Saturday, October 24, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/गालको खाडीमा चक्रवात विकसित हुँदै

गालको खाडीमा चक्रवात विकसित हुँदै

Share:WhatsAppFacebookX (Twitter)Telegram
गालको खाडीमा चक्रवात विकसित हुँदै

काठमाडौं । बंगालको खाडीमा विकसित भएको न्यून चापीय क्षेत्र चक्रवातमा परिणत हुन सक्ने र त्यसको प्रभावले नेपालको मौसम प्रभावित हुन सक्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार शनिबार बिहान ५: ४५ बजे पूर्वमध्य तथा दक्षिणपूर्वी बंगालको खाडी आसपास न्यून चापीय क्षेत्र विकसित भएको छ। उक्त प्रणाली बलियो हुँदै कात्तिक ९ गते सोमबारसम्म चक्रवातमा परिणत हुने सम्भावना छ । चक्रवात पश्चिम–उत्तरपश्चिम दिशातर्फ अघि बढ्दै भारतको उत्तरी आन्ध्र प्रदेश तथा दक्षिणी ओडिशाको तटीय क्षेत्रबाट जमिनमा प्रवेश गर्न सक्ने अनुमान गरिएको छ । यस मौसम प्रणालीका कारण कात्तिक ११ गते बुधबारदेखि कात्तिक १५ गते आइतबारसम्म नेपालको मौसम प्रभावित हुन सक्ने महाशाखाले जनाएको छ । यद्यपि, नेपालमा हुन सक्ने वर्षाको मात्रा, जोखिमको स्तर र सम्भावित असरबारे अहिले नै यकिन गर्न नसकिने महाशाखाको भनाइ छ । सम्भावित प्रतिकूल मौसमका कारण कृषि तथा पर्यटन क्षेत्रमा असर पर्न सक्ने भएकाले सम्बन्धित सबैलाई सतर्क रहन महाशाखाले आग्रह गरेको छ । महाशाखाले मौसम प्रणालीको निरन्तर अनुगमन गरिरहेको जनाउँदै आवश्यकताअनुसार थप सूचना जारी गर्ने जनाएको छ । साथै, महाशाखाले मौसमसम्बन्धी आधिकारिक जानकारीका लागि नियमित रूपमा अद्यावधिक सूचना हेर्न पनि अनुरोध गरेको छ । The post गालको खाडीमा चक्रवात विकसित हुँदै appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on कर्पोरट खबर

Visit Publisher Site →

Related News

जलवायु न्यायलाई प्राथमिकता दिन पूर्वराष्ट्रपति भण्डारीको आग्रह
ताजा खबरJust now

जलवायु न्यायलाई प्राथमिकता दिन पूर्वराष्ट्रपति भण्डारीको आग्रह

काठमाडौँ, कात्तिक ७ गते । पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको हालैका अकल्पनीय प्राकृतिक विपद्का घटनाले नेपालमा जलवायुको असरको अवस्थालाई पुनः उजागर गरेकाले नेपालको जलवायु... ...

गोरखापत्र
एएफसीका अध्यक्ष खलिफाको समर्थनले इन्फान्टिनोको फिफा अध्यक्षमा निर्वाचित हुने सम्भावना बढ्यो
ताजा खबरJust now

एएफसीका अध्यक्ष खलिफाको समर्थनले इन्फान्टिनोको फिफा अध्यक्षमा निर्वाचित हुने सम्भावना बढ्यो

काठमाडौं । फिफा अध्यक्ष जियानी इन्फान्टिनो चौथो कार्यकालका लागि पुनः निर्वाचित हुने सम्भावना बलियो बनेको छ। एसियाली फुटबल महासंघ एएफसीका अध्यक्ष शेख सलमान बिन इब्राहिम अल खलिफाले उनको उम्मेदवारीलाई समर्थन गरेपछि इन्फान्टिनोको पक्षमा समर्थन बढेको हो। शुक्रबार जापानको टोकियोमा आयोजित एएफसीको विशेष कंग्रेसमा शेख सलमानले एसियाली फुटबल इन्फान्टिनोको पक्षमा एकजुट रहेको बताएका थिए। यसअघि फिफाको व्यावसायिक अधिकारमा निजी लगानी भित्र्याउने प्रस्तावको विषयमा ...

केन्द्रबिन्दु
इन्फान्टिनो फिफा अध्यक्षमा चौथो कार्यकालका लागि पुनः निर्वाचित हुने सम्भावना
ताजा खबरJust now

इन्फान्टिनो फिफा अध्यक्षमा चौथो कार्यकालका लागि पुनः निर्वाचित हुने सम्भावना

एएफसी अध्यक्ष शेख सलमानको समर्थनपछि एसियाली फुटबल इन्फान्टिनोको पक्षमा उभिएको छ, जसले आगामी मार्चको निर्वाचनमा उनको स्थिति मजबुत बनाएको छ। ...

कान्तिपुर
कर्णालीबाट पहिलो पटक विद्यावारिधि गर्ने पत्रकार डा.एलपी देवकोटा सम्मानित
ताजा खबरJust now

कर्णालीबाट पहिलो पटक विद्यावारिधि गर्ने पत्रकार डा.एलपी देवकोटा सम्मानित

• डा. लक्ष्मीप्रसाद देवकोटा (एलपी देवकोटा) लाई खस साहित्य समाज जुम्लाले सम्मानित गरेको छ, उनले पत्रकारिता विषयमा पीएचडी हासिल गरेका छन्। • सम्मान समारोहमा उनलाई दोसल्ला ओढाएर र सम्मान पत्र प्रदान गरेर सम्मान गरिएको हो। • डा. देवकोटाको यो उपलब्धिले कर्णाली क्षेत्रको सञ्चार जगत् र बौद्धिक समुदायमा उत्साह थपेको छ। ...

नेपालबहस
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play