Monday, October 26, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/गायन मेरा लागि भावना व्यक्त गर्ने सुन्दर माध्यम हो : प्रकाशजंग कार्की, गायक

गायन मेरा लागि भावना व्यक्त गर्ने सुन्दर माध्यम हो : प्रकाशजंग कार्की, गायक

Share:WhatsAppFacebookX (Twitter)Telegram
गायन मेरा लागि भावना व्यक्त गर्ने सुन्दर माध्यम हो : प्रकाशजंग कार्की, गायक

नेपाली आधुनिक संगीतमा सक्रिय गायक तथा संगीतकर्मी प्रकाशजंग कार्की यतिबेला आफ्ना नयाँ सांगीतिक सिर्जनालाई श्रोता-दर्शकमाझ ल्याउने तयारीमा छन् । उदयपुरलाई स्थायी घर बनाएर काठमाडौंलाई कर्मथलो बनाउँदै आउनुभएका कार्की सानैदेखि कलाक्षेत्रमा रुचि राख्नुहुन्थ्यो । अभिनय र गायनप्रतिको आकर्षणले उहाँलाई सांगीतिक यात्रामा अघि बढायो । ‘जाऊँ जहाँ मन लाग्छ’, ‘तिम्रो स्पर्शले’ र ‘हेर्दा तिमी नै मस्त’ जस्ता गीतमार्फत श्रोता-दर्शकमाझ परिचित हुँदै आउनुभएका उहाँ गायनसँगै मोडलिङ र अभिनयमा पनि सक्रिय हुनुहुन्छ । गीतसंगीतलाई भावना व्यक्त गर्ने सुन्दर माध्यमका रूपमा लिने कार्की आफ्ना सिर्जनामार्फत दर्शक-श्रोताको मन जित्ने प्रयासमा निरन्तर रहनुभएका गायक प्रकाशजंग कार्कीसँग हिमालय टाइम्सका लागि गीता अधिकारीले गर्नुभएको संवादको संक्षिप्त अशं :- यतिबेला के गर्दै हुनुहुन्छ ?यतिबेला दशैँको माहौल छ । त्यसैले घरपरिवारसँग समय बिताइरहेको छु । व्यस्त दैनिकीका कारण परिवारसँग पर्याप्त समय बिताउन सधैं सम्भव हुँदैन । यस्तो चाडपर्वले परिवारसँग नजिक भएर बस्ने, रमाइलो गर्ने र आत्मीयता साटासाट गर्ने अवसर दिन्छ । त्यसैले अहिले परिवारसँगै बसेर समय बिताइरहेको छु । सांगीतिक गतिविधि पनि आफ्नै गतिमा अघि बढिरहेको छ । गीतसंगीतको काम के भइरहेको छ ?सांगीतिक काम निरन्तर चलिरहन्छ । अहिले पनि मेरा केही नयाँ गीतहरूको काम भइरहेको छ । ती गीतलाई सकेसम्म राम्रो बनाएर श्रोता-दर्शकमाझ ल्याउने तयारीमा छु । गीत तयार पार्नुभनेको गाएरमात्र पुग्ने कुरा होइन, त्यसमा धेरै पक्ष जोडिएका हुन्छन् । गीतको भाव, प्रस्तुति र समग्र गुणस्तरलाई ध्यान दिनुपर्ने हुन्छ । त्यसैले नयाँ सिर्जनालाई अन्तिम रूप दिने काम भइरहेको छ । आशा छ, चाँडै नै ती गीतहरू बजारमा आउनेछन् र श्रोता-दर्शकले मन पराउनुहुनेछ । म सानैदेखि कलाक्षेत्रमा अलिक सक्रिय थिए । अभिनय गर्न र गीत गाउन मन पर्थ्यो । बाल्यकालदेखि नै कलाप्रति रुचि भएकाले यस क्षेत्रमा मेरो आकर्षण स्वाभाविक रूपमा बढ्दै गयो । आफूभित्र रहेको प्रतिभालाई प्रस्तुत गर्न पाउँदा छुट्टै आनन्द महसुस हुन्थ्यो । विशेषगरी गाउने क्षमताले मलाई गायनतर्फ आकर्षित गर्‍यो । तपाईंलाई नेपाली गीतसंगीतको क्षेत्रमा लाग्न प्रेरित गर्ने कुरा के थियो ? यो यात्राको सुरुवात कसरी भयो ?म सानैदेखि कला क्षेत्रमा अलिक सक्रिय थिए । अभिनय गर्न र गीत गाउन मन पर्थ्यो । बाल्यकालदेखि नै कलाप्रति रुचि भएकाले यस क्षेत्रमा मेरो आकर्षण स्वाभाविक रूपमा बढ्दै गयो । आफूभित्र रहेको प्रतिभालाई प्रस्तुत गर्न पाउँदा छुट्टै आनन्द महसुस हुन्थ्यो । विशेषगरी गाउने क्षमताले मलाई गायनतर्फ आकर्षित गर्‍यो । मेरो विचारमा गायन भनेको केवल गीत गाउनुमात्र होइन, आफ्ना भावना व्यक्त गर्ने एउटा सुन्दर माध्यम हो । कहिलेकाहीँ आफूले शब्दमा व्यक्त गर्न नसकेका भावनासमेत गीतमार्फत व्यक्त गर्न सकिन्छ । संगीतले मानिसको मन छुन्छ र भावनासँग जोडिन्छ । यही पक्षले मलाई गायनप्रति अझ आकर्षित बनायो । त्यसैले आफ्नो रुचि र क्षमतालाई अगाडि बढाउँदै म यो क्षेत्रमा लागेँ । अभिनय र गायन दुवैमा रुचि हुँदाहुँदै तपाईंले गायनलाई आफ्नो सांगीतिक यात्राको मुख्य माध्यम बनाउनुभयो । गायनमा विशेष आकर्षण के पाउनुभयो ?अभिनय र गायन दुवै कलाक्षेत्रका महत्त्वपूर्ण विधा हुन् । दुवैमा सिर्जनात्मकता, मिहिनेत र अभिव्यक्तिको आवश्यकता पर्छ । मलाई अभिनयमा पनि रुचि छ र त्यसमा पनि काम गरिरहेको छु । तर, गायनमा आफ्ना भावना, अनुभूति र विचारलाई स्वरमार्फत प्रस्तुत गर्न पाइन्छ । गीतले गायकको भावनालाई मात्र होइन, सुन्ने व्यक्तिको अनुभूतिलाई पनि प्रतिनिधित्व गर्नसक्छ । गायन एउटा सम्मानित क्षेत्र हो भन्ने मेरो बुझाइ छ । यसमा निरन्तर मिहिनेत गरेर आफ्नो पहिचान बनाउन सकिन्छ । श्रोताको मनमा बस्नसक्ने सिर्जना गर्न पाउनु कलाकारका लागि ठूलो कुरा हो । यही सम्भावना र आत्मसन्तुष्टिले मलाई गायन क्षेत्रमा निरन्तर लागिरहन प्रेरित गरिरहेको छ । तपाईंको पहिलो गीत कुन हो ? पहिलो गीत सार्वजनिक हुँदाको अनुभव कस्तो रह्यो ?मेरो पहिलो गीत ‘जाऊँ जहाँ मन लाग्छ’ हो । यही गीतबाट मेरो सांगीतिक यात्राले श्रोता-दर्शकमाझ पुग्ने अवसर पाएको हो । कुनै पनि कलाकारका लागि पहिलो सिर्जना विशेष हुन्छ, किनकि त्यसले आफ्नो रुचि र मिहिनेतलाई सार्वजनिक रूपमा प्रस्तुत गर्ने अवसर दिन्छ । पहिलो गीतमार्फत आफ्नो सांगीतिक यात्रा अघि बढाउनु मेरो लागि महत्त्वपूर्ण सुरुवात थियो । त्यसपछि गीतसंगीतमा अझै सक्रिय भएर काम गर्ने प्रेरणा मिल्दै गयो । कलाकारका रूपमा निरन्तर सिक्दै, आफ्नो क्षमता विकास गर्दै र नयाँ सिर्जनासहित अगाडि बढ्नु नै मेरो प्राथमिकता हो । अहिलेसम्म तपाईंका कति गीत श्रोता-दर्शकमाझ आइसकेका छन् ? केही गीतहरूको नाम लिनुपर्दा ।अहिलेसम्म आधा दर्जनभन्दा बढी गीत श्रोता-दर्शकमाझ आइसकेका छन् । केही गीतको नाम लिनुपर्दा ‘जाऊँ जहाँ मन लाग्छ’, ‘तिम्रो स्पर्शले’ र ‘हेर्दा तिमी नै मस्त’लगायत छन् । हरेक गीतको आफ्नै विशेषता र भाव हुन्छ । कलाकारका रूपमा आफूले गरेका सिर्जनालाई श्रोता–दर्शकमाझ पुर्‍याउन पाउनु खुशीको कुरा हो । गीत सार्वजनिक भएपछि त्यसलाई सुन्ने, हेर्ने र प्रतिक्रिया दिने श्रोता-दर्शकबाट थप ऊर्जा मिल्छ । आगामी दिनमा फरक सिर्जनासहित दर्शक-श्रोतामाझ आउने प्रयास जारी रहनेछ । आफ्ना गीतहरूमध्ये तपाईंलाई व्यक्तिगत रूपमा सबैभन्दा नजिक लाग्ने वा विशेष लाग्ने गीत कुन हो ?गायकका लागि आफ्ना सिर्जना विशेष हुन्छन् । हरेक गीतसँग कुनै न कुनै भावना, अनुभव र मिहिनेत जोडिएको हुन्छ । त्यसैले एउटा गीतलाई मात्र विशेष भन्नुभन्दा सबै सिर्जनालाई आफ्नै ठाउँमा महत्त्वका साथ हेर्छु । हरेक गीतले मलाई केही न केही सिकाएको हुन्छ र आगामी कामका लागि प्रेरणा दिएको हुन्छ । गीत सार्वजनिक भएपछि श्रोता-दर्शकले त्यसलाई कसरी लिनुहुन्छ भन्ने कुरा महत्त्वपूर्ण हुन्छ । आफूले सिर्जना गरेको गीत अरू कसैको भावना वा अनुभवसँग जोडिनसक्यो भने कलाकारका लागि त्यो ठूलो उपलब्धि हो । नेपाली आधुनिक संगीतको क्षेत्रमा आफ्नो पहिचान बनाउँदै गर्दा कस्ता चुनौतीहरू महसुस गर्नुभएको छ ?संगीत क्षेत्रमा निरन्तर सक्रिय रहन मिहिनेत, धैर्य र लगनशीलता आवश्यक हुन्छ । गीत गाउनु एउटा पक्ष हो, तर आफ्नो सिर्जनालाई श्रोता-दर्शकमाझ पुर्‍याउनु र उनीहरूको मनमा बस्नसक्ने वातावरण बनाउनु पनि महत्त्वपूर्ण हुन्छ भन्ने लाग्छ । कलाकारले निरन्तर नयाँ कुरा सिक्नुपर्छ र आफ्नो कामलाई अझ राम्रो बनाउने प्रयास गर्नुपर्छ । म पनि यही सोचका साथ अगाडि बढिरहेको छु । आफ्ना कमजोरीलाई सुधार्दै र नयाँ सिर्जनामा ध्यान दिँदै अघि बढ्नु आवश्यक छ । श्रोता-दर्शकको माया र सुझावले कलाकारलाई अझ जिम्मेवार बनाउँछ । त्यसैले निरन्तर अभ्यास र सिर्जनालाई नै मैले महत्त्वपूर्ण मानेको छु । गीतसंगीतबाहेक तपाईंका अन्य रुचि के-के छन् ?मलाई नयाँ ठाउँहरू घुम्न मनपर्छ । नयाँ ठाउँमा पुग्दा त्यहाँको वातावरण, परिवेश र अनुभवलाई नजिकबाट बुझ्ने अवसर मिल्छ । त्यसैगरी अभ्यास गरिरहन र केही कुराहरू लेख्न मनपर्छ । आफूलाई सिर्जनात्मक रूपमा सक्रिय राख्न यस्ता गतिविधिले सहयोग गर्छन् भन्ने लाग्छ । गीतसंगीतबाहेक म मोडलिङ र अभिनयमा सक्रिय छु । सानैदेखि अभिनयप्रति रुचि भएकाले यस क्षेत्रमा पनि आफ्नो रुचिलाई निरन्तरता दिइरहेको छु । कलाक्षेत्रका यी विभिन्न विधिले अभिव्यक्तिका फरक-फरक अवसर प्रदान गर्छन् । त्यसैले आफ्नो रुचि र क्षमतानुसार यी क्षेत्रमा काम गर्ने प्रयास गरिरहेको छु । तपाईंलाई अभिनय र मोडलिङमा पनि रुचि रहेछ । यी विधि र गायनबीच कस्तो सम्बन्ध देख्नुहुन्छ ?मेरो विचारमा गायन, अभिनय र मोडलिङ सबै अभिव्यक्तिसँग सम्बन्धित विधा हुन् । गायनमा स्वरमार्फत भावना प्रस्तुत गरिन्छ भने अभिनयमा पात्र र परिस्थितिमार्फत भाव व्यक्त गरिन्छ । मोडलिङमा पनि आफ्नो प्रस्तुति र व्यक्तित्त्व महत्त्वपूर्ण हुन्छ । यी विधिमा काम गर्दा एउटा कलाकारका रूपमा आफूलाई अझ राम्रोसँग प्रस्तुत गर्ने अवसर मिल्छ । विशेषगरी संगीतसँग सम्बन्धित दृश्यात्मक प्रस्तुतिमा अभिनय र मोडलिङको ज्ञान उपयोगी हुनसक्छ । त्यसैले यी क्षेत्रलाई अलग-अलगमात्र नभई एकअर्कालाई सहयोग पुर्‍याउनसक्ने विधिका रूपमा हेर्छु । यदि तपाईं गीतसंगीतको क्षेत्रमा नआउनुभएको भए अहिले के गरिरहनुभएको हुन्थ्यो होला ?यो प्रश्नको ठ्याक्कै उत्तर दिन त सक्दिनँ । तर, सायद यो क्षेत्रमा नआएको भए धेरै नेपालीहरूजस्तै म पनि विदेशमा हुन्थेँ होला भन्ने लाग्छ । जीवनमा मानिसले विभिन्न सम्भावना र अवसरको सामना गर्नुपर्छ । म भने आफ्नो रुचिको क्षेत्रमा लाग्न पाएको छु, त्यसैले यसलाई निरन्तरता दिन पाउनु मेरो लागि महत्त्वपूर्ण कुरा हो । आफूलाई मन पर्ने काम गर्न पाउनु र त्यसबाट आफ्नो पहिचान बनाउने प्रयास गर्न पाउनु राम्रो अवसर हो । त्यसैले म सांगीतिक क्षेत्रमा लागिरहेको यात्राप्रति सकारात्मक छु र आगामी दिनमा पनि यसलाई निरन्तरता दिन चाहन्छु । नेपाली संगीत क्षेत्रमा सहकार्यको पनि ठूलो महत्त्व छ । तपाईंले अहिलेसम्म वा अहिले कस-कससँग सहकार्य गरिरहनुभएको छ ? आगामी दिनमा कससँग काम गर्ने इच्छा छ ?सांगीतिक क्षेत्रमा धेरै जनासँग सहकार्य गर्ने इच्छा छ । काम गर्दै जाँदा विभिन्न कलाकार, संगीतकर्मी र सिर्जनात्मक व्यक्तित्वसँग जोडिने अवसर मिल्छ । सहकार्यले नयाँ अनुभव लिन र फरक शैलीमा काम गर्न सहयोग गर्छ । अहिले म तारावीर पाण्डे, शंकर थापा इस्माइल र राजनराज शिवाकोटीलगायत गायक संगीतकर्मीसँग सहकार्य गरिरहेको छु । आगामी दिनमा धेरै जनासँग काम गर्ने इच्छा छ । संगीतमा नयाँ सम्भावना खोज्दै, फरक सिर्जनात्मक अनुभव लिँदै अगाडि बढ्न चाहन्छु । नयाँ पुस्ताका कलाकारका लागि सहकार्य र सिकाइ कत्तिको महत्त्वपूर्ण हुन्छ जस्तो लाग्छ ?कलाकारका लागि सिकाइ कहिल्यै समाप्त हुँदैन । आफूले जानेको कुरालाई अझ राम्रो बनाउने र अरूबाट नयाँ कुरा सिक्ने अवसर सधैं रहन्छ । सहकार्य गर्दा फरक सोच, शैली र अनुभव भएका व्यक्तिसँग काम गर्न पाइन्छ । यसले आफ्नो दृष्टिकोण फराकिलो बनाउन मद्दत गर्छ । मलाई लाग्छ, कलाकारले आफ्नो कामप्रति इमानदार भएर निरन्तर अभ्यास गर्नुपर्छ । आफ्नो कमजोरी स्वीकार गर्न र त्यसलाई सुधार्न तयार हुनुपर्छ । अरूको अनुभवबाट सिक्दै आफ्नै पहिचान बनाउन सक्नु महत्त्वपूर्ण हुन्छ । नयाँ पुस्ताका कलाकारले धैर्य र लगनशीलताका साथ अघि बढ्नुपर्छ भन्ने मेरो सोच हो । अहिले तपाईंका नयाँ गीतहरू आउने तयारीमा छन् । आगामी दिनमा कस्ता सिर्जनामार्फत श्रोता-दर्शकमाझ आउने योजना छ ?अहिले केही नयाँ गीतहरूको काम भइरहेको छ र ती गीत चाँडै सार्वजनिक गर्ने तयारीमा छु । गीतहरूलाई राम्रोसँग तयार गरेर श्रोता-दर्शकमाझ पुर्‍याउने मेरो चाहना छ । आगामी दिनमा निरन्तर नयाँ सिर्जना ल्याउने प्रयास गर्नेछु । मेरा सिर्जनालाई माया गर्ने श्रोता-दर्शकका लागि अझ राम्रो काम गर्नु मेरो जिम्मेवारी हो । त्यसैले गीतको गुणस्तर र प्रस्तुतिमा ध्यान दिँदै अगाडि बढ्न चाहन्छु । श्रोता-दर्शकले मेरा आगामी सिर्जनालाई माया र साथ दिनुहुनेछ भन्ने आशा राखेको छु । तपाईंका गीत सुन्ने र हेर्ने श्रोता-दर्शकलाई के भन्न चाहनुहुन्छ ?अहिलेसम्म मेरा गीत सुनेर, हेरेर र मन पराएर साथ दिनुहुने सम्पूर्ण श्रोता-दर्शकलाई हृदयदेखि धेरै-धेरै धन्यवाद दिन चाहन्छु । कलाकारका लागि दर्शक-श्रोताको माया र साथ सबैभन्दा महत्त्वपूर्ण कुरा हो । तपाईंहरूले दिनुभएको साथ र हौसलाले नै आगामी दिनमा अझ राम्रो काम गर्ने प्रेरणा मिल्छ । मेरा सिर्जनामा केही कमीकमजोरी छन् भने पनि खुलेर सुझाव र सल्लाह दिनुहोला । तपाईंहरूको प्रतिक्रिया मेरा लागि महत्त्वपूर्ण छ । आगामी दिनमा सांगीतिक क्षेत्रमै रहेर तपाईंहरूको मनोरञ्जनका लागि निरन्तर प्रयास गरिरहनेछु । यसरी नै माया, साथ र हौसला दिइरहनुहुनेछ भन्ने आशा राखेको छु । सबैप्रति हार्दिक आभार व्यक्त गर्न चाहन्छु । अन्त्यमा ?म आगामी दिनमा पनि संगीत क्षेत्रमा निरन्तर सक्रिय रहनेछु । नयाँ सिर्जना गर्ने, आफ्नो क्षमता विकास गर्ने र श्रोता-दर्शकको मन छुने गीत प्रस्तुत गर्ने प्रयास जारी रहनेछ । कलाकारका रूपमा अझ धेरै सिक्दै र आफ्नो कामलाई परिष्कृत गर्दै अघि बढ्ने चाहना छ । सम्पूर्ण दर्शक-श्रोताले अहिलेसम्म दिनुभएको माया र साथका लागि फेरि पनि धन्यवाद दिन चाहन्छु । आगामी दिनमा तपाईंहरूको साथ र हौसला पाइरहने विश्वास लिएको छु । मेरा सिर्जना सुन्नुहोस्, हेर्नुहोस् र आफ्ना प्रतिक्रिया दिनुहोस् । तपाईंहरूको मायालाई सम्मान गर्दै सांगीतिक यात्रालाई निरन्तरता दिनेछु ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on हिमालय टाइम्स

Visit Publisher Site →

Related News

जलविज्ञान र मौसम विभाग क्रियाशील
ताजा खबरJust now

जलविज्ञान र मौसम विभाग क्रियाशील

काठमाडौँ, कात्तिक ९ गते । एकीकृत रूपमा सञ्चालनमा रहेको जल तथा मौसम विज्ञान विभाग अहिले टुक्रिएर दुई छुट्टै निकायका रूपमा अगाडि बढ्ने भएका छन् । सरकारले नेपाल–भारत–चीन समावेश त्रिदे... ...

गोरखापत्र
एनपीएलको तेस्रो संस्करण आजदेखि सुरु, उद्घाटन खेलमा लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स भिडने
ताजा खबरJust now

एनपीएलको तेस्रो संस्करण आजदेखि सुरु, उद्घाटन खेलमा लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स भिडने

• नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण आज त्रिवि क्रिकेट मैदानमा सुरु हुँदैछ। • उद्घाटन खेलमा साविक विजेता लुम्बिनी लायन्स र उपविजेता सुदूरपश्चिम रोयल्स भिड्नेछन्। • प्रतियोगिताको उद्घाटन प्रधानमन्त्री बालेन्द्र शाहले गर्नेछन् र तयारी लगभग पूरा भएको छ। ...

नेपालबहस
बालोन डी’ओर २०२६ : सबैभन्दा कम उमेरमा उपाधि जित्ने लक्ष्यमा लामिन यमाल
ताजा खबरJust now

बालोन डी’ओर २०२६ : सबैभन्दा कम उमेरमा उपाधि जित्ने लक्ष्यमा लामिन यमाल

काठमाडौँ । स्पेन तथा बार्सिलोनाका युवा फुटबल स्टार लामिन यमालले फुटबलको प्रतिष्ठित व्यक्तिगत पुरस्कार बालोन डी’ओर २०२६ जित्दै सबैभन्दा कम उमेरमा उपाधि हासिल गर्ने कीर्तिमान बनाउने लक्ष्य राखेका छन् ।... ...

रातोपाटी
कस्तो छ सोमबारको दिन तपाईको ?
ताजा खबरJust now

कस्तो छ सोमबारको दिन तपाईको ?

२०८३ कात्तिक ९ गते सोमबारको राशिफल मेषतपाईको दिन शुभ रहने छ । काममा सफल बन्नु हुने छ । मिष्ठान्न भोजन मिल्ने छ । दाम्पत्य जिवन सुखद हुने छ । वृषस्वास्थ्यमा समस्या आउन सक्छ । अनावश्यक यात्रा तथा व्यर्थको कामको लागी धन खर्च हुन सक्छ । मिथुनव्यापार–व्यवसायमा सफलता मिल्ने छ । धनलाभ होला । सन्तान र स्त्रीबाट सहयोग मिल्न सक्छ । कर्कटदिन शुभ रहने छ ...

टक्सार
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play