Sunday, October 25, 2026||
MultiKhabarMultiKhabar
Home/Technology/कोरियाली सीमा तनावबीच भिडियो गेम ‘कल अफ ड्युटी’ दक्षिण कोरियामा बिक्रीको शीर्ष स्थानमा

कोरियाली सीमा तनावबीच भिडियो गेम ‘कल अफ ड्युटी’ दक्षिण कोरियामा बिक्रीको शीर्ष स्थानमा

Share:WhatsAppFacebookX (Twitter)Telegram
कोरियाली सीमा तनावबीच भिडियो गेम ‘कल अफ ड्युटी’ दक्षिण कोरियामा बिक्रीको शीर्ष स्थानमा

उत्तर कोरियाले दक्षिण कोरियामाथि व्यापक सैन्य आक्रमण गरेको कथावस्तु समेटिएको भिडियो गेम ‘कल अफ ड्युटीः मोडर्न वारफेयर ४’ दक्षिण कोरियामा सर्वाधिक बिक्री हुने गेम बनेको छ। वास्तविक जीवनमा दुई कोरियाबीचको सीमा तनाव बढिरहेका बेला सार्वजनिक भएको यो गेमले त्यहाँका खेलाडीको ध्यान खिचेको छ। शुक्रबार सार्वजनिक भएको लोकप्रिय ‘कल अफ ड्युटी’ शृङ्खलाको पछिल्लो संस्करण विश्वव्यापी तथा दक्षिण कोरियाली बिक्री सूचीमा शीर्ष स्थानमा पुगेको छ। पीसी गेमको प्रमुख डिजिटल वितरण प्लेटफर्म ‘स्टीम’ का अनुसार, गेमले दुवै बजारमा राम्रो प्रदर्शन गरेको छ। गेमको कथावस्तुमा अमेरिकी र रुसी तनावसँगै उत्तर कोरियाको सत्ता सङ्घर्ष र दक्षिण कोरियामाथिको आकस्मिक आक्रमणलाई प्रस्तुत गरिएको छ। कथाको सुरुआत उत्तर कोरियाली सेनाले प्याराट्रुपर र भूमिगत सुरुङ प्रयोग गरी दक्षिण कोरियाली तथा अमेरिकी सेनामाथि आक्रमण गरेपछि हुन्छ । खेलाडीले युवा अमेरिकी तथा दक्षिण कोरियाली सैनिक र उत्तर कोरियाका नयाँ नेतासहित विभिन्न पात्रको भूमिका निर्वाह गर्न सक्छन्। गेम सार्वजनिक हुनुअघि कोरियाली सैन्यविहीन क्षेत्र (डीएमजेड) मा भएको विस्फोटमा तीन दक्षिण कोरियाली सैनिक घाइते भएका थिए। यस घटनाले दुई देशबीचको तनाव थप बढाएको छ। दक्षिण कोरियामा अनिवार्य सैन्य सेवा गर्नुपर्ने व्यवस्थाका कारण पनि गेमको कथावस्तुले विशेष चासो जगाएको छ। सामाजिक सञ्जालमा केही खेलाडीले गेमको प्रशंसा गरेका छन् भने अरूले यसले सम्भावित युद्धको भयावह चित्र प्रस्तुत गरेको बताएका छन् । ‘थ्रेड्स’ का एक प्रयोगकर्ताले गेम खेल्दा कोरियाली युद्धमा सहभागी आफ्ना हजुरबुबाको सम्झना आएको बताएका छन्। अर्का प्रयोगकर्ताले उत्तर कोरियाले वास्तविक आक्रमण गरेमा दक्षिण कोरियाको सीमावर्ती क्षेत्र ग्याङवोन र राजधानी सियोलसमेत जोखिममा पर्न सक्ने भन्दै चिन्ता व्यक्त गरेका छन्। यद्यपि, दुई कोरियाबीचको पीडादायी इतिहास र वर्तमान शत्रुतालाई मनोरञ्जनको विषय बनाइएको भन्दै गेमको आलोचना पनि भएको छ । ‘किम डे जुङ पिस सेन्टर’ का अध्यक्ष किम सुङ–जेले यसले कोरियाली युद्धको त्रासदीलाई खेलका रूपमा प्रस्तुत गर्नु उपयुक्त हुन्छ कि हुँदैन भन्ने प्रश्न उठाएको बताएका छन्। यसैबीच, उत्तर कोरियाली सरकारी सञ्चारमाध्यमका अनुसार नेता किम जोङ उनले गत साता प्योङयाङमा आयोजित सैन्य बैठकमा आफ्नो सेनालाई विश्वकै सबैभन्दा शक्तिशाली बनाउन निर्देशन दिएका छन्। सन् १९५० देखि १९५३ सम्म चलेको कोरियाली युद्ध शान्ति सम्झौतामा नभई युद्धविराममा टुङ्गिएकाले दुई देश प्राविधिक रूपमा अझै युद्धको अवस्थामा छन् । दक्षिण कोरियामा उत्तर कोरियाको आणविक क्षमताबाट उत्पन्न जोखिमलाई नियन्त्रण गर्न अमेरिकाले करिब २८ हजार सैनिक तैनाथ गरेको छ। रासस/एएफपी The post कोरियाली सीमा तनावबीच भिडियो गेम ‘कल अफ ड्युटी’ दक्षिण कोरियामा बिक्रीको शीर्ष स्थानमा appeared first on Technology Khabar.

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on टेक्नोलोजी खबर

Visit Publisher Site →

Related News

गुगलले बदल्यो गोपनीयता नीति, जीमेलदेखि फोटोजसम्म प्रभावित हुन सक्ने
प्रविधिJust now

गुगलले बदल्यो गोपनीयता नीति, जीमेलदेखि फोटोजसम्म प्रभावित हुन सक्ने

काठमाडौं । गुगलले आफ्नो गोपनीयता नीतिमा परिवर्तन गरेको छ । नयाँ व्यवस्थाअनुसार प्रयोगकर्ताले जीमेल, गुगल ड्राइभ र गुगल फोटोजको डेटा अन्य गुगल सेवासँग सेयर गर्न अनुमति दिएमा उक्त डेटा व्यक्तिगत रुचिअनुसारका विज्ञापन देखाउनसमेत प्रयोग हुन सक्नेछ ।प्रविधिसम्बन्धी वेबसाइट एन्ड्रोइड अथोरिटीको रिपोर्टअनुसार गुगलले अक्टोबर १६ मा आफ्नो नीतिमा यो परिवर्तन गरेको हो । यसअघि कम्पनीको नीतिमा यी सेवाबाट प्राप्त डेटा व्यक्तिगत ...

आइसिटी समाचार
अब ह्वाट्सएप च्याटमै इन्स्टाग्राम रिल्सको छुट्टै बटन, यसरी गर्न सकिन्छ भिडियो सेयर
प्रविधिJust now

अब ह्वाट्सएप च्याटमै इन्स्टाग्राम रिल्सको छुट्टै बटन, यसरी गर्न सकिन्छ भिडियो सेयर

काठमाडौं । ह्वाट्सएप प्रयोगकर्ताले अब च्याटबाटै इन्स्टाग्राम रिल्स छनोट गरेर सेयर गर्न सक्ने सुविधा पाउने भएका छन् । मेटा कम्पनीले एन्ड्रोइड एपमा नयाँ सर्टकटको परीक्षण गरिरहेको छ । यस सुविधामार्फत प्रयोगकर्ताले च्याटको अट्याचमेन्ट मेनुबाटै इन्स्टाग्राम रिल्स छानेर साथीभाइ तथा परिवारका सदस्यलाई पठाउन सक्नेछन् ।हाल कुनै रिल्स सेयर गर्न प्रयोगकर्ताले इन्स्टाग्राममा गएर भिडियो खोज्नुपर्ने वा ह्वाट्सएपको मिडिया पिकर प्रयोग गर्नुपर्ने हुन्छ ...

आइसिटी समाचार
टचस्क्रिनसहितको ओएलईडी म्याकबुक अक्टोबर २८ मा सार्वजनिक हुने
प्रविधिJust now

टचस्क्रिनसहितको ओएलईडी म्याकबुक अक्टोबर २८ मा सार्वजनिक हुने

एप्पलले अक्टोबर २८ मा टचस्क्रिनसहितको आफ्नो पहिलो ओएलईडी म्याकबुक सार्वजनिक गर्ने भएको छ। कम्पनीले ‘प्रो एन्ड टेल’ नारासहित आधिकारिक निमन्त्रणा पठाएको छ। यसले यसअघि सार्वजनिक भएका रिपोर्टलाई समर्थन गरेको छ। नयाँ ओएलईडी डिस्प्ले र टच सुविधा भएका म्याकबुक प्रो सार्वजनिक हुने अपेक्षा गरिएको छ। यसका साथै अपडेट गरिएको आईम्याक र ओएलईडी डिस्प्लेसहितको आईप्याड मिनी पनि सार्वजनिक हुन सक्नेछन्। जीएसएमएरिनाका अनुसार आईकू नियो ...

टेक्नोलोजी खबर
चार दिनदेखि सरकारी वेबसाइट बन्द, सेवाग्राहीलाई सास्ती
प्रविधिJust now

चार दिनदेखि सरकारी वेबसाइट बन्द, सेवाग्राहीलाई सास्ती

काठमाडौं । पीएचपी कोडिङ प्रणालीमा सुरक्षा जोखिम देखिएपछि बन्द गरिएका सरकारी वेबसाइटहरू चार दिन बितिसक्दा पनि सञ्चालनमा आउन सकेका छैनन् । साइबर सुरक्षालाई ध्यानमा राख्दै सरकारले वेबसाइटहरू अस्थायी रूपमा बन्द गरे पनि सेवा पुनः सञ्चालनमा ढिलाइ हुँदा अनलाइन सेवाग्राही प्रभावित भएका छन् ।पीएचपी प्रणालीमा सुरक्षा जोखिम देखिएपछि नेपाल राष्ट्र बैंकसहित विभिन्न बैंक तथा वित्तीय संस्थाले पनि आफ्ना वेबसाइट र अनलाइन ...

आइसिटी समाचार
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play