Friday, October 30, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/खगेन्द्र प्रकरणले जन्माएको हो आईजीपी प्रकरण, बालेनलाई रविको साथ होला की दोहोरिएला कटुवाल प्रकरण ?

खगेन्द्र प्रकरणले जन्माएको हो आईजीपी प्रकरण, बालेनलाई रविको साथ होला की दोहोरिएला कटुवाल प्रकरण ?

Share:WhatsAppFacebookX (Twitter)Telegram
खगेन्द्र प्रकरणले जन्माएको हो आईजीपी प्रकरण, बालेनलाई रविको साथ होला की दोहोरिएला कटुवाल प्रकरण ?

प्रधानमन्त्री बालेन्द्र साहले नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीलाई हटाउन खोजेको चर्चासँगै प्रहरी संगठनमा राजनीतिक हस्तक्षेप र त्यसले पार्न सक्ने प्रभावबारे बहस सुरु भएको छ । आईजीपी कार्कीको कार्यकाल बाँकी रहँदै उनलाई हटाउने प्रयास भएको चर्चा सार्वजनिक भएपछि प्रहरी संगठनको नेतृत्व, संस्थागत मर्यादा र सरकारसँगको सम्बन्धबारे विभिन्न प्रश्न उठेका छन् ।प्रधानमन्त्री साहले आईजीपी कार्कीलाई हटाएर नयाँ प्रहरी प्रमुख नियुक्त गर्ने विषयमा बुधबार राती राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसँग छलफल गरेको समचारहरु सार्वजनिक भएका छन् । त्यसपछि विहिबार विहानै, प्रहरी प्रधान कार्यालयले सातै प्रदेशका प्रहरी प्रमुखसहित उच्च अधिकारीहरूलाई काठमाडौं बोलाएको विषयले पनि चासो बढाएको छ । प्रहरीमा राजनीतिक हस्तक्षेप हुँदा संगठनको मनोबल, जनविश्वास र राष्ट्रिय सुरक्षामा कस्तो असर पर्न सक्छ ? आईजीपीलाई कार्यकाल बाँकी रहँदै हटाउन खोजिए त्यसको कानुनी तथा संस्थागत प्रभाव के हुन सक्छ ? यिनै विषयमा कर्पोरेट खबरले नेपाल प्रहरीका पूर्वडीआईजी रमेश खरेलसँग कुराकानी गरेको छ । प्रस्तुत छ, सम्पादित कुराकानीको अंश : प्रधानमन्त्री बालेन्द्र साहले आईजीपी दानबहादुर कार्कीलाई हटाउन खोजेको विषयले चर्चा पाएको छ । उहाँको कार्यकाल अझै एक वर्षभन्दा बढी बाँकी रहेको बताइएको छ । उहाँसँग काम गर्न नसकिने निष्कर्षमा पुगेर प्रधानमन्त्रीले रास्वपा सभापति रवि लामिछानेसँग समेत छलफल गरेको समचारहरु सार्वजनिक भएका छन् । नेपाल प्रहरीमा लामो अनुभव हासिल गर्नुभएको व्यक्तिका रूपमा यो प्रकरणलाई कसरी हेर्नुभएको छ ? सरकारले आईजीपीलाई बर्खास्त गरे त्यसले कस्तो प्रभाव पार्न सक्छ ? यस विषयमा मसँग अहिले ठोस जानकारी छैन । मैले पनि पत्रपत्रिकामार्फत नै यसबारे पढिरहेको छु । आईजीपीलाई हटाउने प्रयास भइरहेको, राजीनामा दिन दबाब दिइएको र सरकारबाट दबाब आएको भन्ने कुराहरू सुनिएका छन् । यस्तो घटनाले निश्चित रूपमा प्रहरी संगठनमा प्रभाव पार्छ । तर सरकारले किन यस्तो गर्न खोजेको हो भन्ने विषय पनि बुझ्न आवश्यक छ । अहिले नै यो प्रकरण यही हो भनेर ठोस निष्कर्ष निकाल्न सक्ने अवस्थामा म छैन । प्रधानमन्त्रीले आईजीपीलाई हटाउन खोजेको विषय सार्वजनिक भएकै दिन बालेन साह र रास्वपा सभापति रवि लामिछानेबीच भेटवार्ता भएको छ । त्यसपछि विहिबार प्रहरी प्रधान कार्यालयमा उच्च अधिकारीहरूको बैठक बस्योछ । सातै प्रदेशका प्रहरी प्रमुखलाई समेत काठमाडौं बोलाइएको छ । यी घटनाक्रमलाई कसरी बुझ्न सकिन्छ ? मेरो अनुभवले पनि तपाईंले उठाउनुभएको विषयलाई गम्भीरता पूर्वक हेर्नुपर्ने देखाउँछ । खगेन्द्र सुनार र अहिलेका प्रहरी संगठन प्रमुखबीचको विषयमा आरोप–प्रत्यारोप भएको कुरा हामीले पनि सुनेका छौँ । खगेन्द्रजीले आरोप लगाउने र संगठन प्रमुखले त्यसको खण्डन गर्ने अवस्था देखिएको छ । यस्ता संवेदनशील विषय सार्वजनिक भएपछि सरकारले वास्तविकता पत्ता लगाउनुपर्छ । आरोप कसको सही हो भन्ने कुरा निष्पक्ष छानबिनबाट स्पष्ट पार्नुपर्छ । आम नागरिकलाई पनि जानकारी गराउनुपर्छ । यदि खगेन्द्रजीको गल्ती हो भने उहाँमाथि कारबाही हुनुपर्छ । यदि दानबहादुरजीको गल्ती हो भने उहाँमाथि कारबाही हुनुपर्छ । कानुनभन्दा माथि कोही पनि छैन । तर यस्तो विषयलाई लामो समयसम्म अनिर्णीत अवस्थामा राख्नु उचित हुँदैन । सकेसम्म छिटो तार्किक निष्कर्षमा पुग्नुपर्छ । अन्यथा प्रहरी संगठनको मर्यादा र प्रतिष्ठामा थप असर पर्न सक्छ ।जहाँसम्म प्रहरी प्रधान कार्यालयमा भइरहेको बैठक र प्रदेश प्रहरी प्रमुखहरूलाई काठमाडौं बोलाइएको विषय छ, त्यो नियमित प्रक्रिया पनि हुन सक्छ । संगठनको कामकारबाहीबारे छलफल गर्न बोलाइएको हुन सक्छ वा यही प्रकरणसँग सम्बन्धित विषयमा छलफल हुन सक्छ । तर यसको वास्तविक कारण के हो भन्ने विषयमा मसँग आधिकारिक जानकारी छैन । त्यसैले अनुमानकै आधारमा निष्कर्ष निकाल्नु उचित हुँदैन । आईजीपीको कार्यकाल अझै एक वर्षभन्दा बढी बाँकी रहेको अवस्थामा उहाँलाई हटाउन खोजिए कानुनी चुनौती आउन सक्छ । कतिपयले यस घटनालाई विगतको चर्चित कटुवाल प्रकरणसँग तुलना गर्दै यसले सरकारलाई नै अप्ठ्यारोमा पार्न सक्ने आकलन गरेका छन् । तपाईंलाई के लाग्छ ? कटुवाल प्रकरण र अहिलेको विषय फरक हुन् । दुवै घटनालाई एउटै दृष्टिकोणबाट हेर्नु हुँदैन । कटुवाल प्रकरणमा तत्कालीन माओवादीको प्रचण्ड नेतृत्वको सरकार र प्रधानसेनापति रुक्माङ्गद कटुवालबीचको विवाद थियो । त्यसबेला प्रचण्ड सरकारले उहाँलाई जबरजस्ती हटाउँन खोजेको थियो । त्यसबेला उहाँलाई पदबाट हटाउने प्रयास मुख्य विषय थियो । अहिलेको प्रकरण भने प्रहरी प्रमुख माथि लागेको भनिएको आरोपसँग सम्बन्धित छ । त्यसैले यी दुई घटनाको प्रकृति र पृष्ठभूमि छुट्टाछुट्टै रूपमा बुझ्नुपर्छ । अहिले आईजीपीमाथि निर्वाचन प्रहरीको भर्नासम्बन्धी प्रक्रियामा व्यापक भ्रष्टाचार भएको आरोप लागेको भन्ने कुरा आएको छ । यदि यस्तो आरोप लागेको हो भने अख्तियार दुरुपयोग अनुसन्धान आयोगलगायत सम्बन्धित निकायले के गरिरहेका छन् भन्ने प्रश्न उठ्छ । आरोप लागेको छ भने त्यसको निष्पक्ष छानबिन हुनुपर्छ । आरोप पुष्टि भए सम्बन्धित व्यक्तिमाथि कानुन अनुसार कारबाही गर्नुपर्छ । तर आरोप पुष्टि भएन भने व्यक्तिलाई अनावश्यक रूपमा दोषी ठहर गर्नु हुँदैन । कटुवाल प्रकरणमा अहिलेको जस्तो आरोपको विषय थिएन । अहिले भने आईजीपी दानबहादुर कार्कीमाथि निर्वाचन प्रहरीको भर्नामा भ्रष्टाचार भएको आरोप लागेको भनिएको छ । त्यसैले पहिले आरोपको सत्यतथ्य पत्ता लगाउनुपर्छ । आरोप सही हो भने कारबाही गर्नुपर्छ, गलत हो भने उहाँलाई अनावश्यक रूपमा दोषी बनाउनु हुँदैन । राज्यले गर्ने निर्णय प्रमाण, कानुन र निष्पक्ष छानबिनका आधारमा हुनुपर्छ । प्रहरी संगठनको नेतृत्व परिवर्तनजस्तो संवेदनशील विषयमा पनि यही सिद्धान्त लागू हुनुपर्छ । The post खगेन्द्र प्रकरणले जन्माएको हो आईजीपी प्रकरण, बालेनलाई रविको साथ होला की दोहोरिएला कटुवाल प्रकरण ? appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on कर्पोरट खबर

Visit Publisher Site →

Related News

प्रस्तावित राजदूत थापाको सुनुवाइ गर्न बैठक आह्वान
ताजा खबरJust now

प्रस्तावित राजदूत थापाको सुनुवाइ गर्न बैठक आह्वान

काठमाडौँ । सङ्‍घीय संसद्, संसदीय सुनुवाइ समितिको बैठक कात्तिक १६ गतेका लागि आह्वान भएको छ । जापानका लागि प्रस्तावित राजदूत जीज्ञान कुमार थापा, ललितपुरका सम्बन्धमा संसदीय सुनुवाइ गर्न बैठक आह्वान गर्न... ...

रातोपाटी
शनिबार अपराह्नपछि चक्रवात ‘अर्नब’ को प्रभाव कम हुने
ताजा खबरJust now

शनिबार अपराह्नपछि चक्रवात ‘अर्नब’ को प्रभाव कम हुने

काठमाडौँ । नेपाल मौसम विज्ञान विभागले शनिबार अपराह्नपछि चक्रवात ‘अर्नब’ को प्रभाव र वर्षाको गतिविधि कम हुँदै जाने जनाएको छ । विभागका अनुसार कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका धेरै स्थान... ...

रातोपाटी
बूढानीलकण्ठ नगरपालिकामा शिक्षक बैंकको बढ्दो प्रभावकारिता
ताजा खबरJust now

बूढानीलकण्ठ नगरपालिकामा शिक्षक बैंकको बढ्दो प्रभावकारिता

काठमाडौँ, कात्तिक १३ गते । बूढानीलकण्ठ नगरपालिकाले नगर क्षेत्रमा भएका सामुुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्ने उद्देश्यले सञ्चालन गरेको शिक्षक बैँक प्रभावकारी बन्दै गएको छ... ...

गोरखापत्र
जेनजी आन्दोलनमा भागेका अभियुक्त १४ महिनापछि काठमाडौँबाट पक्राउ
ताजा खबरJust now

जेनजी आन्दोलनमा भागेका अभियुक्त १४ महिनापछि काठमाडौँबाट पक्राउ

जेनजी आन्दोलनको क्रममा फरार भएका दाङका एक व्यक्ति १४ महिनापछि पक्राउ परेका छन्।  पक्राउ पर्नेमा दाङको तुलसीपुर उपमहानगरपालिका- १० का ३५ वर्षीय रवीन्द्र परियार रहेका प्रहरीले जनाएको छ।  उनलाई बिहीबार काठमाडौँ महानगरपालिका- २६ गल्कोपाखाबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ।  परियार चोरी मुद्दामा पक्राउ परेर तीन ... ...

नेपालखबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play