काठमाडौं । प्रथम काठमाडौं २८ वडाध्यक्ष कप अल नेपाल फिडे रेपिड रेटिङ चेस प्रतियोगिताको क्याटोगोरी ए मा क्षितिज भण्डारीले उपाधि जित्नुभएको छ । उहाँले सात चरणको खलमा पाँच स्कोर गर्नुभयो । समान अंक भएका सुशील चौधरी दोस्रो र कमल श्रेष्ठ तेस्रो हुनुभयो । क्याटागोरी बीमा सिन्दिरा जोशी ५.५ अंकसहित पहिलो हुनुभयो । सो स्पर्धामा समान अंक हुनुभएकी राधिका पौडेल दोस्रो हुनुभयो । पाँच अंक हुनुभएकी कुसुम घिसिङ तेस्रो हुनुभयो । क्याटोगारी सीमा राजीव कार्की पहिलो हुनुभयो । सो स्पर्धामा महेन्द्र कुमार साम्बाहाम्पे दोस्रो हुनुभयो । क्याटोगोरीमा डिमा पदम कृष्ण श्रेष्ठ पहिलो हुनुभयो । काठमाडौं महानगरपालिका २८ वडा कार्यालय र थापाथली चेस पार्कको संयुक्त आयोजनामा जारी प्रतियोगितामा करिब २०० खेलाडीको सहभागिता थियो । प्रतियोगिताका विजयी खेलाडीलाई काठमाडौं २८ का अध्यक्ष भाइराम खड्गी, प्रतियोगिता निर्देशक इन्द्र बस्नेत, थापाथली चेस पार्कका अध्यक्ष सानुराज बज्राचार्य, पूर्व राष्ट्रिय च्याम्पियन नवीन तुण्डकार र मुख्य निर्णायक ज्ञानेन्द्र खाइजु लगायतले पुरस्कार प्रदान गरे । प्रतियोगिताले नेपाली चेस खेलको विकासमा थप सहयोग गर्ने विश्वास रहेको बस्नेतले बताउनुभयो ।
क्षितिज, सिन्दरा, राजीव र पदमकृष्णलाई वडाध्यक्ष कप चेसको उपाधि

Read Complete Original Article
Published originally on हिमालय टाइम्स






