कोजाग्रत पूर्णिमामा कांग्रेसको चियापान कार्यक्रम नहुने

काठमाडौं । नेपाली कांग्रेसले यस वर्ष कोजाग्रत पूर्णिमाका दिन आयोजना गर्दै आएको चियापान कार्यक्रम नगर्ने भएको छ । देश बाढीपहिरोका कारण शोकमा रहेकाले कार्यक्रम स्थगित गरिएको कांग्रेसले जनाएको छ । कांग्रेसका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालका अनुसार भोटेकोशीमा आएको बाढीले १ हजार ४०० भन्दा बढीको मृत्यु र ५ हजारभन्दा बढी बेपत्ता भएको तथा बूढीगण्डकीमा आएको बाढीले समेत जनधनको क्षति पुर्याएकोले कोजाग्रत पूर्णिमाका दिन आयोजना गर्दै आएको चियापान स्थगित गरिएको हो । बीपी कोइराला राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिएर २०३३ पुस १६ गते स्वदेश फर्किएपछि २०३४ सालको कोजाग्रत पूर्णिमामा शुभकामना आदानप्रदान र आपसी सौहार्दता अभिवृद्धि गर्ने उद्देश्यले चियापान समारोह सुरु गरेका थिए । त्यसयता केही वर्षबाहेक कांग्रेसले हरेक वर्ष कोजाग्रत पूर्णिमामा चियापान कार्यक्रम आयोजना गर्दै आएको थियो । कांग्रेस सभापति गगनकुमार थापाले शोकको घडीमा चाडपर्व मनाउँदा भड्किलो शैली अपनाउनुको सट्टा शान्त र संयमित भएर परिवारमा सीमित रही मनाउन आग्रह गरेका छन् । The post कोजाग्रत पूर्णिमामा कांग्रेसको चियापान कार्यक्रम नहुने appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.
Read Complete Original Article
Published originally on कर्पोरट खबर
Related News

झापामा बढ्यो सवारी दुर्घटना र मानवीय क्षति
झापामा चालु आर्थिक वर्ष २०८३/८४ को असोज महिनामा सवारी दुर्घटना ...

रुस–युक्रेन युद्धको असर अन्तरिक्षमा पनि, रुसी भूउपग्रहको गतिविधिले झस्कायो अमेरिकालाई
काठमाडौँ। रुस र युक्रेनबिच जारी युद्धको असर अन्तरिक्षमा समेत देखा पर्न थालेको छ । रुसी सैन्य भूउपग्रह ‘कसमस–२६१२’ले आफ्नो कक्ष बारम्बार परिवर्तन गरेर अमेरिकी पञ्जीकृत व्यावसायिक राडार इमेजिङ भूउपग्रह ‘आईसीईवाईई–एक्स३६’को... ...

बस नालामा पल्टिँदा १० जना घाइते
चितवनको राप्ती नगरपालिका-२, सिमरा चोकमा यात्रुवाहक बस अनियन्त्रित भई नालीमा पल्टिँदा १० जना घाइते भएका छन्। ...

धर्मलाई विवाद होइन समाधानको माध्यम बनाउँ
धर्म अत्यन्तै सम्बेदनशील, गहन, जटिल र बहुआयामिक विषय वस्तु हो । ...


