क्यान सचिव खड्का, म्याच रेफ्री र दुवै टोलीका कप्तानबीच छलफल

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सबीचको खेल ५–५ ओभरमा हुने तय भए पनि टसमा ढिलाइ भएको छ। वर्षाले प्रभावित खेल सञ्चालन गर्न त्रिवि क्रिकेट मैदानका ग्राउन्ड स्टाफले निकै मेहनत गरेपछि मैदान खेलका लागि तयार पारिएको थियो। मैदान निरीक्षणपछि अम्पायरहरूले ५–५ ओभरको खेल सञ्चालन गर्ने निर्णय गरेका थिए। निर्धारित तालिकाअनुसार साँझ ७:२५ बजे टस र ७:४१ बजे खेल सुरु हुने भनिएको थियो। तर, राति ८:०५ बजेसम्म पनि टस हुन सकेको छैन। विराटनगर किङ्ग्सका कप्तान टसका लागि मैदानमा पुग्दा सुदूरपश्चिम रोयल्सका कप्तान दीपेन्द्रसिंह ऐरी भने उपस्थित हुनुभएन। उहाँ नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्कासँग कुराकानी गर्न जानुभएको थियो। टसमा ढिलाइ भएपछि क्यान सचिव पारस खड्का, म्याच रेफ्री र दुवै टोलीका कप्तानबीच छलफल भइरहेको छ। खेलका लागि मैदानको रेडबुल जोनतर्फको बाउन्ड्री छोटो बनाइएको छ भने स्कोरबोर्डतर्फको दोस्रो विकेटमा खेल सञ्चालन गर्ने तयारी गरिएको छ।
Read Complete Original Article
Published originally on हिमालय टाइम्स
Related News

फ्रान्स, इटाली र जर्मनीमा युवा आक्रोश : महँगी र कमजोर सेवाले सडकमा उतार्यो
काठमाडौँ । युरोपका तीन प्रमुख अर्थतन्त्र फ्रान्स, इटाली र जर्मनीमा जीवनयापनको बढ्दो लागत, कमजोर सार्वजनिक सेवा र युवापुस्ताले भोगिरहेका आर्थिक कठिनाइविरुद्ध प्रदर्शन चर्किएका छन् । तीनै देशका आन्दोलनमा महँगी र... ...

समाज परिवर्तनको सुस्त गति
नेपालमा प्रविधि छिटो आयो र समाज परिवर्तनको गति त्योभन्दा सुस्त रह्यो । परिवर्तनको गति बढाउन दलितसँगै कथित उच्च जातको उत्तिकै भूमिका छ। ...

सन्दीप लामिछाने भन्छन् - ‘दर्शकका लागि खेल्नु आवश्यक थियो’
विराटनगरको पहिलो जितमा सेहन जयसूर्याको प्रदर्शन निर्णायक रहेको कप्तान सन्दीप लामिछानेको भनाइ छ । ...

विवादित न्यायाधीशविरुद्ध महाभियोगतर्फ रास्वपा
सर्वोच्चका न्यायाधीशका सम्बन्धमा आएको विवाद निरूपणका लागि संसद्मार्फत प्रक्रिया अघि बढाउन पार्टी संसदीय दललाई रास्वपा सचिवालयको निर्देशन, महाभियोग प्रस्ताव दर्ताका लागि प्रक्रिया अघि बढ्ने नेताहरूको भनाइ ...


