कुलेखानी बाँधको जोखिमले भीमफेदी–कुलेखानी सडकमा १२ घण्टा यातायात बन्द

हेटौँडा । कुलेखानी जलाशयमा पानीको सतह बढ्दै गएपछि बाँधका ढोका खोल्नुपर्ने अवस्था आउन सक्ने भन्दै हेटौँडा–काठमाडौं जोड्ने भीमफेदी–देउराली–कुलेखानी सडकखण्डमा १२ घण्टाका लागि सवारी आवागमन बन्द गरिएको छ। जिल्ला प्रशासन कार्यालय मकवानपुरले शनिबार साँझ ५ बजेदेखि आइतबार बिहान ५ बजेसम्म उक्त सडकखण्डमा सबै प्रकारका सवारीसाधन सञ्चालनमा रोक लगाएको हो। सवारीसाधनलाई हेटौँडा–१ स्थित चौकीटोलमै रोकिएको प्रशासनले जनाएको छ। प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारीले जोखिमपूर्ण अवस्थालाई मध्यनजर गर्दै तोकिएको समयमा उक्त सडकखण्डमा यात्रा नगर्न सर्वसाधारणलाई आग्रह गर्नुभएको छ। प्रशासनका अनुसार लगातारको वर्षाले कुलेखानी जलाशयमा पानीको सतह बढेको छ। आवश्यक परे बाँधका मुख्य ढोका खोल्नुपर्ने अवस्था आउन सक्ने भएकाले सडकमा सवारी आवागमन रोकिएको हो। बंगालको खाडीमा विकसित चक्रवात ‘अर्नब’को प्रभावले कात्तिक १२ गतेदेखि मकवानपुरसहित आसपासका क्षेत्रमा निरन्तर वर्षा भइरहेको छ। वर्षाका कारण शनिबार साँझसम्म जलाशयको पानीको सतह १ हजार ५२९ मिटर पुग्न सक्ने अनुमान गरिएको छ। जलाशयको अधिकतम क्षमता १ हजार ५३० मिटर रहेको छ। जलाधार क्षेत्रमा थप भारी वर्षा भए बाँधका ढोका खोल्नुपर्ने हुन सक्ने प्रशासनको भनाइ छ। त्यसो भए सिस्नेरी खोला र बागमती नदीको तल्लो तटीय क्षेत्रमा पानीको बहाव एक्कासि बढ्न सक्ने जोखिम छ। प्रशासनले नदी आसपासका बासिन्दालाई सतर्क रहन, नदीकिनारमा नजान र सुरक्षित स्थानमा बस्न आग्रह गरेको छ।
Read Complete Original Article
Published originally on हिमालय टाइम्स
Related News

१० खेलाडीमा सीमित क्रिस्टल प्यालेसमाथि टोटनहमको सहज जित
काठमाडौँ । इङ्ग्लिस प्रिमियर लिग फुटबलमा टोटनहम हट्सपरले क्रिस्टल प्यालेसमाथि २-० गोलको जित निकालेको छ । खेलको १३ औँ मिनेटमै क्रिस्टल प्यालेसका जिन-फिलिप मटेटाले रातो कार्ड खाँदै मैदान छाडेपछि प्यालेस १०... ...

स्याउ विकास बोर्डको स्थापनाका लागि राय सुझाव माग
जुम्ला । कर्णाली प्रदेशमा स्याउ विकास बोर्डको स्थापना तथा सञ्चालन सम्बन्धमा जुम्लाका सरोकारवालासँग शनिबार राय सुझावको माग गरिएको छ । स्याउ संसदीय स्याउ सरोकार समूहको अयोजना तथा कर्णाली प्रदेश सरकार भूमि... ...

लेभान्टेलाई हराउँदै एट्लेटिको ला लिगाको शीर्ष स्थानमा
काठमाडौँ । स्पेनिस ला लिगा फुटबलमा एट्लेटिको म्याड्रिडले लेभान्टेमाथि २–० गोलको जित निकालेको छ । एट्लेटिकोको जितमा अलेहान्द्रो ग्रिमाल्डो र गियुलियानो सिमिओनीले एकरएक गोल गरे । खेलको ३६ औँ मिनेटमा... ...

लिड्समाथि बर्नमाउथको सहज जित
काठमाडौँ । इङ्ग्लिस प्रिमियर लिग फुटबलमा बर्नमाउथले लिड्समाथि २–० गोलको जित निकालेको छ । बर्नमाउथलाई जित दिलाउन इभानिल्सन र अमिन अदलीले एक–एक गोल गरे । नेपाली समय अनुसार शनिबार राति सम्पन्न खेलको... ...


