क्युजे मोटर र लुम्बिनी लायन्सबीच सम्झौता

काठमाडौं । मोटरसाइकल ब्राण्ड क्युजे मोटर र नेपाल प्रिमियर लिग(एनपिएल) को फ्रेन्चाइज टोली लुम्बिनी लायन्स एसोसिएट स्पोन्सरसिपसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ । काठमाडौंको धुम्बाराहीस्थित रामडा होटलमा आयोजित एक कार्यक्रमका बीच हाइली एडभान्स्ड मोटर्स (हाम्स) का अध्यक्ष आरएस भण्डारी र लुम्बिनी लायन्सका अध्यक्ष ईश्वरबहादुर जिसीले सो सम्झौतापत्रमा हस्ताक्षर गर्नुभएको हो । उक्त सम्झौतासँगै क्युजे मोटर आधिकारिकरूपमा लुम्बिनी लायन्सको एसोसिएट स्पोन्सरका रूपमा जोडिएको छ । उक्त सहकार्यले नेपाली क्रिकेट प्रवर्द्धनका साथै खेलकुद र व्यावसायिक क्षेत्रबीचको सम्बन्ध थप सुदृढ बनाउने अपेक्षा गरिएको छ । कम्पनीका अनुसार खेलकुदप्रति दर्शकको बढ्दो आकर्षणलाई ध्यानमा राख्दै गरिएको उक्त साझेदारीले क्युजे मोटरलाई क्रिकेटप्रेमीमाझ आफ्नो ब्राण्ड पहिचान विस्तार गर्ने अवसर प्रदान गर्ने{छ भने लुम्बिनी लायन्सको प्रवर्द्धनात्मक गतिविधिलाई समेत थप प्रभावकारी बनाउन सहयोग पुग्ने विश्वास लिइएको छ । आधुनिक प्रविधि, आकर्ष{क डिजाइन र उत्कृष्ट कार्य क्षमताका लागि परिचित मोटरसाइकल ब्राण्ड क्युजे मोटर र नेपाल प्रिमियर लिगमार्फत् क्रिकेट विकासमा सक्रिय लुम्बिनी लायन्सबीचको सहकार्यले अटोमोबाइल र खेलकुद क्षेत्रलाई एकै साथ जोड्दै नयाँ सम्भावनाका ढोका खोल्नेछ । साझेदारीमार्फत् दुवै संस्थाले आफ्नो व्यावसायिक सम्बन्ध थप मजबुत बनाउँदै क्रिकेटप्रेमी, ग्राहक तथा आमदर्शकमाझ सकारात्मक प्रभाव विस्तार गर्ने लक्ष्य लिएका छन् ।
Read Complete Original Article
Published originally on हिमालय टाइम्स
Related News

जलविज्ञान र मौसम विभाग क्रियाशील
काठमाडौँ, कात्तिक ९ गते । एकीकृत रूपमा सञ्चालनमा रहेको जल तथा मौसम विज्ञान विभाग अहिले टुक्रिएर दुई छुट्टै निकायका रूपमा अगाडि बढ्ने भएका छन् । सरकारले नेपाल–भारत–चीन समावेश त्रिदे... ...

एनपीएलको तेस्रो संस्करण आजदेखि सुरु, उद्घाटन खेलमा लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स भिडने
• नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण आज त्रिवि क्रिकेट मैदानमा सुरु हुँदैछ। • उद्घाटन खेलमा साविक विजेता लुम्बिनी लायन्स र उपविजेता सुदूरपश्चिम रोयल्स भिड्नेछन्। • प्रतियोगिताको उद्घाटन प्रधानमन्त्री बालेन्द्र शाहले गर्नेछन् र तयारी लगभग पूरा भएको छ। ...

बालोन डी’ओर २०२६ : सबैभन्दा कम उमेरमा उपाधि जित्ने लक्ष्यमा लामिन यमाल
काठमाडौँ । स्पेन तथा बार्सिलोनाका युवा फुटबल स्टार लामिन यमालले फुटबलको प्रतिष्ठित व्यक्तिगत पुरस्कार बालोन डी’ओर २०२६ जित्दै सबैभन्दा कम उमेरमा उपाधि हासिल गर्ने कीर्तिमान बनाउने लक्ष्य राखेका छन् ।... ...

कस्तो छ सोमबारको दिन तपाईको ?
२०८३ कात्तिक ९ गते सोमबारको राशिफल मेषतपाईको दिन शुभ रहने छ । काममा सफल बन्नु हुने छ । मिष्ठान्न भोजन मिल्ने छ । दाम्पत्य जिवन सुखद हुने छ । वृषस्वास्थ्यमा समस्या आउन सक्छ । अनावश्यक यात्रा तथा व्यर्थको कामको लागी धन खर्च हुन सक्छ । मिथुनव्यापार–व्यवसायमा सफलता मिल्ने छ । धनलाभ होला । सन्तान र स्त्रीबाट सहयोग मिल्न सक्छ । कर्कटदिन शुभ रहने छ ...


