Wednesday, November 4, 2026||
MultiKhabarMultiKhabar

को हुन् नवनियुक्त आईजीपी मनोज केसी?

Share:WhatsAppFacebookX (Twitter)Telegram
को हुन् नवनियुक्त आईजीपी मनोज केसी?
Photo / Coverage: नेपालन्युज

काठमाडौं।नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी) मा डा. मनोजकुमार केसी नियुक्त भएका छन्। मन्त्रिपरिषद्को बुधबारको निर्णयअनुसार उनलाई प्रहरी महानिरीक्षकमा बढुवा गरिएको हो। मन्त्रिपरिषद बैठकले आईजीपी दानबहादुर कार्कीलाई हटाएर केसीलाई प्रहरी नेतृत्वमा नियुक्त गरेको थियो। केसीलाई बुधबार नै गृहमन्त्री सुधन गुरूङले दर्ज्यानी चिन्ह प्रदान गरेका थिए। २८ वर्ष प्रहरी सेवामा बिताएका केसी अपराध अनुसन्धानमा अनुभवी र अनुसन्धानमुखी प्रहरी अधिकारीका रूपमा परिचित छन्। उनले २०५४ चैत २८ गते प्रहरी निरीक्षक पदबाट सेवा प्रवेश गरेका थिए। आईजीपीमा नियुक्त हुनुअघि उनी प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) को जिम्मेवारीमा थिए। २०८२ वैशाख ११ गते एआईजीमा बढुवा भएका केसीले प्रहरी प्रधान कार्यालयअन्तर्गत अपराध अनुसन्धान विभागको नेतृत्व समेत सम्हालेका थिए। केसीले आफ्नो प्रहरी सेवाको अवधिमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) तथा मोरङ र रूपन्देही जिल्ला प्रहरी प्रमुखका रूपमा काम गरिसकेका छन्। अपराध अनुसन्धानमा उनको विशेष पहिचान नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धानसँग जोडिएको छ। उनले काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयमा रहँदा उक्त प्रकरणको अनुसन्धानमा नेतृत्वदायी भूमिका निर्वाह गरेका थिए। त्यस्तै, बैंकिङ ठगी, एनसेलको गैरकानुनी लिलामी प्रकरण, धितोपत्र तथा बिमा ठगीलगायत आर्थिक अपराधको अनुसन्धानमा समेत उनले अनुभव हासिल गरेका छन्। उनी सीआईबीको नेतृत्वमा रहँदा जटिल तथा संगठित अपराधका अनुसन्धानमा संलग्न भएका थिए। प्रहरी सेवासँगै शैक्षिक क्षेत्रमा पनि उनको योगदान रहेको छ। उनले द्वन्द्व रूपान्तरण विषयमा विद्यावारिधि गरेका छन्। नेपाल प्रहरी कर्मचारी कलेजका संस्थापक निर्देशकका रूपमा काम गरेका केसीले प्रहरी शिक्षाको विकास तथा पाठ्यक्रम निर्माणमा समेत योगदान पुर्‍याएका छन्। संयुक्त राष्ट्रसंघीय शान्ति मिसनअन्तर्गत कोसोभो र हाइटीमा काम गरेको अनुभव समेत उनीसँग छ। नेपाली, अंग्रेजी, फ्रान्सेली र स्पेनी भाषाको ज्ञान भएका केसीले विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मान प्राप्त गरेका छन्। नेपाल प्रहरीको नेतृत्व सम्हालेसँगै केसी समक्ष अपराध नियन्त्रण, अनुसन्धानलाई थप प्रभावकारी बनाउने, प्रहरी संगठनको व्यावसायिकता अभिवृद्धि गर्ने र नागरिकमैत्री सेवा विस्तार गर्ने चुनौती छन्।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on नेपालन्युज

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
होर्मुज जलमार्गमा व्यावसायिक जहाजलाई आवतजावत नगर्न आईएमओको सुझाव
Latest NewsJust now

होर्मुज जलमार्गमा व्यावसायिक जहाजलाई आवतजावत नगर्न आईएमओको सुझाव

• आईएमओका महासचिव आर्सेनियो डोमिन्गुएजले होर्मुज जलडमरूबाट व्यावसायिक जहाजको आवतजावत नगर्न सुझाव दिएका छन्, किनभने समुद्री बारुद हटाइएको पुष्टि भएको छैन। • हालसम्म होर्मुज जलडमरूमा धेरै जहाजमाथि आक्रमण भएका छन् र द्वन्द्वका कारण घटनाको अनुसन्धान प्रभावित भएको छ। • डोमिन्गुएजले चीनको भूमिकाको प्रशंसा गर्दै सामुद्रिक क्षेत्रमा सहकार्य विस्तार गर्ने आईएमओको योजना रहेको जानकारी दिएका छन्। ...

नेपालबहस
एनपीएलमा हालसम्म ११ अर्धशतक, सात अर्धशतक नेपाली खेलाडीको नाममा
Latest NewsJust now

एनपीएलमा हालसम्म ११ अर्धशतक, सात अर्धशतक नेपाली खेलाडीको नाममा

• नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा हालसम्म १३ खेल सम्पन्न भएका छन्, जसमा ११ अर्धशतक र कुनै शतक छैन। • विराटनगरका लोकेश बमले दुई अर्धशतक प्रहार गर्दै सर्वाधिक १८८ रन बनाएका छन्, र उनले सर्वाधिक छक्का र चौका पनि हिर्काएका छन्। • अंकतालिकामा लुम्बिनी पहिलो स्थानमा छ, जबकि विराटनगर, कर्णाली, जनकपुर र सुदूरपश्चिम क्रमशः दोस्रोदेखि पाचौं स्थानमा छन्। ...

नेपालबहस
‘जुनी र जुनी’मा गरिमा शर्मा र सुरेश कोलीको अभिनय
Latest NewsJust now

‘जुनी र जुनी’मा गरिमा शर्मा र सुरेश कोलीको अभिनय

• नायिका गरिमा शर्मा र सुरेश कोलीले अभिनय गरेको 'जुनी र जुनी' बोलको गीतको भिडियो सार्वजनिक भएको छ। • गीतमा मेलिना राई र प्रशान्त शिवाकोटीको युगल स्वर रहेको छ, र संगीतकार लक्षण पोखरेलले संगीत दिएका छन्। • भिडियोको निर्देशन कृष्णदेव रुपाखेतीले गरेका छन् र यो ओएसआर डिजिटलमार्फत उपलब्ध छ। ...

नेपालबहस
सरकारलाई विश्वप्रकाशको प्रश्न : ‘नियन्त्रणमा रहेको व्यक्तिको बयानका आधारमा कांग्रेसको बदनाम गर्न मिल्छ ?’
Latest NewsJust now

सरकारलाई विश्वप्रकाशको प्रश्न : ‘नियन्त्रणमा रहेको व्यक्तिको बयानका आधारमा कांग्रेसको बदनाम गर्न मिल्छ ?’

काठमाडौं। नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले सरकारको नियन्त्रणमा रहेका व्यक्तिका कथित बयान र अडियो सार्वजनिक गरेर कांग्रेस नेतृत्वलाई बदनाम गर्न खोजिएको आरोप लगाएका छन्। बुधबार पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै शर्माले सरकारकै नियन्त्रणमा रहेका व्यक्तिबाट रेकर्ड गराइएको भनिएका सामग्री किस्ताबन्दीमा सार्वजनिक गरिनुले तिनको विश्वसनीयतामाथि प्रश्न उठाएको बताए। सरकारको नियन्त्रणमा रहेको व्यक्तिले के बोल्ने र कति बोल्ने भन्ने कुरा ...

लुम्बिनी सञ्चार
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play