Sunday, November 22, 2026||
MultiKhabarMultiKhabar

कोरला नाकाबाट चार महिनामा सात हजार विद्युतीय सवारीसाधन आयात

Share:WhatsAppFacebookX (Twitter)Telegram
कोरला नाकाबाट चार महिनामा सात हजार विद्युतीय सवारीसाधन आयात
Photo / Coverage: टेक्नोलोजी खबर

नेपाल–चीन सीमा कोरलानाबाट चालु वर्षको पहिलो चार महिनामा सात हजार विद्युतीय सवारीसाधन (इभी) नेपाल भित्र्याइएको छ। कोरलानाकास्थित मुस्ताङ भन्सार कार्यालयका अनुसार गत वर्ष तीन हजार २२३ विद्युतीय सवारी (इभी) गाडी उक्त नाकाबाट नेपाल भित्रयाइएको थियो। भन्सार कार्यालयका अनुसार, त्यस नाकाबाट छोटो समयमै यति धेरै सङ्ख्यामा विद्युतीय सवारी गाडी नेपाल भित्रिएको पहिलो घटना हो। गत भदौ १० गते रसुवाको भोटेकोसी बाढीका कारण रसुवागढी नाका पूर्ण रुपमा बन्द भएकाले विद्युतीय सवारीसहितका मालसामान यस नाकाबाट आउने क्रम वृद्धि भएको हुन सक्ने भन्सार कार्यालय अधिकृत अमिन्द्र सिंहले जानकारी दिए। उनका अनुसार, चालु वर्षको साउनमा एक सय, भदौमा एक हजार २५३ तथा असोज र कात्तिकमा थप पाँच हजार ६४७ को सङ्ख्यामा ती विद्युतीय नेपाल भित्रिएका हुन्। यसैबीच, नेपाल भित्रिएका ती सवारीसाधनलाई गन्तव्यसम्म पु¥याउन जोखिमपूर्ण सडक र दक्ष चालकको अभाव हुँदा विभिन्न चुनौती खेप्न परेको भन्सार प्रमुखको भनाइ छ। सोही समस्याका कारण मुस्ताङ भन्सारमा जाँचपास भई गन्तव्यतर्फ प्रस्थान गरेका दर्जनौँ विद्युतीय सवारीसाधन अझै पनि सडकमै रहेको पाइएको छ। चार महिनामै उठ्यो १२ अर्ब ५५ करोड बढी राजस्व मुस्ताङ भन्सार कार्यालयले चालु आर्थिक बर्षको पहिलो चार महिनामा १२ अर्ब ५५ करोड १४ लाख राजस्व सङ्कलन गरेको छ। उक्त कार्यालयको वार्षिक राजस्व सङ्कलन लक्ष्य ९ अर्ब रहेको छ। पहिलो चार महिनामै लक्ष्यभन्दा तीन अर्ब ५५ करोड १४ लाख बढी राजस्व सङ्कलन भएको भन्सार अधिकृत सिंहले जानकारी दिए। कार्यालयका अनुसार चालु वर्षको पहिलो चौमासिकमा ३० अर्ब नौ करोड नौ लाख मूल्य बराबरको मालवस्तु चीनबाट पैठारी भएको छ। त्यस नाकाबाट खासगरी विद्युतीय सवारी, लत्ताकपडा, कस्मेटक सामान, इलेक्ट्रोनिक उपकरण, निर्माण सामाग्री, फलफूल र खाद्यान्नलगायत सामान आयात भएको छ। त्यस्तै, चालु वर्षको पहिलो चौमासिकमा त्यो नाका भएर नेपालबाट रु २९ करोड ५२ लाख बढीको मालवस्तु चीनतर्फ निकासी भएको छ। नेपालबाट खासगरी हस्तकलाका सामान र नेपाली उत्पादन रहेको भन्सार अधिकृत सिंहले जानकारी दिए।–रासस The post कोरला नाकाबाट चार महिनामा सात हजार विद्युतीय सवारीसाधन आयात appeared first on Technology Khabar.

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on टेक्नोलोजी खबर

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमण दलमा को को ?
TechnologyJust now

प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमण दलमा को को ?

६ मंसिर, काठमाडौं। प्रधानमन्त्री बालेन्द्र शाहको भारतको औपचारिक राजकीय भ्रमणमा ३५ सदस्यीय प्रतिनिधिमण्डल सहभागी भएका छन् । भ्रमण टोलीमा प्रधानमन्त्री शाहसहित अर्थमन्त्री डा. स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनाल, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार कुमार व्यञ्जनकार, राजनीतिक सल्लाहकार असिम शाह तथा सूचना तथा सञ्चार प्रविधि सल्लाहकार विवेक मिश्र रहेका छन् । त्यस्तै, मुख्यसचिव गोविन्दबहादुर कार्कीसहित परराष्ट्र मन्त्रालय, अर्थ […] The post प्रधानमन्त्री बालेन्द्र शाहको ...

आइसिटी फ्रेम
नेपाली आकाशमार्गबाट भारतीय सैन्य विमान सञ्चालन गर्ने प्रस्ताव नरहेको भारतको स्पष्टोक्ति
TechnologyJust now

नेपाली आकाशमार्गबाट भारतीय सैन्य विमान सञ्चालन गर्ने प्रस्ताव नरहेको भारतको स्पष्टोक्ति

६ मंसिर, काठमाडौं। भारतले नेपालको आकाशमार्ग प्रयोग गरी सैन्य विमान सञ्चालन गर्ने प्रस्ताव नगरेको स्पष्ट पारेको छ । भारतीय सैन्य विमानलाई नेपालको बागडोगरा प्रवेश बिन्दु प्रयोग गर्न दिन भारतले प्रस्ताव गरेको भन्ने सञ्चारमाध्यममा आएका समाचार गलत रहेको भारतीय स्रोतले जनाएको छ । ‘त्यस्तो कुनै प्रस्ताव छैन,’ भारतीय स्रोतले आइतबार स्पष्ट पार्दै सैन्य विमान सञ्चालनका लागि […] The post नेपाली आकाशमार्गबाट भारतीय ...

आइसिटी फ्रेम
इटालीमा टेस्लाको फुल सेल्फ-ड्राइभिङ स्वीकृत, युरोपेली संघको बजारमध्ये स्वीकृति दिने पहिलो ठूलो बजार
TechnologyJust now

इटालीमा टेस्लाको फुल सेल्फ-ड्राइभिङ स्वीकृत, युरोपेली संघको बजारमध्ये स्वीकृति दिने पहिलो ठूलो बजार

इटालीको यातायात मन्त्रालयले ‘टेस्ला असिस्टेड ड्राइभिङ’ लाई अस्थायी स्वीकृति प्रदान गरेको छ। युरोपमा ‘फुल सेल्फ-ड्राइभिङ (सुपरभाइज्ड)’ अर्थात् ‘पूर्ण स्वचालन (निगरानीसहित)’ प्रणालीलाई टेस्लाले यही नामले चिनाउने गरेको छ। यस प्रणालीलाई अनुमति दिने इटाली १२औँ युरोपेली राष्ट्र बनेको छ, साथै यो युरोपेली सङ्घ (ईयू) का ठूला बजारहरूमध्ये पहिलो राष्ट्र हो। यसका लागि इटालीले ब्रसेल्स (ईयू मुख्यालय) को निर्णय पनि कुर्न चाहेन। युरोपेली सङ्घभरि ...

टेक्नोलोजी खबर
प्रधानमन्त्री बालेन्द्र शाहको भ्रमणमा ऊर्जा र लगानी मुख्य प्राथमिकतामा
TechnologyJust now

प्रधानमन्त्री बालेन्द्र शाहको भ्रमणमा ऊर्जा र लगानी मुख्य प्राथमिकतामा

६ मंसिर, काठमाडौं। प्रधानमन्त्री बालेन्द्र शाह दुईदिने औपचारिक भ्रमणका लागि आज आइतबार भारत जाँदै छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा उनी मंसिर ६ देखि ७ सम्म भारत भ्रमणमा जान लागेका हुन् । प्रधानमन्त्रीको जिम्मेवारी सम्हालेपछि शाहको यो पहिलो भारत भ्रमण हो । साथै, प्रधानमन्त्रीका रूपमा उनको यो पहिलो द्विपक्षीय विदेश भ्रमणसमेत हो । परराष्ट्र […] The post प्रधानमन्त्री बालेन्द्र शाहको ...

आइसिटी फ्रेम
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play