञान साझेदारीमा सहमति जनाएका थिए। त्यसपछि सन् २०२५ मा बेलायत–क्यानडा विकास तथा नवप्रवर्तन साझेदारी अघि बढाइएको थियो। यसै साताको सुरुमा दुवै देशले एआई सुरक्षा साझेदारीमार्फत सहकार्यलाई नवीकरण गरेका छन्। यस साझेदारीमा तीनवटा मुख्य क्षेत्र समेटिएका छन्। तीमध्ये एआई सुरक्षासम्बन्धी मापदण्ड, सूचनाको आदानप्रदान गर्ने व्यवस्था तथा अत्याधुनिक एआईको क्षमता, देखा पर्दै गरेका जोखिम र मूल्याङ्कन विधिसम्बन्धी प्राविधिक सहकार्य रहेका छन्। तर, कानुनको सन्दर्भमा बेलायती संसद्को हाउस अफ कमन्स लाइब्रेरीका अनुसार बेलायतमा एआई प्रविधिलाई समेट्ने छुट्टै नियमन वा कानुन छैन। यसको सट्टा एआई प्रयोग हुने क्षेत्रअनुसार विद्यमान कानुनी संरचनामार्फत नियमन गरिन्छ। उदाहरणका लागि, वित्तीय सेवा क्षेत्रसम्बन्धी कानुनले पनि एआईको प्रयोगलाई नियमन गर्छ। अत्याधुनिक एआईबाट बढ्दै गएका साइबर जोखिम नियन्त्रण गर्न विश्वव्यापी समन्वय वा कानुनी व्यवस्था नहुँदासम्म सम्बन्धित सरकार र संस्थाहरूले आफ्नै सुरक्षा प्रणालीलाई सकेसम्म बलियो बनाउनु र जोखिमबाट जोगिने आशा गर्नुबाहेक अर्को विकल्प देखिँदैन। हसाबिसको चेतावनी सही साबित भएमा यी सुरक्षा प्रणालीले आगामी चुनौती सामना गर्न सक्छन् कि सक्दैनन् भन्ने कुरा चाँडै स्पष्ट हुन सक्छ। The post गुगल डीपमाइन्डका सहसंस्थापक पनि कृत्रिम बुद्धिमताबाट उत्पन्न जोखिमबारे चिन्तित appeared first on Technology Khabar.

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on टेक्नोलोजी खबर

Visit Publisher Site →

Related News

चीनमा स्मार्टफोन ढुवानी सन् २०१३ पछिको सबैभन्दा न्यून त्रैमासिक स्तरमा झर्यो
प्रविधिJust now

चीनमा स्मार्टफोन ढुवानी सन् २०१३ पछिको सबैभन्दा न्यून त्रैमासिक स्तरमा झर्यो

सन् २०२६ को तेस्रो त्रैमासिकमा चीनको मुख्य भूमिमा स्मार्टफोन ढुवानी वार्षिक रूपमा १२ प्रतिशतले घटेर ५ करोड ९३ लाख एकाइमा पुगेको छ, जुन २०१३ पछिको सबैभन्दा कम तेस्रो त्रैमासिक कुल प्रतिनिधित्व गर्ने ओमडियाले अनुसन्धान प्रतिवेदनमा भनेको छ। दोस्रो त्रैमासिकमा गिरावट २ प्रतिशतबाट तीव्र भयो, किनकि लगातार उच्च मेमोरी लागत र अधिक सतर्क उपभोक्ता प्रतिस्थापन व्यवहारले मागमा भार पारेको थियो र विक्रेता ...

टेक्नोलोजी खबर
पाकिस्तानको सूचना प्रविधि निर्यात सेप्टेम्बरमा १८ प्रतिशतले वृद्धि
प्रविधिJust now

पाकिस्तानको सूचना प्रविधि निर्यात सेप्टेम्बरमा १८ प्रतिशतले वृद्धि

पाकिस्तानको सूचना प्रविधि (आइटी) तथा प्राविधिक क्षेत्रको निर्यात सन् २०२६ को सेप्टेम्बरमा गत वर्षको सोही अवधिको तुलनामा १८ प्रतिशतले बढेर ४३ करोड ५० लाख अमेरिकी डलर पुगेको छ। यो हालसम्मकै दोस्रो उच्च मासिक निर्यात हो। अर्थमन्त्रीका सल्लाहकार खुर्रम शहजादले शुक्रबार सामाजिक सञ्जाल ‘एक्स’मार्फत सार्वजनिक गरेको विवरणअनुसार, सेप्टेम्बरको निर्यात सन् २०२५ को डिसेम्बरमा कायम भएको ४३ करोड ७० लाख डलरको कीर्तिमानी स्तरभन्दा ...

टेक्नोलोजी खबर
विराटनगर किङ्सको अफिसियल होम पार्टनर बन्यो बागमती प्लास्टिक, सम्झौता पत्रमा हस्ताक्षर
प्रविधिJust now

विराटनगर किङ्सको अफिसियल होम पार्टनर बन्यो बागमती प्लास्टिक, सम्झौता पत्रमा हस्ताक्षर

२ कात्तिक, काठमाडौं। नेपाल प्रिमियर लिग (एनपीएल) मा सहभागी विराटनगर किङ्सले बागमती प्लास्टिकलाई आफ्नो अफिसियल होम पार्टनरका रूपमा आबद्ध गरेको छ । साझेदारीसम्बन्धी विराटनगरमा आइतबार भएको सम्झौतामा बागमती प्लास्टिकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अमित राठी र विराटनगर किङ्सका निर्देशक स्वागत प्याकुरेलले हस्ताक्षर गरेका छन् । सम्झौता हस्ताक्षर समारोहमा विराटनगर किङ्सका मालिक पारस लुनियाले खेलकुदले मानिसलाई […] The post विराटनगर किङ्सको ...

आइसिटी फ्रेम
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play