Monday, November 16, 2026||
MultiKhabarMultiKhabar

केन्द्रीय बैंकको रिपोर्ट कार्डमा गभर्नर पौडेललाई ‘बी’ ग्रेड

Share:WhatsAppFacebookX (Twitter)Telegram
केन्द्रीय बैंकको रिपोर्ट कार्डमा गभर्नर पौडेललाई ‘बी’ ग्रेड
Photo / Coverage: कर्पोरट खबर

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले अन्तर्राष्ट्रिय स्तरको केन्द्रीय बैंक कार्यसम्पादन मूल्यांकनमा ‘बी’ ग्रेड प्राप्त गरेका छन् । अन्तर्राष्ट्रिय वित्तीय प्रकाशन संस्था ग्लोबल फाइनान्सले सार्वजनिक गरेको सन् २०२६ को ‘सेन्ट्रल बैंकर रिपोर्ट कार्ड’ मा पौडेललाई उक्त ग्रेड प्रदान गरिएको हो । ग्लोबल फाइनान्सले विश्वभरका केन्द्रीय बैंकका गभर्नरहरूको कार्यसम्पादनलाई विभिन्न सूचकका आधारमा मूल्यांकन गर्दै वार्षिक रूपमा यस्तो रिपोर्ट सार्वजनिक गर्ने गर्छ । यस वर्षको मूल्यांकनमा सन् २०२५ जुलाई १ देखि सन् २०२६ जुन ३० सम्मको अवधिलाई आधार बनाइएको छ । मौद्रिक नीतिको प्रभावकारिता, वित्तीय क्षेत्रको नियमन तथा सुपरिवेक्षण, नीतिगत पारदर्शिता, केन्द्रीय बैंकको स्वायत्तता, आर्थिक अवस्थाको पूर्वानुमान र राष्ट्रिय आर्थिक लक्ष्य हासिल गर्न गरेको योगदानलाई मूल्यांकनका प्रमुख आधार बनाइएको छ । रिपोर्ट कार्डमा गभर्नरहरूलाई ‘ए प्लस’ देखि ‘एफ’ सम्मका विभिन्न श्रेणीमा वर्गीकरण गरिएको छ । ग्लोबल फाइनान्सको मूल्यांकनमा नेपालले ‘बी’ ग्रेड प्राप्त गर्नुका पछाडि बाह्य क्षेत्रको सुधार, विदेशी मुद्रा सञ्चितिको अवस्था र मौद्रिक नीतिको व्यवस्थापनलाई महत्त्वपूर्ण पक्षका रूपमा उल्लेख गरिएको छ । प्रतिवेदनअनुसार वैदेशिक रोजगारीबाट प्राप्त हुने रेमिट्यान्समा भएको वृद्धिले नेपालको विदेशी मुद्रा सञ्चितिलाई २४ अर्ब अमेरिकी डलरभन्दा माथि पुर्‍याउन सहयोग गरेको छ । उक्त सञ्चितिले करिब १९ महिनासम्मको वस्तु तथा सेवा आयात धान्न सक्ने अवस्था रहेको प्रतिवेदनमा उल्लेख छ । त्यस्तै, मुद्रास्फीति नियन्त्रणमा रहँदा राष्ट्र बैंकले आर्थिक गतिविधिलाई सहज बनाउने उद्देश्यसहित मौद्रिक नीतिमा लचकता अपनाएको मूल्यांकन गरिएको छ । यस क्रममा नीतिगत दर ४.२५ प्रतिशत र बैंक दर ५.७५ प्रतिशत कायम गरिएको विषयलाई पनि प्रतिवेदनमा समेटिएको छ । तर, नेपालको वित्तीय क्षेत्रमा बढ्दो खराब कर्जा भने चुनौतीका रूपमा देखिएको छ । बैंक तथा वित्तीय संस्थाको कर्जा गुणस्तरमा देखिएको दबाबलाई सम्बोधन गर्न नियामकीय निगरानी र सुपरिवेक्षण प्रणाली थप प्रभावकारी बनाउनुपर्ने आवश्यकता प्रतिवेदनले औँल्याएको छ । साथै, नेपाललाई वित्तीय कारबाही कार्यदल (एफएटीएफ) को खैरो सूचीबाट बाहिर निकाल्नु पनि राष्ट्र बैंकसहित सम्बन्धित निकायका लागि महत्त्वपूर्ण प्राथमिकताका रूपमा उल्लेख गरिएको छ । विश्वव्यापी मूल्यांकनमा डेनमार्क र पेरुका केन्द्रीय बैंकका गभर्नरले सबैभन्दा उत्कृष्ट ‘ए प्लस’ ग्रेड प्राप्त गरेका छन् । भारत, सिंगापुर, चिली, दक्षिण अफ्रिकालगायतका देशका गभर्नरले ‘ए’ ग्रेड पाएका छन् । त्यस्तै, स्विट्जरल्यान्ड, पोल्यान्ड, कुवेत र संयुक्त अरब इमिरेट्सलगायतका देश ‘ए माइनस’ श्रेणीमा परेका छन् । अस्ट्रेलिया, क्यानडा, चीन, ब्राजिल, श्रीलंका र नाइजेरियालगायतका देशले ‘बी प्लस’ ग्रेड प्राप्त गरेका छन् । नेपालसँगै बेलायत, कतार, स्विडेन र टर्की पनि ‘बी’ श्रेणीमा समावेश भएका छन् । पाकिस्तान र दक्षिण कोरियाले भने ‘बी माइनस’ ग्रेड पाएका छन् । यस वर्षको मूल्यांकनले नेपालको बाह्य आर्थिक सूचकमा देखिएको सुधारलाई सकारात्मक रूपमा प्रस्तुत गरे पनि वित्तीय क्षेत्रको खराब कर्जा व्यवस्थापन र नियामकीय प्रभावकारिता अझै महत्त्वपूर्ण चुनौतीका रूपमा रहेको देखाएको छ । The post केन्द्रीय बैंकको रिपोर्ट कार्डमा गभर्नर पौडेललाई ‘बी’ ग्रेड appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on कर्पोरट खबर

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
बालेनको भारत भ्रमणअघि नै नेपाललाई सहायता प्याकेज दिन पूर्वराजदूत श्रीवास्तवको सुझाव
Latest NewsJust now

बालेनको भारत भ्रमणअघि नै नेपाललाई सहायता प्याकेज दिन पूर्वराजदूत श्रीवास्तवको सुझाव

काठमाडौँ। नेपालका लागि पूर्वराजदूत नविन श्रीवस्तावले भोटेकोशी बाढीपछिको पुनर्निर्माणका लागि प्रधानमन्त्री वालेन्द्र(बालेन) शाहको भ्रमणअघि नै भारतले सहायता प्याकेजलाई अन्तिम रूप दिनुपर्ने सुझाव दिएका छन् । उनले दि इन्डियन एक्सप्रेसमा एक लेख... ...

रातोपाटी
परीक्षाको मर्यादा विपरीत कार्य गर्ने त्रिविका ४ परीक्षार्थी २ वर्षका लागि निष्कासित
Latest NewsJust now

परीक्षाको मर्यादा विपरीत कार्य गर्ने त्रिविका ४ परीक्षार्थी २ वर्षका लागि निष्कासित

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय (त्रिवि) परीक्षा नियन्त्रण कार्यालय, बल्खुले परीक्षाको मर्यादा विपरीत कार्य गर्ने चार जना परीक्षार्थीलाई कडा कारबाही गर्दै दुई वर्षका लागि निष्कासन गरेको छ। स्नातक तह व्यवस्थापन सङ्कायअन्तर्गत चार... ...

रातोपाटी
जनजीविकाका मुद्दामा सरकार गम्भीर देखिएन : महामन्त्री पौडेल
Latest NewsJust now

जनजीविकाका मुद्दामा सरकार गम्भीर देखिएन : महामन्त्री पौडेल

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले जनजीविकासँग जोडिएका मुद्दालाई पार्टीले प्राथमिकताका साथ उठाउनुपर्ने बताएका छन्। नेपाली कांग्रेस गण्डकी प्रदेशले पोखरामा आयोजना गरेको बधाई तथा शुभकामना कार्यक्रममा बोल्दै उनले सरकारले जनजीविकाका सवालमा गम्भीरता नदेखाएको र मूल्यवृद्धिसमेत नियन्त्रण गर्न नसकेको बताए। सरकार नागरिकका दैनिक समस्याप्रति संवेदनशील हुन नसकेको भन्दै पौडेलले कांग्रेसले जनताका मुद्दालाई प्रभावकारी रूपमा उठाउनुपर्नेमा जोड दिए। निर्वाचन नजिकिँदै गएको अवस्थामा सुशासन, ...

केन्द्रबिन्दु
मुगु जिप दुर्घटना : थप एक जनाको मृत्यु, मृतकको संख्या चार पुग्यो
Latest NewsJust now

मुगु जिप दुर्घटना : थप एक जनाको मृत्यु, मृतकको संख्या चार पुग्यो

सुर्खेतबाट रारा ताल जाँदै गरेको जिप आइतबार टोप्लास्थित सडकबाट करिब ६ सय मिटर तल खस्दा सख्त घाइते भएकी एक जनाको उपचारका क्रममा सोमबार ललितपुरस्थित बीएन्डबी अस्पतालमा मृत्यु भएको हो । ...

कान्तिपुर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play