Wednesday, October 28, 2026||
MultiKhabarMultiKhabar
Home/Technology/कोड प्रयोग गरेर च्याट लक गर्ने सुविधा ल्याउँदै च्याटजीपीटी

कोड प्रयोग गरेर च्याट लक गर्ने सुविधा ल्याउँदै च्याटजीपीटी

Share:WhatsAppFacebookX (Twitter)Telegram
कोड प्रयोग गरेर च्याट लक गर्ने सुविधा ल्याउँदै च्याटजीपीटी

ओपनएआईले च्याटजीपीटीमा प्रयोगकर्ताका कुराकानीलाई अरू व्यक्तिको पहुँचबाट सुरक्षित राख्न लक्ड च्याट्स नामक नयाँ सुविधा ल्याएको छ। यो सुविधा प्रयोग गरेपछि प्रयोगकर्ताले आफूले चाहेका केही कुराकानीलाई नियमित च्याट हिस्ट्री, पिन गरिएको कुराकानी र सर्च रिजल्टमा नदेखिने बनाउन सक्नेछन्। यस्ता कुराकानी खोल्न चार अङ्कको पिन कोड आवश्यक पर्नेछ। आईफोन र एन्ड्रोइड फोनमा फेस आईडीजस्ता बायोमेट्रिक पनि प्रयोग गर्न सकिनेछ।विशेषगरी सार्वजनिक स्थानमा हुँदा वा आफ्नो फोन अरू कसैलाई दिँदा निजी कुराकानी अरूले हेर्न नसकून् भन्ने उद्देश्यले यो सुविधा ल्याइएको ओपनएआईले जनाएको छ। कम्पनीले यो सुविधाले इन्ड–टु–इन्ड इन्क्रिप्सन प्रदान नगर्ने स्पष्ट पारेको छ। कुराकानी लक गर्दैमा मोडलको तालिममा प्रयोग हुने डेटासम्बन्धी सेटिङ वा ओपनएआईले कुराकानी संकलन गरेर राख्नेमा परिवर्तन हुने छैन। कम्पनीले प्रयोगकर्ताले आफ्नो खाताको पासवर्ड रिसेट गर्नुपर्ने अवस्थामा भने विशेष सावधानी अपनाउन चेतावनी दिएको छ। पासवर्ड रिसेट गर्दा लक गरिएका सबै कुराकानी र त्यस स्थानमा अपलोड गरिएका फाइलहरू मेटिनेछन्। यस्तो अवस्थामा ती सामग्री पुन प्राप्त गर्न नसकिने र ओपनएआईको सहायता सेवाले समेत पुन स्थापना गर्न नसक्ने कम्पनीले जनाएको छ। टेलिग्राफका अनुसार, एन्ड्रोइड र आईओएस डिभाइसमा लक गरिएका कुराकानीसँगै भ्वाइस च्याट सुविधा पनि प्रयोग गर्न सकिनेछ। तर, कोडेक्स मा भएका कुराकानीलाई भने यो सुविधामार्फत सुरक्षित गर्न सकिने छैन। The post कोड प्रयोग गरेर च्याट लक गर्ने सुविधा ल्याउँदै च्याटजीपीटी appeared first on Technology Khabar.

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on टेक्नोलोजी खबर

Visit Publisher Site →

Related News

इन्स्टाग्राममा अब ९० मिनेटसम्मका भिडियो राख्न मिल्ने, यूट्युबलाई चुनौती
प्रविधिJust now

इन्स्टाग्राममा अब ९० मिनेटसम्मका भिडियो राख्न मिल्ने, यूट्युबलाई चुनौती

यदि कुनै सामाजिक सञ्जालमा १० लाख फलोअर्स बनाउन पाउनुभयो भने कुन प्लेटफर्म रोज्नुहुन्छ? यदि तपाईं आफ्नो कामबाट पैसा कमाउन चाहनुहुन्छ भने यसको सही जवाफ यूट्युब हुन सक्छ। तर इन्स्टाग्रामको पछिल्लो अपडेटले सामग्री निर्माताका लागि सबैभन्दा बढी आम्दानी गर्न सकिने प्लेटफर्मका रूपमा यूट्युबले लामो समयदेखि कायम राखेको स्थानलाई चुनौती दिन सक्छ। यसका लागि इन्स्टाग्रामले नयाँ सुविधालाई सही तरिकाले अघि बढाउनुपर्नेछ। इन्स्टाग्रामले सोमबार नयाँ ...

टेक्नोलोजी खबर
सम्भावित भारी वर्षालाई ध्यानमा राख्दै स्वास्थ्य क्षेत्रलाई उच्च सतर्कतामा रहन आग्रह
प्रविधिJust now

सम्भावित भारी वर्षालाई ध्यानमा राख्दै स्वास्थ्य क्षेत्रलाई उच्च सतर्कतामा रहन आग्रह

११ कात्तिक, काठमाडौं। सम्भावित भारी वर्षा तथा त्यसबाट हुन सक्ने बाढी,पहिरो र डुबानलगायतका विपद्को जोखिमलाई मध्यनजर गर्दै स्वास्थ्य क्षेत्रलाई उच्च सतर्कतामा रही पूर्वतयारी तथा प्रतिकार्यका काम प्रभावकारी बनाउन आग्रह गरिएको छ। जल तथा मौसम विज्ञान विभाग तथा विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणबाट प्राप्त जानकारीअनुसार २०८३ कार्तिक १२ देखि १४ गतेसम्म देशका विभिन्न स्थानमा चट्याङ,हावाहुरीसहित […] The post सम्भावित भारी ...

आइसिटी फ्रेम
खगोलविद्हरूले पत्ता लगाए २७ दिनसम्म सक्रिय रहेको शक्तिशाली ब्रह्माण्डीय विस्फोट
प्रविधिJust now

खगोलविद्हरूले पत्ता लगाए २७ दिनसम्म सक्रिय रहेको शक्तिशाली ब्रह्माण्डीय विस्फोट

खगोलविद्हरूले अन्य यस्तै ब्रह्माण्डीय विस्फोटको तुलनामा निकै शक्तिशाली गामा-रे विस्फोट पत्ता लगाएका छन्। यो विस्फोटको शक्ति र अवधि असाधारण रहेको छ। यो गामा-रे विस्फोट (जीआरबी) विशेष हुनुको कारण यसलाई ऊर्जा प्रदान गर्ने केन्द्रीय स्रोत करिब २७ दिनसम्म सक्रिय रहनु हो। प्रारम्भिक विस्फोटपछि पनि यसबाट एक्स-रेका चमकहरू निस्किरहेका थिए। यो अवधिसम्म सक्रिय रहेको यसअघिको सबैभन्दा लामो गामा-रे विस्फोटको तुलनामा २० दिन बढी ...

टेक्नोलोजी खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play