Sunday, October 25, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेल नवदुर्गा मन्दिर जाँदै

कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेल नवदुर्गा मन्दिर जाँदै

Share:WhatsAppFacebookX (Twitter)Telegram
कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेल नवदुर्गा मन्दिर जाँदै

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल कोजाग्रत पूर्णिमाको अवसरमा भक्तपुरस्थित नवदुर्गा मन्दिरमा पूजाआराधना गर्न जानुहुने भएको छ। राष्ट्रपतिको सचिवालयका अनुसार उहाँ आज अपराह्न ३ बजे भक्तपुरस्थित नवदुर्गा मन्दिर पुग्नुहुनेछ। बडादशैँको अन्तिम दिनका रूपमा मनाइने कोजाग्रत पूर्णिमामा महालक्ष्मीको पूजाआराधना गर्ने धार्मिक परम्परा छ। यस दिनलाई कतिपयले ‘पूर्णे’ पनि भन्ने गर्छन्। विजयादशमीका अवसरमा घटस्थापनादेखि कोजाग्रत पूर्णिमासम्म राष्ट्रप्रमुखले विभिन्न शक्तिपीठको दर्शन गरी पूजाआराधना गर्ने परम्परा रहिआएको छ। राष्ट्रपति पौडेलले नवदुर्गा मन्दिरमा पूजाआराधना गरेसँगै यस वर्षको बडादशैँका अवसरमा गरिने राष्ट्रप्रमुखको शक्तिपीठ दर्शन कार्यक्रम समापन हुनेछ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on हिमालय टाइम्स

Visit Publisher Site →

Related News

२९.६ प्रतिशत सामुदायिक विद्यालयमा आइसिटी ल्याब
ताजा खबरJust now

२९.६ प्रतिशत सामुदायिक विद्यालयमा आइसिटी ल्याब

काठमाडौं । मुलुकभर सञ्चालित सामुदायिक विद्यालयमध्ये २९ दशमलव ६ प्रतिशत सामुदायिक विद्यालयमा सूचना प्रविधि प्रयोगशाला (आइसिटी ल्याब) स्थापना भएको छ । विसं २०७७ देखि सञ्चालित ‘राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम’ अन्तर्गत चार हजार ६०८ विद्यालयमा सूचना प्रविधि प्रयोगशाला ९आइसिटी ल्याब० निर्माण भएको हो । शिक्षा तथा खेलकुद मन्त्रालयको वार्षिक प्रतिवेदन, २०८२र०८३ का अनुसार पूर्वाधार विकास र सूचना प्रविधिको विस्तारले शैक्षिक गुणस्तर वृद्धिमा ...

केन्द्रबिन्दु
फेवा किनारमा दसैं महोत्सव, विदेशीले लगाए टीका
ताजा खबरJust now

फेवा किनारमा दसैं महोत्सव, विदेशीले लगाए टीका

फडिन्द्र अधिकारीलेखनाथ, कात्तिक ८ गते । पर्यटकीय नगरी पोखराले हरेक चाडपर्वलाई उत्सव एवम् महोत्सवका रुपमा मनाउँदैआएको छ । आइतबार दसैंको अन्तिम दिन कोजाग्रत पूर्णिमामा फेवाताल किनारम... ...

गोरखापत्र
फेवा किनारमा दसैं महोत्सव : विदेशीले लगाए टीका
ताजा खबरJust now

फेवा किनारमा दसैं महोत्सव : विदेशीले लगाए टीका

लेखनाथ समाचारदातालेखनाथ, कात्तिक ८ गते । पर्यटन नगरी पोखराले हरेक चाडपर्वलाई उत्सव एवम् महोत्सवका रुपमा मनाउँदै आएको छ । आइतबार दसैंको अन्तिम दिन कोजाग्रत पूर्णिमामा पनि फेवाताल कि... ...

गोरखापत्र
पानीबोट दुर्घटना अपडेट : ३ जनाको मृत्यु, ३ बेपत्ता
ताजा खबरJust now

पानीबोट दुर्घटना अपडेट : ३ जनाको मृत्यु, ३ बेपत्ता

दुर्घटनामा झापाको कनकाई नगरपालिका–४ की निता मगरका ७ वर्षीय छोरा शिवक मगर, सुनसरीको बराहक्षेत्र नगरपालिका–१ की २१ वर्षीया प्रमिला मगर र सोही ठाउँकी २२ वर्षीया मनु राई बेपत्ता भएका छन् । ...

कान्तिपुर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play